क्रिकेटमा भविष्य खोज्दै हेटौंडाका शुभ कंसाकार (भिडियो सहित)

मकवानपुर । नेपाल क्रिकेट संघको आयोजनामा काठमाडौमा शनिबार सम्पन्न एनपीएल क्रिकेट पतियोगिताका विजेता टीम जनकपु बोल्ट्सका एक खेलाडी हुन् हेटौंडाका शुभ कङ्साकार । सन् २०१४ देखि क्रिकेट खेल्न शुरु गरेका उनले १० वर्षको अथक प्रयासपछि एनपीएल खेल प्रतियोगितामा पहिलो पटक खेल्न पाएका हुन् ।

ब्याचलर सकाएर डिग्री जोइन गर्ने तयारी अवस्थामा रहेका कङ्साकारले २२–२३ दिन घरेलु मैदानमा आफ्नो खेल जीवनलाइ जाँच्ने मौका पाए । प्रतियोगितामा खरो उत्रिएका उनले २४ रनको योगदान दिए । चर्चित बिदेशी खेलाडीहरुको समेत सहभागिता रहेको घरेलु टीमहरुसंग खेल्नु त्यति सहज थिएन उनीहरुलार्इ । विश्व चर्चित खेलाडीहरुसङग खेल्नु र संसारका खेल प्रेमीहरुले हेरेका प्रथम संस्करणको खेल खेल्छु भन्नेकुरा आफ्नो कल्पना भन्दा पनि बाहिर थियो शुभलाई । ‘आत्मविश्वास बलियो बनाएर खेल्दै जाँदा सबैको राम्रो खेल प्रदर्शनले पनि जितियो’ शुभले भने ।

पारस खड्काको संयोजकत्वमा भएको नेपालकै पहिलो प्रीमियर लिगको बिजेता टीमलाइ पुबुदु दासानाइकेले प्रशिक्षण दिएका थिए । आसिफ शेखको कप्तानीमा खेलेका जनकपुर बोल्ट्सले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेलेका सुदुरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गरी नेपालको पहिलो प्रिमियर लिगको पहिलो विजेता बनेको हो ।

‘दुई पटक पराजित भएको जनकपर बोल्ट्सलाइ खेल जित्न आत्मविश्वास, निरन्तरताको प्रदर्शन नै थियो’ कङ्साकारले बताए । ‘हाम्रो प्रशिक्षकको हौसला , कप्तानको कप्तानी र सबैको असल टीमवर्क लेनै हामीले खेल जितेका हौं , सबैभन्दा ठुलो हामीसँग आत्मविश्वास थियो’, कङ्साकारले भने । ‘हामी सहित ८ वटा टीमले भाग लिएका थिए , ३२ खेल भयो’ कङ्साकारले बताए ।

पारस खड्का र उन्को टीमले टी–२० विश्वकपमा नेपालको प्रतिनिधित्व गरेर क्रीकेट खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने उत्कृष्ट कार्यपछी नेपालमा क्रीकेट सम्भावना भएको देखियो र विश्वको नजर नेपाली क्रिकेटमा पर्नगयो । लगतै आइपीएल खेलबाट सन्दीप लामिछानेको उदय भएपछि नेपाली क्रीकेटले विश्वबजारमा थप ठाउँ पायो । विश्वको लोकप्रिय खेल फुटबलपछि नेपालमा सर्वाधिक सम्भावना बोकेको खेल युवापुस्ताले पनि सर्वाधिक रुचाएको खेल क्रीकेट नै हो । यसलाई प्रयाप्त प्राक्टिस गर्ने ठाउँ र सबै सरोकारवालाहरुको संरक्षण भएमा आफुजस्ता खेल क्षेत्रमा भविष्य खोजिरहेको युवाहरूलाई सजिलो हुने क्रीकेट खेलाडी कङ्साकारको बुझाइ छ ।

नेपालकै पहिलो संस्करण खेलमा विजेता हुँदा कस्तो अनुभव भयो भनी प्रश्न गर्दा उनले भने–‘पछिल्लो समय विश्वचर्चित खेलले नेपालमा राम्रो खुट्टा टेक्न सफल भएको छ , म यहि खेलमा आफ्नो भविष्य खोजिरहेको बिगत १० वर्षदेखि क्रीकेट सिक्दै र खेल्दै आएको खेलाडी भएकोले खेल खेल्न पाउनुनै ठुलो कुरा थियोे भने झन् यतिठुलो खेलमा बिजय टीमको सदस्य हुन पाउँदा अत्यन्तै खुशी लागेको छ , म शब्दमा व्यक्त गर्नै सक्दिन ।’

किर्तिपुरस्थित त्रिवि खेल मैदानमा शनिबार सम्पन्न खेलको विजेता टीमलाइ १ करोड १० लाख रुपैयाँ , उपविजेतालाई ५१ लाख , तेस्रोलाई २५ लाख , चौथोलाइ १५ लाख र उत्कृष्ट खेलाडीलाई कार पुरस्कारको ब्यवस्था गरिएको थियो । हेर्नुहोस् शुभसँग गरिएको कुराकानी–

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.