हेटौँडामा डेंगु रोगविरुद्ध सचेतना अभियान

मकवानपुर । हेटौँडामा आज डेंगु रोगविरुद्ध सचेतना अभियानको आयोजना गरिएको छ । टोल विकास संस्था वडा समन्वय समिति हेटौंडा ११ को आयोजनामा सचेतना कार्यक्रम गरिएको हो ।

सचेतना अभियानमा विभिन्न टोल विकास समितिका सदस्यहरु, सामुदायिक प्रहरी तथा स्थानीयहरुको सहभागितामा सरसफाई कार्यक्रम गरिएको समितिका अध्यक्ष यज्ञबहादुर आचार्यले जानकारी दिए ।

अभियानका क्रममा लामखुट्टेको लार्भा तथा लामखुट्टे खोजेर नष्ट गरिनुका साथै लामखुट्टेका सम्भावित वासस्थानहरुलाई नष्ट गरिएको थियो । थानाभर्याङ्गमा सचेतना गर्ने क्रममा ग्यारेज, टायर दोकान, टायर रिसोलिङ गर्ने ठाउँहरुमा हिलो र जताततै फोहोर पाइनुका साथै ढलहरु फोहरले गर्दा जाम भएको पाइएको थियोे ।

ब्यवसायीहरुले पैसा मात्र कमाउने तर वरपर सरसफाइ नगर्ने हुनाले फोहोर बढेको स्थानीयहरु बताउँछन । फोहोर गर्ने ब्यवसायीहरुलाइ सरसफाइ गर्न सुझाव दिएको र नमानेमा जरिवाना समेत गर्ने चेतावनी दिएको समितिले जनाएको छ ।

शनिबार बिहान हेटौँडा ११ बुद्धपार्कमा जम्मा भई सरसफाईमा जुटेको टोलीले थानाभर्याङ टोल विकास संस्था र तल्लो थानाभर्याङ टोल विकास संस्थाका क्षेत्रहरुका सरसफाई सहित सचेतना अभियान गरेका थिए । देशैभर डेंगुको प्रकोप बढ्दो क्रममा रहेकोमा मकवानपुरको हेटौँडामा पनि उच्च जोखिममा रहेको छ ।

समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा ११ नम्बर वडा सदस्य सञ्जय बिडारीको प्रमुख आतिथ्यता रहेको थियोे । कार्यक्रममा वडा सदस्य विकास नेपाल, गीता सुनार, नगर समन्वय समितिका अध्यक्ष धुर्ब अधिकारी लागायत टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.