हेटौंडा / नेपाली कम्युनिस्ट पार्टीको हेटौंडा उपमहानगर पालिका समिति एकता बिस्तार बैठक सम्पन्न भएको छ । नेकपाका पुर्व घटक पार्टी नेकपा माओवादी केन्द्रका नेता प्रदीप अर्यालको सभाध्यक्षतामा भएको बैठकमा संविधान सभा सदस्य प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो ।
नेकपाको पुर्व घटक पार्टी नेकपा एस , नेकपा माओवादी केन्द्रका पार्टी केन्द्रिय , प्रदेश , जिल्ला र नगर तथा वडाका नेता तथा कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी लामिछानेले राज संस्था आउँदा जनताको लोकप्रिय मत पाएर आम जनताको छोराछोरीले रास्ट्रपति , प्रधानमन्त्री हुन पाउने अवसर गुम्ने बताए ।

एउटा बङ्सले राज्य गर्दा आम नागरिकले बोल्न पाउने अधिकार थिएन । आम नागरिकले आफ्नो भावना व्यक्त गर्न पनि अनुमती लिनपर्थ्यो लोकतान्त्रिक गणतन्त्रले त्यो अवस्थामा परिवर्तन ल्याएको छ लामिछानेले भने । अबको समय हामी छरिएर रहेका कम्युनिस्टहरु एक भएर देश बचाउने बेला आएको छ उनले सुझाए । अब हामी एकतामा आइसकेपछि अब छुट्टाछुट्टै नारा , जुलुस , आम सभा गर्दैनौ । यो एकता बिस्तार हो हामी एक भएर देश बचाउछौ त्यसको लागि ढिलै भएपनी चुनाव आवस्यक रहेको लामिछानेले बताए ।
हेटौंडा ४ गर्दोइ स्थित पार्टी कार्यालयमा भएको कार्यक्रममा नेता सन्तोष न्यौपाने , देवराज गौतम , सागर बानियाँ , लक्ष्मी पाखृन , पार्टीका नगर इन्चार्ज धुर्बबहादुर भुजेल , नेता केदारनाथ दुलाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।































