अंकुश ऐनविरुद्ध मकवानपुरका औषधि व्यवसायीहरूको विरोध

हेटौंडा । नेपाल औषधी व्यवसायी संघ केन्द्रीय कार्यसमितीद्वारा हालै घोषित व्यवसायीहरूमाथि थोपिएको पछिल्लो अंकुस ऐन र औषधि व्यवस्था विभागको शक्तिपत्र–मेमो विरुद्ध देशभर चरणबद्ध आन्दोलन चलिरहेको छ। यसै क्रममा मकवानपुर जिल्ला शाखाले पनि पूर्ण ऐक्यवद्धता जनाउँदै संघर्षका कार्यक्रमअन्तर्गत विरोध प्रदर्शन सम्पन्न गरेको छ।

सोमबार मकवानपुरका सम्पूर्ण औषधि पसलहरू बन्द राखी औषधि व्यवस्था विभाग, राप्ती रोड अगाडि व्यवसायीहरू भेला भएका थिए। भेला भएका व्यवसायीहरूले व्यवसायसम्बन्धी कानुनहरू अन्यायपूर्ण र दमनकारी भएको आरोप लगाउँदै आफूहरूको जायज माग पूरा नभएसम्म कुनै पनि मुल्य चुकाउन तयार रहने दृढ प्रतिवद्धता जनाए।

व्यवसायीहरूले संघीय र प्रदेश सरकारसँग औषधि व्यवसायलाई व्यवस्थित बनाउन संवाद र समन्वयमा आधारित नीतिगत सुधारको माग गर्दै व्यवसायी एकता मजबुत बनाउने प्रतिज्ञा सार्वजनिक गरे।

कार्यक्रममा अध्यक्ष, प्रदेश सदस्य, केन्द्रीय सदस्य, जिल्ला सदस्यलगायत मकवानपुरका करिब पाँच दर्जनभन्दा बढी व्यवसायीहरूको उपस्थिति रहेको थियो। उपस्थित व्यवसायीहरूमध्ये नारायणलाल श्रेष्ठ, विनोद कुमार लामा, कपिला जोशी, सुधिर दाहाल, हरिराम श्रेष्ठ, मिलन लामा, विकास रेग्मी, बलराम साह, कुमारी तामाङ, विजय कुमार श्रेष्ठ, मनोज लामा, ऋषेश्वर न्यौपाने, धर्मेन्द्र यादव, सागर राउत लगायतका प्रतिनिधिहरूले ऐन तत्काल खारेजी तथा व्यवसायसहित नागरिकलाई बाधा नपर्ने व्यवस्था गर्न सरकारसमक्ष माग राखे।

विरोध कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको र मागहरू पूरा नभए अझ कडा आन्दोलनका कार्यक्रम घोषणा गर्ने आयोजक समितिले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.