राक्सिराङका किसानका लागि बाख्रा,माछा र नयाँ मौरी पकेट विकास कार्यक्रम संचालन गरिने

मकवानपुर । मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले राक्सिराङ्गका किसानका लागि बाख्रा, माछा, नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । यस अन्तर्गत वडा नम्बर ६ मा माछा प्रवर्द्धनका लागि पोखरी, मत्स्य नर्सरी, ह्याचरी निर्माण, भुरा माछा, औषधि र दाना ८० प्रतिशत र अन्य उत्पादन सामाग्रीमा ५० प्रतिशत अनुदान दिईने भएको हो ।

यस्तै वडा ७ र ९ लगायतका वडामा भने बाख्रा र नयाँ मौरी पकेट विकास कार्यक्रम गर्ने भएको छ । बाख्रा प्रवर्द्धन मा खोर निर्माण, नस्ल सुधारको लागि प्रजनन योग्य ब्याड बोका उपलब्ध गराउने साथै औषधि उपचार तथा खोप तथा कृषि औजार उपकरणमा ८० र ५० प्रतिशत अनुदानका सिमा तोकी कार्यक्रम अघि बढाइने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले बताए ।

त्यस्तै गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको परियोजना कार्यान्वयन म्यानुअल बमोजिम नयाँ मौरी पकेट विकास कार्यक्रम गरिने भएको छ । गाउँपालिकाले मौरी पालनलाई १२ लाख रुपैयाँ बिनियोजन गरेको छ भने अनुदानको सिमा लागतको ५०–८५ प्रतिशत तोकिएको छ । यो आर्थिक वर्ष २०८१–०८२ को कार्यक्रम भएको बताउँदै फर्म, सहकारी, कृषि समुह र किसानको लागि सूचना जारी गरिएको प्रमुख गर्तौलाको भनाइ छ ।

गाउँपालिकाले कृषि हाट बजार पनि गर्ने जनाइएको छ । किसानहरुको आत्मनिर्भरताको लागि थप योजनाहरु रहेको प्रमुख गर्तौलाको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.