हेटौंडाको गोली–काण्ड, जनचासोको विषय बन्यो

हेटौँडा । हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडास्थित शान्ति नगरको गर्दोइमा एक्कासी पाँच राउन्ड जति राइफलले हवाई फायर गर्‍यो । वरपरका मानिसहरू अत्तालिन थाले एउटा पुरुषलाई निर्घात कुटेर जिपमा कोचेर जिप कुद्यो र एउटा सरकारी नम्बर प्लेट भएको जिप जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिन बाध्य भयो । स्थानीयलाई कुनै जानकारी नै नदिइ अपरेसन प्रक्रिया अघि बढाएको भन्दै स्थानीय युवाहरू आक्रोशमा आएका थिए र युवाहरूको बिरोधको कारणले जिल्ला प्रहरी कार्यालयले सेना चढेको गाडी नियन्त्रणमा लिर्इ सोधपुछ गर्दा चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेना पुष्टि भएपछि जिल्ला प्रहरी कार्यालयले छोडिदियो ।

सिबिलमा सेना मेसिनगन बोकेरै खुलेआम जिपको पछाडी भागमा उभिएर निस्किन लाग्दा केही ब्याक्तीले मोबाइलमा फोटो भिडियो बनाउन थालेपछि सेनाका एक जवानले फोटो, भिडियो नखिच्नु भनेपछि आक्रोसित युवा झुन्डले बिरोध जनाए र केही समय युवा झुन्ड र सेनाबिच भनाभन भएपछि प्रहरी कार्यालयमा सेनाका सुरक्षा एक प्रमुखले पत्रकारहरुसामु यथार्थ खुलाए । ‘‘सेनाले दुर्लभ वन्यजन्तु गैडाको खाग तस्करीको सुराग पाएर चितवनदेखि पिछा गर्दै आएको सेना हुन् । उनीहरुले खाग जस्तो देखिने बस्तु र एकजना खाग तस्करी गर्ने पुरुष बलपूर्वक भाग्न खोज्दा नियन्त्रणमा लिन हवाई फायर गर्नुपरेको हो । उनिहरु सिपाही हुन् । उनिहरुलाइ गर या नगर् भन्ने त्यतिमात्र सिकाइएको हुन्छ । त्यसैले उनिहरुले बोल्न जानेनन पब्लिक सङ नराम्रो हुन गएको नियतवस होइन । काम पनि गाह्रो थियो त्यसले उनीहरुको तर्फबाट म माफी माग्छु’’ ती सुरक्षा अधिकारीले भने ।

उनले आफुहरु द्वन्द कालमा पनि सबैभन्दा अगाडि तैनाथ भएको बताउँदै आफ्नो ज्यानको बाजी थापेर देश जनताको सुरक्षामा खटी हिंड्ने सेना भएको बताए । ‘‘हामीबाट सर्वसाधारणलाई कुनै हानी हुने काम हुँदैन त्यसमा ढुक्क हुनुहोस्’’ ती अधिकारीले सुझाए । त्यसपछि सेना टोली फर्किए । लगत्तै नेपाल सरकार वन तथा वातावरण मन्त्रालय राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग कार्यालयले प्रेस विग्यप्ती जारी गर्दै घटनाबारे जानकारी गराएको छ । विज्ञप्ति अनुसार चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका गोरख गणका सेना टोली संरक्षित वन्यजन्तु गैंडाको खाग (ओखेटोपहार) ओसारपसार कारोबार गर्ने ब्यक्ति हुन सक्ने भनेर चितवनदेखि पछ्याइ हेटौंडा आइ वडा ५ (विज्ञप्तीमा वडा ८ भनिएको छ त्यो पृन्ट गलत भएको हो वडा नम्बर ५ नै सहि हो) गर्दोइमा सुक्ष्म अप्रेसनको बेलामा घटना भएको भनिएको छ ।

घटना २०८१ साल पौष ११ गते बिहीबारको करिब १२ बजेको समयमा भएको अपरेसन हो । सोही दिननै खाग जस्तो देखिने वस्तु र अन्दाजी ४० वर्षीय एक पुरुष लाई कारवाहीको लागि सेनाले नियन्त्रणमा लिएको छ र थप अनुसन्धान कार्य अघि बढाएको विज्ञप्तीमा उल्लेख गरिएको छ । निकुञ्जका संरक्षण अधिकृत दिवेश श्रेष्ठले २०८१ पौष ११ गते बिहीबारनै प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे जानकारी गराएका हुन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.