हेटौँडा-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। न्यायिक समिति, हेटौँडा-११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो।

न्यायिक समिति हेटौँडा-११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। स्थानीय तहमा न्यायिक समितिको अधिकार क्षेत्र र कार्यविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ।

कार्यक्रममा स्थानीय स्तरमा हुने विवाद, हिंसा, अन्याय र विभिन्न खाले कुरीतिविरुद्ध कानुनी उपचार खोज्ने तथा न्यायिक निरूपण गर्ने प्रक्रियाबारे सहजीकरण गरिएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कानुन शाखा प्रमुख लक्ष्मण मैनाली र अधिवक्ता सुजन तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो।

कार्यक्रममा वडा सदस्यद्वय गोपिनी सापकोटा र गीता सुनार, सहायक वडासचिव जीवन ढुङ्गेल, २३ वटै टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति थियो। साथै, विद्यालय, खानेपानी, वन, सहकारी संस्था, रेडक्रस, परिवार नियोजन संघ, बाल क्लब, सिविन बाल हेल्पलाइन र बाल सञ्जालका प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.