हेटौँडा । हेटौंडा उपमहानगरपालिका १२ नम्बर वडा भोर्लेका प्यारालाइसिस भएका बिरामी कुमार दुलाललाइ उनको घरैमा पुगेर वडाध्यक्ष अर्जुन तिवारीले खाध्यान्न सहयोग गरेका छन् ।
वडा कार्यालयको तर्फबाट १० हजार बराबरको खाध्यान्न सहयोग गरेको वडाध्यक्ष तिवारीले जानकारी दिए । खाध्यान्नमा अतिउपभोग्य वस्तु चामल, दाल, चिउरा, तेल लगायत रहेका छन् ।
४५ वर्षीय दुलालको घरमा ५ जनाको परिवार छन् । रोगका कारण हिँडडुल गर्न नसकेपछी काम गर्न नसकिएकोले घरकोअवस्था नाजुक हुँदै गएको बताउँदै दुलालले वडाले दिएको सहयोगमा आफुहरु खुशी भएको बताए ।
प्रतिकृया दिनुहोस्