समाचार

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउने मन्त्री  महर्जनको योजना

खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने बनाउने मन्त्री महर्जनको योजना

मकवानपुर । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले आफ्नो कार्यकालमा खेलाडीले खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण बनाइने बताएका छन् । बकैया गाउँपालिका ११ सिमातमा आयोजित खुल्ला कराते प्रतियोगिता २०८१ लाई सम्बोधन गर्दै मन्त्री महर्जनले अन्तर्राष्ट्रिय जगतमा पहिचान स्थापित गराएका खेलाडीहरुको राज्यले उचित सम्बोधन गर्न नसकेको भन्दै आफ्नो कार्यकालमा खेलाडीलाई खेलेरै जीविकोपार्जन गर्न सक्ने वातावरण तयार पारिने र त्यसका लागि सबै तहका सरकारको सहयोग हुनुपर्नेमा जोड दिए । उनले आफु मन्त्री भएपछि अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई कार्यविधि नै बनाएर नगद पुरस्कारसहित सम्मान गर्ने कार्यको सुरुवात गरिसकेको बताए । ‘म १२ वर्षदेखि खेलकुद क्षेत्रमा लागेको मान्छे, खेलाडीको मर्म, भावना…
Read More
हेटौँडामा आमा र छिमेकीहरुलाई युवाद्वारा छुरा प्रहार

हेटौँडामा आमा र छिमेकीहरुलाई युवाद्वारा छुरा प्रहार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुर, शान्तिटोलमा एक युवकले मादक पदार्थ सेवन गरी चक्कु प्रहार गर्दा आफ्नै आमा सहित ३ जना घाईते भएका छन्। आइतबार दिउँसो स्थानीय ३० वर्षीय अमित कोईरालाले मादक पदार्थ सेवन गरी आफ्नै आमा तथा छिमेकी समेतलाई कुटपिट तथा चक्कु प्रहार गर्दा ४ जना घाइते भएका हुन्। कोइरालाको चक्कु प्रहारबाट आमा अन्दाजी ५० वर्षीया शान्ता कोईराला, छिमेकी १६ वर्षीया सबिना पौडेल, अर्का छिमेकी ५२ वर्षीय कृष्ण पौडेल र अन्दाजी ४८ वर्षीय हरी विडारी घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । आमाको टाउको चोट लागेको थियो भने छिमेकी विडारीको भने घाटीँमा चोट लागेको छ । घटनामा…
Read More
मनहरीमा बाघको डर, हेटौँडामा चितुवा आतंक

मनहरीमा बाघको डर, हेटौँडामा चितुवा आतंक

मकवानपुर । मनहरी गाउँपालिका वडा नम्बर ५ बसन्तपुरमा बाघले एक वृद्धा सहित घरपालुवा जनावरको ज्यान लिएको छ । आइतबार साँझ बाघको आक्रमणमा परी स्थानिय ७२ बर्षीया कान्छीमाया रुम्बाको मृत्यु भएको थियो । संचारर्मी दिलबहादुर रुम्बाका अनुसार अहिले फेरि त्यस क्षेत्रमा बाघले बाख्रा समेत मारेको छ । त्यस क्षेत्रमा बाघले पूनः ७ वटा बाख्रा मारेको हो । मनहरी गाउँपालिका वडा नम्बर–५ बसन्तपुरका सुर्यबहादुर मोक्तानको खोरमा रहेका सातवटा बाख्रा मार्नुका साथै एउटा बाख्रालाई जङ्गलतिर लगेर खाएको स्थानीयहरुले बताएका छ्न । आतंक मच्चाउने बाघलाई नियन्त्रणमा लिन अहिले त्यस क्षेत्रमा दुई वटा हात्ती सहित सुरक्षाकर्मीको परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।…
Read More
भोर्लेका प्यारालाइसिस भएका बिरामीलाइ खाद्यान्न सहयोग

भोर्लेका प्यारालाइसिस भएका बिरामीलाइ खाद्यान्न सहयोग

हेटौँडा । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा भोर्लेका प्यारालाइसिस भएका बिरामी कुमार दुलाललाइ उनको घरैमा पुगेर वडाध्यक्ष अर्जुन तिवारीले खाध्यान्न सहयोग गरेका छन् । वडा कार्यालयको तर्फबाट १० हजार बराबरको खाध्यान्न सहयोग गरेको वडाध्यक्ष तिवारीले जानकारी दिए । खाध्यान्नमा अतिउपभोग्य वस्तु चामल, दाल, चिउरा, तेल लगायत रहेका छन् । ४५ वर्षीय दुलालको घरमा ५ जनाको परिवार छन् । रोगका कारण हिँडडुल गर्न नसकेपछी काम गर्न नसकिएकोले घरकोअवस्था नाजुक हुँदै गएको बताउँदै दुलालले वडाले दिएको सहयोगमा आफुहरु खुशी भएको बताए ।
Read More
कैलाश गाउँपालिकाका  १० जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

कैलाश गाउँपालिकाका १० जनाको मोतियाविन्दुको सफल शल्यक्रिया

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका दश जनाको मोतियाविन्दुको सफल शल्यक्रिया भएको छ । गाउँपालिका र हेटौंडा सामूदायिक आँखा अस्पतालको सहकार्यमा गत मङ्सिर २२ गते भाल्टारमा आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा १६० जनाले आँखाको परीक्षण गरेका मध्ये २० जनामा मोतियाविन्दु भएको थियो । शुक्रबार भएको शल्यक्रियाका विरामीलाई शनिबार विहान गाउँपालिकाका अध्यक्ष लोकबहादुर मोक्तानले कैलाश-९ निवासी खीलकुमारी पाण्डेको आँखाको पट्टि खोल्दै विरामीसँग आगामी दिनमा गाउँपालिकाले गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले एक महिनापछि पुनः परीक्षण पश्चात लगाउनुपर्ने चश्मा आवश्यकता अनुसार गाउँपालिकाले नै उपलब्ध गराउने समेत बताएका छन् । भौगोलिक दृष्टिले विकट भएकाले पनि आँखा परीक्षणमा पहुँच नपुगेको खण्डमा पालिकामा…
Read More
हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग राख्न माग

हेटौँडा अस्पताललाई प्रतिष्ठानबाट अलग राख्न माग

मकवानपुर । हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग राख्नुपर्ने माग राख्दै आएको हेटौंडा अस्पताल बचाउ तथा सुधार अभियानले पत्रकार सम्मेलनको आयोजना गरेको छ । हेटौँडा अस्पतालको स्वामित्व विवादका विषयमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको विषय र अस्पतालमा विद्यमान व्यथिती उजागर गर्ने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिएको समितिका संयोजक विशालराज महतले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा अस्पताल विकास समितिका पूर्व अध्यक्ष प्रकाश पौडेलले ६४ वर्षको इतिहास बोकेको एक मात्र सरकारी अस्पताललाई मास्नेगरि बनेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ का केही उपदफा खारेज गर्नुपर्ने बताउनुभयो । आफूहरुको माग प्रतिष्ठान विरुद्ध नभई हेटौंडा…
Read More
हेटौंडा एडभेन्चर क्लबको अध्यक्षमा पुनः सुशिल सुवेदी

हेटौंडा एडभेन्चर क्लबको अध्यक्षमा पुनः सुशिल सुवेदी

मकवानपुर । हेटौंडा एडभेन्चर क्लबको अध्यक्षमा पुनः सुशिल सुवेदी चयन भएका छन् । सुवेदीको नेतृत्वमा १३ सदस्य कार्य समिति गठन भएको हो । कार्य समितीको उपाध्यक्षमा पुरुषोत्तम रिमाल, सचिवमा मनोज गौतम, उपसचिवमा सिताराम तिमल्सिना, कोषाध्यक्षमा जमुना गौतम चयन भएका छन्। सदस्यहरुमा अशोक चौलागाई, लक्ष्मी अधिकारी, ओम प्रसाद फुँयाल, विजयराज थिङ्ग,बिक्रम लुर्इटेल, निशाना आचार्य, अप्सरा पौडेलसहित एक सदस्य पछि थप गर्ने गरि १३ जनाको कार्य समिति निर्माण गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको एडभेन्चर क्लबले शनिबार हेटौंडा १८ गुम्बा डाँडामा प्रथम साधारणसभा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो। क्लबले बिगत लामो समयदेखि विभिन्न जिल्लाको भ्रमण गर्दै देशको…
Read More
कैलाश–९ का ३ वटा टोल पूर्ण सरसफाई उन्मुख टोल घोषणा

कैलाश–९ का ३ वटा टोल पूर्ण सरसफाई उन्मुख टोल घोषणा

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाका विभिन्न टोलबाट पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोलको घोषणा सुरु भएको छ । जिल्लामै पहिलो पटक कैलाश गाउँपालिका–२ को रानाटोल र बुढौलीटोल बिहीबार पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त टोल घोषणा भएको हो । शुक्रबार कैलाश–९ का थप ३ वटा टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । पुर्ण सरसफाइ उन्मुख हुने टोलहरु विर्ता , अम्बोटे , बरेटार रहेको छ । कैलाश–९ का वडाध्यक्ष भुवनसिं घलानको सभाध्यक्षतामा भएको घोषणासभामा गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष मुक्तानले विकट गाउँहरुमा खानेपानीको पहुँचबाट टाढा छन्…
Read More
हेटौंडाको गोली–काण्ड, जनचासोको विषय बन्यो

हेटौंडाको गोली–काण्ड, जनचासोको विषय बन्यो

हेटौँडा । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडास्थित शान्ति नगरको गर्दोइमा एक्कासी पाँच राउन्ड जति राइफलले हवाई फायर गर्‍यो । वरपरका मानिसहरू अत्तालिन थाले एउटा पुरुषलाई निर्घात कुटेर जिपमा कोचेर जिप कुद्यो र एउटा सरकारी नम्बर प्लेट भएको जिप जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिन बाध्य भयो । स्थानीयलाई कुनै जानकारी नै नदिइ अपरेसन प्रक्रिया अघि बढाएको भन्दै स्थानीय युवाहरू आक्रोशमा आएका थिए र युवाहरूको बिरोधको कारणले जिल्ला प्रहरी कार्यालयले सेना चढेको गाडी नियन्त्रणमा लिर्इ सोधपुछ गर्दा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले छोडिदियो । सिबिलमा सेना मेसिनगन बोकेरै खुलेआम जिपको पछाडी भागमा…
Read More
हेटौँडा ११ मा दुई टोलका सदस्यहरुलाई सहकारी शिक्षा

हेटौँडा ११ मा दुई टोलका सदस्यहरुलाई सहकारी शिक्षा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित दुईवटा टोल विकास संस्थाका सदस्यहरुलाई सहकारी शिक्षाबारे जानकारी गराइएको छ । हेटौंडा ११ मा रहेको उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडले टोल विकास सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको हो । उपयोगी सहस्राब्दीको आयोजनामा दिइएको सहकारी शिक्षा तालिममा हेटौंडा ११ का सुर्योदय टोल विकास संस्था र तल्लोताल टोल विकास संस्थाका ६० जना सदस्यहरुको सहभागीता रहेको कार्यक्रम संयोजक यज्ञबहादुर आचार्यले जानकारी दिए । उपयोगी सहस्राब्दी वचत तथा ॠण सहकारी संस्था लिमिटेडका अध्यक्ष दिनेश बिडारीले सहजीकरण गरेको र तल्लोताल टोल विकास संस्थाका अध्यक्ष अर्जुन बर्तौला, सुर्योदय टोल विकास संस्थाकी उपाध्यक्ष शिला उप्रेती, समाजसेवी सुबोध…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.