पत्रकार महासंघ प्रदेश अध्यक्ष कृष्ण सारु मगरद्वारा पदभार ग्रहण

मकवानपुर । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष कृष्ण सारु मगरले मंगलबार पदभार ग्रहण गरेका छन् । मंगलबार हेटौँडा ११ स्थित महासंघको कार्यालयमा मगरले पदभार ग्रहण गरेका हुन् ।

निर्वाचन समितिका संयोजक प्रताप विष्टको अध्यक्षतामा प्रमाणपत्र वितरण तथा पदभार ग्रहण कार्यक्रम भएको हो । कार्यक्रममा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण तथा अध्यक्ष र महासचिवको पदभार ग्रहण गरिएको थियो । निर्वाचन समितिले कृष्ण सारु मगरको नेतृत्वमा नवनिर्वाचित समितिलाई प्रमाणपत्र वितरण गर्नुका साथै अध्यक्ष मगर र महासचिव राधेश्याम खतिवडालाई महासचिवको पदभार ग्रहण गराइएको थियो ।

पदस्थापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष मगरले सबैको साथ र सहयोगमा अध्यक्षको जिम्मेवारी प्राप्त भएको उल्लेख गर्दै सबैको साथ र सहयोगमा महासंघ सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा निवर्तमान समितिका पदाधिकारी तथा सदस्यलाई पनि मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.