समाचार

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान

मानव अधिकार रक्षकहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान

हेटौंडा / अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इन्सेक ) बागमती प्रदेश कार्यालय काठमाडौले हेटौंडामा मानव अधिकार रक्षकहरुका लागि २ दिवशीय मानव अधिकार सम्बन्धि क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । तालिममा मानव अधिकार , महिला अधिकार , दलित समुदायको मानव अधिकारको अवस्था र जातीय भेदभाव तथा छुवाछूत कसुर र सजाय ऐन , मानव अधिकार रक्षकको अवस्था र चुनौती , बाल अधिकार लगायत बिषयहरु समाबेश गरिएको थियो । तालिममा इन्सेक बागमती प्रदेश संयोजक शिवप्रसाद खकुरेल , राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख चन्द्रकान्त चापागाईं , गैसस महासङ्घ बागमती प्रदेश अध्यक्ष कमलकुमार बिष्वकर्मा , अधिवक्ता मनप्रसाद भट्टराई , अधिवक्ता अप्सरा…
Read More
सिद्धार्थका छात्रछात्रालाई लैङ्गकि हिंसा र साइबर क्राइमबारे सचेतना

सिद्धार्थका छात्रछात्रालाई लैङ्गकि हिंसा र साइबर क्राइमबारे सचेतना

हेटौंडा / हेटौंडा ५ स्थित सिद्धार्थ शिशु सदन स्कुलमा कक्षा १० मा अध्यनरत छात्रछात्राहरुलाइ लैङ्गकि हिंसा , साइबर क्राइम , प्रवृत्ति को सहि सदुपयोग बारे सचेत गराइएको छ । गैरसरकारी संस्था महासङ्घ मकवानपुर , नेपाल मानव अधिकार संगठन मकवानपुरको आयोजना र जिल्ला प्रहरी कार्यालय मकवानपुर , सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा बसपार्कको साझेदारीमा एकदिवसीय सचेतना कार्यक्रम गरिएको हो । गैरसरकारी संस्था महासङ्घ मकवानपुरकि अध्यक्ष रमिला सापकोटाको सभाध्यक्षतामा भएको कार्यक्रममा सिटीइभिटी बागमती प्रदेश हेटौंडाकि प्रमुख निर्देशक शान्ति लामाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लामाले प्रवृदीको सदुपयोग गर्नाले धेरै फाइदा हुने र दुरुपयोग गर्दा दुर्घटना निम्तिने बताइन् ।…
Read More
सर्वोत्तम संचितीले कृषि उद्यमी मेला गर्दै

सर्वोत्तम संचितीले कृषि उद्यमी मेला गर्दै

हेटौंडा / हेटौंडा उपमहानगर पालिका ८ नम्बर वडास्थित् राजपानीमा रहेको श्री सर्वोत्तम संचिती वचत तथा ऋण सहकारी संस्था लिमिटेडले २ दिने कृषि उद्यमी मेला गर्ने भएको छ । सहकारी सदस्यहरुलाइ उत्पादनसङ जोड्ने आयआर्जन वृद्धि गराउने र उपभोक्तालाई स्वास्थ्यवर्दक स्थानीय स्तरमै उत्पादित बिषादी रहित खाद्य वस्तु उप्लब्ध गराउने उद्धेश्यले मेला गर्न लागेको सहकारीका अध्यक्ष रामबहादुर बस्नेतले जानकारी दिए । मङ्सिर २६ / २७ गते हेटौंडा कमानेको शुभम पार्टी प्यालेसमा हुने मेलामा मानिसका दैनिक खाद्यान्न उपभोग्य बस्तु , पशु आहार गरि ५० वटा स्टल रहने सहकारीले जनाएको छ । स्टलको शुल्क नलाग्ने , प्रवेश शुल्कपनी नलाग्ने जनाइएको छ । मेलामा अरु जिल्लाका…
Read More
नेकपा एस मनहरी गाउँ कमिटीको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

नेकपा एस मनहरी गाउँ कमिटीको भेला सम्पन्न, नयाँ नेतृत्व चयन

मकवानपुर । नेपाली कम्युनिस्ट पार्टी (पूर्व घटक) नेकपा एसको मनहरी गाउँ कमिटीको भेला आज सम्पन्न भयो। भेलाको अध्यक्षता बलराम थापाले गरेका थिए भने प्रमुख अतिथि पार्टीका जिल्ला सचिव तथा मनहरी इन्चार्ज किशोर बर्तौला रहेका थिए। भेलाले ३१ सदस्यीय गाउँ कमिटी निर्माण गरेको छ। नवगठित समितिको अध्यक्षमा रोशन बल, उपाध्यक्षमा राम बहादुर परियार, सचिवमा महेन्द्रराज खड्का तथा उप–सचिवमा शुष्मा लामा चयन भएका छन्। भेलामा सहभागीहरूले नयाँ नेतृत्व गठनसँगै संगठन सुदृढीकरणका लागि महत्वपूर्ण कदम अघि बढेको बताएको जनाइएको छ।
Read More
बङ्गुर पालक कृषक र पशु सेवा कार्यालय प्रमुखबिच अन्तरक्रिया

बङ्गुर पालक कृषक र पशु सेवा कार्यालय प्रमुखबिच अन्तरक्रिया

हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित सिमलटारका बङ्गुर पालक कृषक र पशुसेवा सेवा कार्यालय हेटौंडाका प्रमुख पशुबिशेषज्ञ डाक्टर रामप्रकाश प्रधान बिच अन्तरक्रिया भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानले कृषकहरुको समस्यामा आफू साथ रहेको बताए । सिमलटारलाइ बङ्गुर पकेट क्षेत्रको रुपमा बिकास गर्ने र मानव बस्तीबिच रहेको बङ्गुरका खोरहरु स्थानान्तरण गरि एकीकृत रुपमा खोर निर्माण गरि एउटा उचित ठाउँमा ब्यवस्थापन गर्नुपर्ने बताए । प्रधानले बङ्गुर पालनले किसानहरुको जिवनयापन सहजहुने भन्दै ब्यवस्थित रुपमा बङ्गुरपालनमा लाग्न किसानहरुलाइ सुझाए । हातेमालो बङ्गुर पालक कृषक समुहको आयोजनामा गरिएको कार्यक्रम बिच डाक्टर प्रधानले किसानहरुको खोर निरीक्षण गरेका थिए । कार्यक्रम…
Read More
हेटौंडा बजार सडक विस्तार : तयारी पूरा, अवरोध नगर्न प्रशासनको आग्रह

हेटौंडा बजार सडक विस्तार : तयारी पूरा, अवरोध नगर्न प्रशासनको आग्रह

हेटौंडा । हेटौंडा बजार क्षेत्रको सडक विस्तार अभियानका लागि आवश्यक सबै तयारी पूरा भएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ। सडक डिभिजन कार्यालय मकवानपुरले मंसिर ५ गते प्रकाशित सूचनाअनुसार अघि बढाइएको अभियानमा स्थानीयवासी तथा सरोकारवालाको उत्साहजनक सहयोग देखिएको प्रशासनले जानकारी दिएको छ। प्रशासनले आज जारी गरेको सार्वजनिक सूचनामा व्यवसायीहरूले स्वेच्छिक रूपमा आफ्नो पसल सार्न थालेको, सेल–अफरमार्फत सामान बिक्री गरी कार्य सहज बनाइरहेको तथा सडक विस्तारलाई साथ दिइरहेकोप्रति धन्यवाद व्यक्त गरेको छ। तर केही व्यक्तिहरूबाट व्यवसायीहरूलाई धाकधम्की दिने, जबरजस्ती पसल बन्द गराउने र सार्वजनिक विकास निर्माणको कानुनसम्मत कार्यमा अवरोध पुर्‍याउने गतिविधि देखिएको प्रशासनको आरोप छ। यस्ता गैरकानुनी गतिविधिबाट टाढा रहन सबैलाई…
Read More
सुनुवारहरुले एलेथोचेको अवसरमा शुभकामना आदानप्रदान

सुनुवारहरुले एलेथोचेको अवसरमा शुभकामना आदानप्रदान

हेटौंडा / हेटौंडामा सुनुवार सेवा समाजले उधौली पर्व मनाएका छन् । सुनुवार सेवा समाज मकवानपुरको आयोजनामा कार्यक्रम गरिएको हो । राई , लिम्बु , सुनुवार , याक्खा जातिले विशेष रुपमा यो उधौली पर्व मनाउने गरेको पाइन्छ । यो पर्वलाइ सुनुवारले ( एलेथोचे ), राइ र याक्खाले ( यल्दङ् ) , लिम्बूले ( चासोक ) नामले नामाकरण गरेका छन् । मकवानपुरका सुनुवार समुदायले हेटौंडा वडानम्बर १ भैरव डाडाको मैदानमा श्यादर ग्योर ( चण्डी थान ) स्थापना गरि सामुहिक पुजा आराधना गरेका छन् । जसलाइ सुनुवार भाषामा आदरपिदार भनिन्छ । आदरपिदार ( न्हासो ) पुजारी , पोइब ( धामी ) द्वारा गरिन्छ…
Read More
सडक डिभिजन हेटौँडाले शनिबारदेखि सडक विस्तार कार्य अगाडि बढाउने

सडक डिभिजन हेटौँडाले शनिबारदेखि सडक विस्तार कार्य अगाडि बढाउने

हेटौँडा । सडक डिभिजन हेटौँडाले भोलि मिति २०८२ मंसिर २० गतेदेखि सडक विस्तारका कामहरू योजना अनुसार निरन्तर अगाडि बढ्ने स्पष्ट गरेको छ। डिभिजनले यसअघि मंसिर ५ गते प्रकाशित गरिएको सूचनाअनुसार आज मंसिर १९ गतेसम्म कुनै पनि आधिकारिक निकायबाट ‘सडक विस्तार रोक्न’ भनी कुनै निर्देशन नआएकाले काम अगाडि बढ्ने बताएको हो। डिभिजन प्रमुखद्वारा जारी सूचनामा भनिएको छ कि कार्यालयमा आवश्यक आधिकारिक सूचना नआएकाले भोलिदेखि नियमानुसार विस्तार कार्य निरन्तर सञ्चालन हुनेछ। सडक विस्तारको विषयलाई लिएर हेटौँडामा केही राजनीतिक दलका युवा समूह तथा नेताहरूले “२५ मिटर सडक भत्काउने कार्य रोक्ने निर्देशन आएको” जस्तो अभिव्यक्ति सामाजिक सञ्जालमा दिँदै अनिश्चितता र भ्रम पैदा भइरहेको भन्दै…
Read More
हेटौंडामा वैकल्पिक मार्ग निर्माणमा ध्यानाकर्षण

हेटौंडामा वैकल्पिक मार्ग निर्माणमा ध्यानाकर्षण

हेटौंडा । हेटौंडा सडक पीडित संघर्ष समितिले हेटौंडा सहरको ऐतिहासिक विकासक्रमदेखि आजसम्म सडक व्यवस्थापन सम्बन्धी भएका कानुनी प्रक्रिया र सरकारी निर्णयहरूको विस्तृत विवरण सार्वजनिक गर्दै वैकल्पिक मार्गलाई नै राष्ट्रिय राजमार्गको रूपमा कार्यान्वयन गर्न सरकारसमक्ष माग गरेको छ। समितिले जारी गरेको विवरणले हेटौंडा बजारको सडक विस्तारमा पछिल्ला दिनमा उत्पन्न विवाद र स्थानीयवासीमा परेको असरबारे गम्भीर रुपमा ध्यानाकर्षण गराएको छ। समितिअनुसार हेटौंडा सहरको विकास यात्रा वि.सं. १९७४ सालमा भीमफेदी–भैंसे–हेटौंडा चुरिया–अमलेखगंज हुँदै हुलाकी मार्गको विस्तारसँगै सुरु भएको थियो। त्यसपछि २०११ सालमा भीमफेदी क्षेत्रका प्राकृतिक प्रकोपपीडितलाई पशुपतिनगर क्षेत्रमा बसोबास गराइएको, २०१३ सालमा मुलुककै पहिलो राजमार्ग त्रिभुवन राजपथ निर्माण सम्पन्न भएको लगायतका घटनाले हेटौंडालाई बागमती…
Read More
अंकुश ऐनविरुद्ध मकवानपुरका औषधि व्यवसायीहरूको विरोध

अंकुश ऐनविरुद्ध मकवानपुरका औषधि व्यवसायीहरूको विरोध

हेटौंडा । नेपाल औषधी व्यवसायी संघ केन्द्रीय कार्यसमितीद्वारा हालै घोषित व्यवसायीहरूमाथि थोपिएको पछिल्लो अंकुस ऐन र औषधि व्यवस्था विभागको शक्तिपत्र–मेमो विरुद्ध देशभर चरणबद्ध आन्दोलन चलिरहेको छ। यसै क्रममा मकवानपुर जिल्ला शाखाले पनि पूर्ण ऐक्यवद्धता जनाउँदै संघर्षका कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन सम्पन्न गरेको छ। सोमबार मकवानपुरका सम्पूर्ण औषधि पसलहरू बन्द राखी औषधि व्यवस्था विभाग, राप्ती रोड अगाडि व्यवसायीहरू भेला भएका थिए। भेला भएका व्यवसायीहरूले व्यवसायसम्बन्धी कानुनहरू अन्यायपूर्ण र दमनकारी भएको आरोप लगाउँदै आफूहरूको जायज माग पूरा नभएसम्म कुनै पनि मुल्य चुकाउन तयार रहने दृढ प्रतिवद्धता जनाए। व्यवसायीहरूले संघीय र प्रदेश सरकारसँग औषधि व्यवसायलाई व्यवस्थित बनाउन संवाद र समन्वयमा आधारित नीतिगत सुधारको माग…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.