Day: २०८१ मंसिर २०, बिहीबार २०:४१ गते

इन्द्रसरोवरमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

इन्द्रसरोवरमा अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न

मकवानपुर । इन्द्रसरोवर गाउँपालिकाद्वारा आयोजित अन्तर विद्यालय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंसिर २० गते सम्पन्न भएको छ। प्रतियोगितामा श्री महाचुनी मा.वि,इन्द्रसरोवर-०५ ले क्रमशः ७ स्वर्ण, ३ रजत, २ काश्य जम्मा १२ प्राप्त गरि प्रथम भएको थियो । त्यस्तै श्री बत्सलादेवी मा.वि,इन्द्रसरोवर-०३ ले क्रमशः२ स्वर्ण, ४ रजत, ३ काश्य जम्मा ९ प्राप्त गरि दोस्रो स्थानमा भएको थियो । त्यस्तै श्री कालिका मा.वि,इन्द्रसरोवर-०४ ले क्रमशः२ स्वर्ण, २ रजत, १ काश्य जम्मा ५ प्राप्त गरि तेस्रो हुन सफल भएको थियो । कार्यक्रमको अध्यक्षता गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले गर्नुभएको थियो भने कार्यक्रम प्रतिनिधि सभा सदस्य, मकवानपुर निर्वाचन क्षेत्र नं.२ बाट निर्बाचित संघिय सांसद महेश…
Read More

राक्सिराङका किसानका लागि बाख्रा,माछा र नयाँ मौरी पकेट विकास कार्यक्रम संचालन गरिने

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले राक्सिराङ्गका किसानका लागि बाख्रा, माछा, नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । यस अन्तर्गत वडा नम्बर ६ मा माछा प्रवर्द्धनका लागि पोखरी, मत्स्य नर्सरी, ह्याचरी निर्माण, भुरा माछा, औषधि र दाना ८० प्रतिशत र अन्य उत्पादन सामाग्रीमा ५० प्रतिशत अनुदान दिईने भएको हो । यस्तै वडा ७ र ९ लगायतका वडामा भने बाख्रा र नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । बाख्रा प्रवर्द्धन मा खोर निर्माण, नस्ल सुधारको लागि प्रजनन योग्य ब्याड बोका उपलब्ध गराउने साथै औषधि उपचार तथा खोप तथा कृषि औजार उपकरणमा ८० र ५० प्रतिशत अनुदानका सिमा तोकी…
Read More
बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

बसामाडीमा निःशुल्क स्वास्थ्य शिविर

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३ बसामाडीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।उक्त शिविर हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजना गरेको हो । शिविरमा ४०४ जनाको आँखा परीक्षण गरिएको छ । जसमध्ये २७ जनामा मोतिबिन्दुको समस्या देखिएको हेटौंडा जेसीज वर्ष सन् २०२४ का अध्यक्ष विकेशलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार, उनीहरुको निःशुल्क शल्यक्रिया गरिनेछ । यस्तै, शिविरमा ७९ जनाले पाठेघर सम्बन्धि परीक्षण गरेका थिए । पाठेघरको मुखमा यौनजन्य समस्या देखिएकाहरुलाई थप उपचारको लागि सम्बन्धित अस्पतालमा रिफर गरिएको समेत अध्यक्ष श्रेष्ठले बताए । शिविरमा हेटौंडा सामुदायिक आँखा अस्पताल र नेपाल परिवार नियोजन संघले…
Read More
हेटौँडाबाट १७५ किलो गाँजासहित २ जना पक्राउ

हेटौँडाबाट १७५ किलो गाँजासहित २ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ रातोमाटे चेकपोईन्टस्थित पुर्व–पश्चिम लोकमार्ग सडकखण्डबाट बुधबार दिउँसो अवैध १७५ किलो लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बकैया गाउँपालिका–४ बस्ने वर्ष २४ को सुमन लामा र सोही गाउँपालिका–११ बस्ने वर्ष २४ को सुशिल भोलन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, दिउँसो १२ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बा. प्रदेश ०३–००१ च १५८४ नम्बर को पिकअप गाडीलाई रोकी चेकजाँच गरेको थियो । सो क्रममा गाडीको ढालामा खाली क्रेटहरुले छोपी लुकाई छिपाई राखिएको उक्त परिमाणको गाँजा बरामद…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.