हेटौंडा एडभेन्चर क्लबको अध्यक्षमा पुनः सुशिल सुवेदी

मकवानपुर । हेटौंडा एडभेन्चर क्लबको अध्यक्षमा पुनः सुशिल सुवेदी चयन भएका छन् । सुवेदीको नेतृत्वमा १३ सदस्य कार्य समिति गठन भएको हो । कार्य समितीको उपाध्यक्षमा पुरुषोत्तम रिमाल, सचिवमा मनोज गौतम, उपसचिवमा सिताराम तिमल्सिना, कोषाध्यक्षमा जमुना गौतम चयन भएका छन्।

सदस्यहरुमा अशोक चौलागाई, लक्ष्मी अधिकारी, ओम प्रसाद फुँयाल, विजयराज थिङ्ग,बिक्रम लुर्इटेल, निशाना आचार्य, अप्सरा पौडेलसहित एक सदस्य पछि थप गर्ने गरि १३ जनाको कार्य समिति निर्माण गरिएको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको एडभेन्चर क्लबले शनिबार हेटौंडा १८ गुम्बा डाँडामा प्रथम साधारणसभा गर्दै नयाँ कार्यसमिति चयन गरेको हो। क्लबले बिगत लामो समयदेखि विभिन्न जिल्लाको भ्रमण गर्दै देशको पर्यटकिय क्षेत्रमा योगदान तथा सामाजिक रुपमा विभिन्न क्रियाकलापहरुमा सहभागि हुँदै आएको छ।

देशमा रहेका धार्मिक प्राकृतिक सम्पदाहरूको भ्रमण गर्दै मकवानपुर जिल्लामा भएका पर्यटकिय स्थलहरुको प्रचारप्रसार तथा प्रवर्धन गर्ने उदेश्य रहेको साथै क्लबले यस अघिनै ३६ वटा मोटरसाइकल मार्फत १२० जनाको सहभागितामा मकवानपुर जिल्लामा भएका करिब २ दर्जन सम्पदाहरुमा १२० किमि लामो यात्रा गर्दै प्रथम हेटौंडा सम्पदा सम्पन्न गरिएको क्लबका अध्यक्ष सुशिल सुवेदीले बताउनुभयो।

सुशिल सुवेदीको सभाध्यक्षतामा भएको कार्यक्रमा बागमती प्रदेशका प्रदेश सभा सदस्य तथा पुर्व खानेपानी उर्जा तथा सिचाई मन्त्री एकालाल श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ७ नम्बर निवर्तमान वडा अध्यक्ष राजन थापा, टिम टेलिभिजनका अध्यक्ष नवराज खतिवडा, युवा व्यबसायी सुबोध रिमाल लगायतको उपस्थिती रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.