मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २० गते सम्पन्न भएको छ।
प्रतियोगितामा श्री महाचुनी मा.वि,इन्द्रसरोवर-०५ ले क्रमशः ७ स्वर्ण, ३ रजत, २ काश्य जम्मा १२ प्राप्त गरि प्रथम भएको थियो । त्यस्तै श्री बत्सलादेवी मा.वि,इन्द्रसरोवर-०३ ले क्रमशः२ स्वर्ण, ४ रजत, ३ काश्य जम्मा ९ प्राप्त गरि दोस्रो स्थानमा भएको थियो । त्यस्तै श्री कालिका मा.वि,इन्द्रसरोवर-०४ ले क्रमशः२ स्वर्ण, २ रजत, १ काश्य जम्मा ५ प्राप्त गरि तेस्रो हुन सफल भएको थियो ।
कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले गर्नुभएको थियो भने कार्यक्रम प्रतिनिधि सभा सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नं.२ बाट निर्बाचित संघिय सांसद महेश कुमार बर्तौलाको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष उमा कुमारी लामा, नि.वर्तमान अध्यक्ष जीवन लामा, प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामा, वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, शिक्षा तथा खेलकुद शाखा प्रमुख धर्मानन्द पन्त, अन्य शाखा प्रमुखहरु, विद्यालय प्र.अहरू, शिक्षक प्रतिनिधि, कर्मचारीहरु, विद्यालयहरुबाट विद्यार्थीहरुको सहभागिता रहेको थियो।