मकवानपुर । यहि आउँँदो मङ्सिर १६ गते हुने हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडाको अध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट कलम चुनाव चिन्न लिएर बलराम बल चुनाव लड्ने भएका छन् ।
निर्वाचनलाई लक्षित गरी पार्टीको हेटौंडा नगर कमिटीको बिस्तारित बैठक बसी चुनाव प्रचार–प्रसार तथा उत्प्रेरक कमिटी गठन गरिएको नगर सचिव सफल अधिकारीले जानकारी दिए ।
वडालाई विकास गर्न सोझो इमान्दार , कर्तव्यनिष्ठ ब्यक्ति चाहिने भएकोले बलराम बललाई चुनेको पार्टीकी केन्द्रिय नेतृ मिना कुमारी लामाले बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका मकवानपुर जिल्ला अध्यक्ष बिष्णु दाहालले चुनाव जित्न सम्भावना बढी भएको बताउँदै सबै आ–आफ्नो तर्फबाट प्रचार प्रसारमा लाग्नुपर्ने बताउनुभयो । बैठकमा जिल्ला उपाध्यक्ष कल्पना विश्वकर्मा,नगर अध्यक्ष बिष्णु माया लगायतको आतिथ्यता रहेको थियो ।