हेटौँडामा अवैध उद्योग चलाएको आरोपमा ९ जना भारतीय पक्राउ

मकवानपुर । हेटौँडामा कम्पनी दर्ता गरेर उद्देश्य अनुरूप कार्य नगरेको आरोप लगाउँदै मकवानपुर प्रहरीले ९ जना भारतीयलाई पक्राउ गरेर आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ पारिजात पथमा मेडी असिस्ट कम्पनीको कार्यालय स्थापना गरी अवैध कार्य गरेको आरोपमा उनीहरूलाई बुधबार पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत पटना थाना आलमगन्जका ५७ वर्षीय नवनित कुमार, झारखण्डका २७ वर्षीय शाहरूख खान, विहारका २९ वर्षीय कुन्दन कुमार, उत्तराखण्डको नैनितालका २६ वर्षीय आशिष कब्डौला, राँची, झारखण्डका ३४ वर्षीय विशाल कक्कड, कुमार दुवे, विकासकुमार सिंह र नांगलोड वेस्टी देल्हीका अरुण कुमार, वैशाली गाजियावाद उत्तर प्रदेशका ४० वर्षीय कुनाल शर्मा रहेका छन् ।

हेटौंडा उपमहानगरपालिकामा मेडी असिस्ट कम्पनी दर्ता गरी मानव स्वास्थ्यसम्बन्धी अन्य सेवा प्रदान गर्ने गरी राजस्व कार्यालयमा प्यानमा दर्ता गरेका थिए । १२ भारतीय नागरिक मिलेर उक्त कम्पन्न खोलेका थिए । तीन जना अझै फरार रहेको बुधवार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सीताराम रिजालले बताए ।

उनीहरूको साथबाट प्रहरीले कम्पनीको ल्यापटप ७ थान, राउटर ३ थान, मोबाइल १३ थान, हार्डडिस्क १ थान, हेडफोन ४ थान, वेभ क्यामेरा १ थानलगायत सामानहरू बरामद गरेको छ ।

भारतको राँचीस्थित हेड अफिसमा मेन सर्भर राखी काम गर्ने गरेको प्रहरीले बताएको छ । कम्पनीबाट हुने गरेका कुनै पनि काम–कारबाहीको डाटा नेपालमा नराखी भारतस्थित हेड अफिसको सर्भरमा राख्ने गरेको पनि खुलेको छ । जुन उद्देश्यले कम्पनी दर्ता गरिएको थियो, सो अनुसारको कुनै पनि कार्य अहिलेसम्म नगरिएको प्रहरीको दाबी छ । निज प्रतिवादीहरूलाई मुलुकी अपराध संहिता, २०७४ बमोजिम दण्ड सजाय हुने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.