वातावरण दिवसका अवसरमा नवलपुरमा सरसफाइ

हेटौंडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौंडा-११, नवलपुरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो।

त्रिभुवन माध्यमिक विद्यालय परिसर अगाडि गरिएको सरसफाइ कार्यक्रममा वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता र वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो।

कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, हेटौंडा-११ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.