Day: २०८१ पुष ९, मंगलवार २३:२८ गते

हेटाैंडामा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

हेटाैंडामा भारतीय कारले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

मकवानपुर । हेटौंडामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–१ तिरतिरे धारास्थित हेटौंडा–भैसे सडक खण्डमा सोमबार साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । भैँसेबाट हेटौंडा जाँदै गरेको बाप्र०३-००२प ७२६७ नम्बरको स्कुटरलाई हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बीआर ०५ बीए ०००६ नम्बरको भारतीय कारले ठक्कर दिँदा स्कुटर चालक, हेटौंडा–१ चौकीटोल निवासी अन्दाजी ३०/३५ वर्षीय युवराज लामाको मृत्यु भएको हो । शरीरका विभिन्न भागमा गम्भीर चोट लागेर घाइते भएका उनलाई उपचारका लागि तुरुन्तै हेटौंडा अस्पताल लगिएकोमा उपचारकै क्रममा साँझ ७ः२५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी…
Read More
बागमती गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाद्वारा सवारी हस्तान्तरण

बागमती गाउँपालिकालाई हेटौँडा उपमहानगरपालिकाद्वारा सवारी हस्तान्तरण

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले बागमती गाउँपालिकालाई विभिन्न सवारी साधनहरु हस्तान्तरण गरेको छ । आज हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसरमा सवारी हस्तान्तरण गरिएको हो । उपमहानगरले गाउँपालिकालाई दम्कल, सुमो, पिकअप सहितका सवारी साधन हस्तान्तरण गरेको हो । उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद गौतम र उपमहानगरका प्रवक्ता तथा वडा नम्बर १ का वडाअध्यक्ष सबिन न्यौपानेले बागमती गाउँपालिकाका प्रतिनिधिलाई सवारी साधन हस्तान्तरण गरेका थिए ।
Read More
क्रिकेटमा भविष्य खोज्दै हेटौंडाका शुभ कंसाकार (भिडियो सहित)

क्रिकेटमा भविष्य खोज्दै हेटौंडाका शुभ कंसाकार (भिडियो सहित)

मकवानपुर । नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौमा शनिबार सम्पन्न एनपीएल क्रिकेट पतियोगिताका विजेता टीम जनकपु बोल्ट्सका एक खेलाडी हुन् हेटौंडाका शुभ कङ्साकार । सन् २०१४ देखि क्रिकेट खेल्न शुरु गरेका उनले १० वर्षको अथक प्रयासपछि एनपीएल खेल प्रतियोगितामा पहिलो पटक खेल्न पाएका हुन् । ब्याचलर सकाएर डिग्री जोइन गर्ने तयारी अवस्थामा रहेका कङ्साकारले २२–२३ दिन घरेलु मैदानमा आफ्नो खेल जीवनलाइ जाँच्ने मौका पाए । प्रतियोगितामा खरो उत्रिएका उनले २४ रनको योगदान दिए । चर्चित बिदेशी खेलाडीहरुको समेत सहभागिता रहेको घरेलु टीमहरुसंग खेल्नु त्यति सहज थिएन उनीहरुलार्इ । विश्व चर्चित खेलाडीहरुसङग खेल्नु र संसारका खेल प्रेमीहरुले हेरेका प्रथम संस्करणको खेल खेल्छु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.