हेटौँडामा आमा र छिमेकीहरुलाई युवाद्वारा छुरा प्रहार

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुर, शान्तिटोलमा एक युवकले मादक पदार्थ सेवन गरी चक्कु प्रहार गर्दा आफ्नै आमा सहित ३ जना घाईते भएका छन्। आइतबार दिउँसो स्थानीय ३० वर्षीय अमित कोईरालाले मादक पदार्थ सेवन गरी आफ्नै आमा तथा छिमेकी समेतलाई कुटपिट तथा चक्कु प्रहार गर्दा ४ जना घाइते भएका हुन्।

कोइरालाको चक्कु प्रहारबाट आमा अन्दाजी ५० वर्षीया शान्ता कोईराला, छिमेकी १६ वर्षीया सबिना पौडेल, अर्का छिमेकी ५२ वर्षीय कृष्ण पौडेल र अन्दाजी ४८ वर्षीय हरी विडारी घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ । आमाको टाउको चोट लागेको थियो भने छिमेकी विडारीको भने घाटीँमा चोट लागेको छ ।

घटनामा घाइते ४ मध्ये निजको आमा उपचार पश्चात डिष्चार्ज भइसकेको र ३ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ। घटनामा संलग्न कोइरालालाई चक्कु सहित नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.