Day: २०८३ जेष्ठ १३, बुधबार १०:४३ गते

वातावरण दिवसका अवसरमा नवलपुरमा सरसफाइ

वातावरण दिवसका अवसरमा नवलपुरमा सरसफाइ

हेटौंडा । ५४ औँ विश्व वातावरण दिवसका अवसरमा हेटौंडा-११, नवलपुरमा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। टोल विकास संस्था वडा समन्वय समिति, हेटौंडा-११ को आयोजना तथा हेटौंडा उपमहानगरपालिका-११ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा उक्त कार्यक्रम आयोजना गरिएको हो। त्रिभुवन माध्यमिक विद्यालय परिसर अगाडि गरिएको सरसफाइ कार्यक्रममा वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्यको सभाध्यक्षता र वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा वडा सदस्य गोपिनी सापकोटा, टोल विकास संस्था नगर समन्वय समितिका उपमहासचिव देवकुमार श्रेष्ठ, हेटौंडा-११ अन्तर्गतका विभिन्न टोल विकास संस्थाका अध्यक्षहरू तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरूको उपस्थिति थियो।
Read More
रुख ढल्दा हेटौंडा ११ आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति

रुख ढल्दा हेटौंडा ११ आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति

हेटौंडा । जेठ ११ गते सोमबार साँझ आएको हावाहुरीका कारण हेटौंडा-११ स्थित नवलपुर आधारभूत स्वास्थ्य केन्द्रको भवनमा क्षति पुगेको छ। हावाहुरीले स्वास्थ्य केन्द्रको पछाडि रहेको जंगलको रुख जरैदेखि उखेलेर भवनमा खसालेको हो। रुखले भवनको माथिल्लो तलामा जाने भर्याङमा क्षति पुर्याएको छ, जसका कारण अहिले माथिल्लो तलामा आवतजावत बन्द भएको कार्यालयले जनाएको छ। केन्द्र प्रमुख मीना कुमारीका अनुसार घटना हुँदा कार्यालय बन्द रहेकोले मानवीय क्षति हुनबाट जोगिएको हो। “कार्यालय खुलेको समय भएको भए ठूलो मानवीय क्षति हुने सम्भावना थियो,” उनले भनिन्। हावाहुरीले सोही स्थानमा रहेको तारकेश्वर मन्दिरको प्रवेशद्वार अगाडि पनि रुख ढाल्दा बाटो अवरुद्ध भएको छ। रुख ढल्दा बिजुलीको पोलसमेत भाँचिएको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.