Day: २०८३ जेष्ठ १४, बिहीबार १५:१४ गते

हेटौँडा-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न

हेटौँडा । हेटौँडा उपमहानगरपालिका-११ मा एकदिने न्यायिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। न्यायिक समिति, हेटौँडा-११ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो। न्यायिक समिति हेटौँडा-११ की संयोजक शर्मिला अधिकारीको सभाध्यक्षता तथा वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। स्थानीय तहमा न्यायिक समितिको अधिकार क्षेत्र र कार्यविधिबारे सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समितिले जनाएको छ। कार्यक्रममा स्थानीय स्तरमा हुने विवाद, हिंसा, अन्याय र विभिन्न खाले कुरीतिविरुद्ध कानुनी उपचार खोज्ने तथा न्यायिक निरूपण गर्ने प्रक्रियाबारे सहजीकरण गरिएको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका कानुन शाखा प्रमुख लक्ष्मण मैनाली र अधिवक्ता सुजन तिमल्सिनाले सहजीकरण गर्नुभएको थियो।…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.