समाचार

संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने

संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने

मकवानपुर । बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले मन्त्रालयमा गरेको पत्रकार भेटघाट कार्यक्रम मार्फत पारदर्शी शासन, सुशासन र डिजिटल सेवा प्रणालीतर्फ सशक्त कदम चालेको घोषणा गरेको छ। मन्त्रालयले संघीय सरकारले अनुमति दिएको एक महिनाभित्र स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण प्रक्रिया सुरु गरिने गरि तयारी गरेको बताएको हो। मन्त्रालयले भाद्र २३ र २४ गतेको प्रदर्शनपछि पनि सेवा प्रवाह नरोकेको, क्षतिग्रस्त भवन र कार्यालयहरूको पुनर्निर्माण तीव्र गतिमा अघि बढिरहेको जानकारी दिएको छ। उक्त घटनाबाट मन्त्रालय भवन पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने दर्जनौ बढी सवारी साधनहरूमा क्षति पुगेको थियो। तर, मन्त्रालयले बाँकी भौतिक संरचनाको अधिकतम उपयोग गर्दै सेवा दिन रोकेको छैन। अब…
Read More
हेटौंडा ११ मा वडाको सबै काम एउटै कोठाबाट

हेटौंडा ११ मा वडाको सबै काम एउटै कोठाबाट

हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाले एउटै कोठाबाट सेवा प्रदान गरेको छ । भदौ २४ गते जेन्जी आन्दोलनको बेलामा वडा कार्यालयमा आगजनी भएपछि वडाको सम्पुर्ण कागजात , सूचनाका फाइल , फर्निचर , भवन कामै नलाग्ने गरि डढेर नष्ट भएको थियो , अहिले हामीले असोज १ गते देखि सेवा दिदै आएका छौं । असोज १ गते प्रतिक्षालयमा बसेर सेवा दियौं भने २ गते नवलपुर आधारभूत स्वास्थ्य केन्द्रको माथिल्लो तलामा एउटा कोठाबाट सेवा दिदै आइरहेका छौं वडाध्यक्ष जुना दाहालले जानकारी दिइन् । उनका अनुसार राजस्वको काम उपमहानगर पालिकाबाट भैरहेको छ भने अन्य सेवा वडाबाटै प्रदान भैरहेको छ । क्षती यति…
Read More
राक्सिराङमा ‘बागीभूगोल’ साप्ताहिक पत्रिका विमोचन

राक्सिराङमा ‘बागीभूगोल’ साप्ताहिक पत्रिका विमोचन

राक्सिराङ्ग- मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा आइतबार 'बागीभुगोल साप्ताहिक' पत्रिकाको औपचारिक विमोचन गरिएको छ । पत्रिकाले अबदेखि मनहरी, राक्सिराङ्ग र कैलाश गाउँपालिकाका २८ वटै वडाका समाचार र विषयहरू समेट्नेछ । पत्रिकाले ग्रामीण जीवन, स्थानीय संस्कृतिको संरक्षण र उपेक्षित समुदायको आवाज बुलन्द गर्ने लक्ष्य राखेको जनाएको छ । सहरका चिल्ला भवन र भव्य कार्यक्रमका समाचारभन्दा अलग, राक्सिराङ्ग र कैलाशका चेपाङ समुदाय, मनहरीका बनकरिया, गाउँका चिउरी, गिठ्ठा, भ्याकुर र कन्दमूलका विषयहरूलाई प्राथमिकता दिने पत्रिकाको प्रतिवद्धता रहेको छ। बिमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि राक्सिराङ्ग गाउँपालिकाका उपाध्यक्ष बनस्तम थिङ्गले अहिलेको पत्रकारिता कार्यक्रम र उद्घाटनमै सीमित भएको भन्दै आलोचना गरे । उनले भने, 'पत्रकार भनेको खोजपत्रकारितामा आधारित…
Read More
जोखिममा हेटाैँडाकाे राप्ती पुल

जोखिममा हेटाैँडाकाे राप्ती पुल

हेटौँडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडाको राप्ती खोलामा बनेको राप्ती पुल मर्मतसम्भार अभावले जोखिमयुक्त बन्दै गएको हो । वर्षामा राप्तीखोलामा आएको बाढीले पिल्लरमा धक्का पु-याउँदा भित्रका फलाम देखिएका छन् । २१० मिटर लम्बाइ रहेको उक्त पुलमा सात वटा पिल्लर छन् । चार वटा पिल्लरको बाहिरी भागको सिमेन्टमा क्षति पुगेको छ । “सडक डिभिजन हेटौँडा मकवानपुरका सूचना अधिकारी इन्जिनियर यादव सुवेदीले पुलको मर्मत गर्ने बेला भएको बताएका छन,” सूचना अधिकारी सुवेदीले भने, “पुलको अधिकांश पिल्लरको तल्लो भागमा फलामका रड देखिन थालेका छन्, त्यसको मर्मतसम्भार गर्ने तयारी भइरहेको छ । सम्बन्धित विज्ञबाट पुलको स्थलगत अध्ययन गराएर अनि विज्ञहरूकै सुझाव अनुसार मर्मत गर्ने…
Read More
हेटौंडामा रास्वपाको खुला रक्तदानमा ३५ जनाले गरे रक्तदान

हेटौंडामा रास्वपाको खुला रक्तदानमा ३५ जनाले गरे रक्तदान

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरले हेटौंडाको बुद्धचोकमा शनिबार खुला रक्तदानको आयोजना गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेश र्याटको समन्वय र नेपाल रेडक्रस सोसाइटी , रक्तसञ्चार केन्द्र हेटौंडाको प्राविधिक सहयोगमा गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए । रास्वपा मकवानपुरका सभापति भरत पराजुलीको सभाध्यक्षतामा भएको कार्यक्रममा सङ्घिय पुर्व साम्सद रास्वपाका केन्द्रिय सदस्य बिन्दवासिनी कङ्साकारको प्रमुख आतिथ्यता रहेको थियो । गत भाद्र २३ र २४ गते जेन्जी आन्दोलनमा गोली लागेर घाइते भएका युवाहरूलाई रगतको आवस्यकतामा सघाउ पुर्याउने उदेश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको र्याटका बागमती प्रदेश सचीव महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । रक्तदान कार्यक्रममा रास्वपा , रास्वपा र्याटका…
Read More
अनावश्यक खर्च रोक्ने बागमती सरकारको निर्णय: पुरक बजेट र पुनर्लेखन नगर्ने

अनावश्यक खर्च रोक्ने बागमती सरकारको निर्णय: पुरक बजेट र पुनर्लेखन नगर्ने

हेटौंडा । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षका लागि पुरक बजेट नल्याउने निर्णय गरेको छ। शुक्रबार बसेको सत्तारुढ दलको बैठकले पुरक बजेट नल्याउने र बजेट पुनर्लेखन पनि नगर्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार अनावश्यक र औचित्य पुष्टि नहुने बजेट कटौती गर्ने तर पुरक बजेट वा पुनर्लेखनतिर नजाने निर्णय भएको हो। प्रवक्ता तामाङले विकास बजेट कार्यान्वयनका लागि १० लाख रुपैयाँसम्मको योजना उपभोक्ता समिति मार्फत, र त्यसभन्दा माथिका योजना टेन्डर प्रक्रियामार्फत कार्यान्वयन गरिने बताए। उनका अनुसार प्रदेश सरकारले अनावश्यक खर्च कटौतीका क्रममा तालिम, अन्तरप्रदेश भ्रमण, औचित्य नभएका योजना र अनावश्यक करार कर्मचारीहरू…
Read More
एभिन्युज टेलिभिजनमा पत्रकारको पारिश्रमिक विवाद — स्वतन्त्र पत्रकार संघ मकवानपुरले कानुनी कारबाहीको चेतावनी

एभिन्युज टेलिभिजनमा पत्रकारको पारिश्रमिक विवाद — स्वतन्त्र पत्रकार संघ मकवानपुरले कानुनी कारबाहीको चेतावनी

मकवानपुर । स्वतन्त्र पत्रकार संघ, मकवानपुरले एभिन्युज टेलिभिजनको व्यवस्थापनमाथि गम्भीर आरोप लगाउँदै पत्रकार प्रमोद राज सहनीलाई एक वर्षसम्म पारिश्रमिक नदिएको र श्रमिक अधिकारको उल्लंघन गरेको बताएका छन्। संघले घटनालाई नेपालको संविधान, श्रम ऐन २०७४, र श्रमजीवी पत्रकार ऐनको स्पष्ट उल्लंघन भएको ठहर गरेको छ। विज्ञप्ति अनुसार, पत्रकार साहनीले बारम्बार पारिश्रमिक भुक्तानीका लागि मानव संसाधन विभाग र कार्यकारी प्रमुखलाई अनुरोध गर्दा “प्रक्रियामा छ” र “केही दिनमा हुन्छ” जस्ता अस्पष्ट जवाफ मात्र पाएका छन्। साथै, कानुनी हक माग गरेपछि उनलाई संस्थाको आधिकारिक सञ्चार समूहबाट हटाइएको आरोप पनि संघले लगाएको छ, जुन पेशागत स्वतन्त्रता र श्रमिक अधिकारमाथि प्रत्यक्ष आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ।…
Read More
प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

प्रेस युनियन मकवानपुरद्वारा ५० हजार नगद राशीको पत्रकारिता सम्मान घोषणा

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुर शाखाले प्रदान गर्दै आएको ‘स्वर्गीय सीतादेवी स्मृति प्रेस युनियन पत्रकारिता पुरस्कार’को नगद राशी वृद्धि गरी ५० हजार रुपैयाँ पुर्‍याएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक तथा पुरस्कारका प्रायोजक चिरञ्जीबी ढकालले हेटौँडामा प्रेस युनियन मकवानपुरको टोलीसँगको भेटघाटका क्रममा आगामी वर्षदेखि पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्‍याउने घोषणा गरेका हुन्। उनको घोषणासँगै यो पुरस्कार अब मकवानपुर जिल्लाको पत्रकारिता क्षेत्रमा सर्वाधिक नगद राशीको पत्रकारिता पुरस्कार बन्ने भएको छ। यसअघि उक्त पुरस्कारको राशी १५ हजार रुपैयाँ मात्र थियो। सो पुरस्कारबाट पहिलो पटक नेपाल प्रेस युनियन मकवानपुरका संस्थापक अध्यक्ष राममणि दाहाल सम्मानित भइसकेका छन्। भेटघाटका क्रममा प्रायोजक ढकालले…
Read More
आगलागीबाट ध्वस्त कृषि विकास कार्यालय चितवनको स्थलगत निरीक्षण

आगलागीबाट ध्वस्त कृषि विकास कार्यालय चितवनको स्थलगत निरीक्षण

हेटौँडा । जेनजी आन्दोलनका क्रममा आगलागी भई ध्वस्त बनेको कृषि विकास कार्यालय चितवनको बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसूदन पौडेलले स्थलगत निरीक्षण गरेका छन्। बिहीबार मन्त्री पौडेलले आन्दोलनका क्रममा जलाइएको कृषि मन्त्रालय मातहतको कृषि विकास कार्यालय चितवनको अवलोकन गर्दै कार्यालय पुनःसञ्चालनका लागि आवश्यक व्यवस्थापनका कार्यहरू तत्काल अघि बढाउने प्रतिबद्धता जनाए। निरीक्षणका क्रममा मन्त्री पौडेलले भने, “राज्यका सार्वजनिक सम्पत्तिमाथि यसरी तोडफोड र आगजनी हुनु दुःखद कुरा हो। हामी तत्काल मर्मत, रंगरोगन, फर्निचर, कम्प्युटर तथा अन्य आवश्यक सामग्रीको व्यवस्था गरेर चाँडै कार्यालयलाई सामान्य अवस्थामा ल्याउँछौं,” भन्दै कार्यालयलाई शीघ्र पुनः सञ्चालनमा ल्याउने तयारी रहेको स्पष्ट पारे। कार्यालयका प्रमुख झलकनाथ कँडेलका अनुसार,…
Read More
एभिन्युज टेलिभिजनद्वारा पत्रकार सहनीलाई तलब नदिएकोप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

एभिन्युज टेलिभिजनद्वारा पत्रकार सहनीलाई तलब नदिएकोप्रति प्रेस युनियन मकवानपुरको ध्यानाकर्षण

हेटौँडा । नेपाल प्रेस युनियन मकवानपुरले एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार प्रमोद राज साहनीलाई करिब एक वर्षदेखि पारिश्रमिक नदिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रेस युनियन मकवानपुरले शुक्रबार जारी गरेको विज्ञप्तिमा श्रमजीवी पत्रकार ऐन, २०५१ र श्रम ऐन, २०७४ बमोजिम कुनै पनि पत्रकार वा श्रमिकले गरेको श्रमको उचित पारिश्रमिक समयमै पाउनुपर्ने स्पष्ट कानुनी व्यवस्था रहेको स्मरण गराउँदै, एभिन्युज टेलिभिजनले त्यसको अवहेलना गरेको आरोप लगाइएको छ। विज्ञप्तिमा भनिएको छ, “पत्रकार साहनीलाई लामो समयदेखि तलब नदिएको घटना प्रेस स्वतन्त्रता, पत्रकारको अधिकार र श्रमिक न्यायको दृष्टिले निन्दनीय छ।” युनियनले एभिन्युज टेलिभिजनका सम्बन्धित पक्षलाई साहनीको बक्यौता पारिश्रमिक तुरुन्तै उपलब्ध गराउन माग गरेको छ। साथै, तोकेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.