समाचार

मुख्यमन्त्री बानियाँद्वारा विपन्न परिवारका लागि निर्माण गरिएको पहिलो घर हस्तान्तरण

मुख्यमन्त्री बानियाँद्वारा विपन्न परिवारका लागि निर्माण गरिएको पहिलो घर हस्तान्तरण

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम नागरिक सेवामा खर्च गर्ने निर्णयअनुरूप पहिलो घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन्। गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो तलब तथा सुविधा विपन्न नागरिकको सेवामा प्रयोग गर्ने निर्णय गर्नुभएको थियो। उक्त निर्णयअनुसार मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका तीन अति विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना अघि बढाएका थिए। तीमध्ये मनहरी गाउँपालिकाकी मिठ्ठुमाया तामाङको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। १४ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी मिठ्ठुमायाले १५ वर्षमा पहिलो सन्तान जन्म दिएकी थिइन्। तीन छोरा र एक छोरीकी आमा मिठ्ठुमायाका श्रीमान्को…
Read More
मकवानपुर बालविद्या सदनको ‘स्किल क्याम्प’

मकवानपुर बालविद्या सदनको ‘स्किल क्याम्प’

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१८ स्थित मकवानपुर बालविद्या सदन विद्यालयले दशैं–तिहारको बीचमा आयोजना गरेको ‘स्किल क्याम्प’ कार्यक्रमले विद्यार्थीहरूमा मौलिक उत्पादन र सिर्जनात्मक सीप विकासको उदाहरण प्रस्तुत गरेको छ। कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना लामाले प्रमुख अतिथिको रूपमा सहभागिता जनाउँदै बालविद्या सदनले गरेको यो पहल शैक्षिक क्षेत्रमा नयाँ दृष्टिकोण ल्याउने काम गरेको बताउनुभयो। उहाँका अनुसार, आजको कृत्रिम बुद्धिमत्ता युगमा विद्यार्थीहरूलाई सिर्जनशील बनाउनु चुनौतीपूर्ण बन्दै गएको अवस्थामा विद्यालयले प्रस्तुत गरेको यस्तो अभ्यास अत्यन्तै प्रेरणादायी छ। मेयर लामाले भन्नुभयो, “हाम्रा नानी–बाबुलाई आफ्ना मौलिक उत्पादनसँग परिचित गराउनु र उत्पादन गर्ने सीप सिकाउनु आजको आवश्यकता हो। यस विद्यालयले त्यसैको जीवन्त अभ्यास प्रस्तुत गरेको छ।” उहाँले कार्यक्रममा…
Read More
५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

५ ठाउँमा तिहार बजार तोकिएकोमा ३ ठाउँमा मात्र बजार बस्यो

हेटौंडा / हेटौंडा उपमहानगरपालिकाले तिहार लक्षित बजार भनेर ५ ठाउँलाई तोकेको भएतापनी ब्यापारीहरु ३ ठाउँमा बसेर ब्यापार गरिरहेका छन् । मकवानपुर उद्योग वाणिज्य संघ परिषर, सङ्गम चोकमा फुल तथा फलफुल, हेटौंडा अस्पताल अगाडि म्याजिक पार्कमा सबैखाले तिहार सम्बन्धित बजार राखिएको छ । हुन त तिहार लक्षित बजार हेटौंडा १० स्थित तिलगंगा आँखा अस्पताल पछाडीको खुला चौर र फरेष्ट्री क्याम्पसको पर्खाल अगाडिको खाली ठाउँमा तोकिएको भएतापनी अपाएक पर्ने भन्दै त्यहाँ ब्यापारीहरु नगएको हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सबिन न्यौपानेले बताए । उनका अनुसार तिहार बजार ब्यवस्थापन गर्न उपमहानगरपालिका लागिपरेको छ, फुल खेतीलाइ प्रोत्साहन गर्ने उद्देश्यले बाहिरबाट आउने प्लास्टिकका फुलमाला प्रयोगमा रोक लगाइएको छ…
Read More
मिजार र ढकालको तिहार गीत सार्वजनिक (भिडियो सहित)

मिजार र ढकालको तिहार गीत सार्वजनिक (भिडियो सहित)

मकवानपुर । मकवानपुरे युवाहरुको तिहार विशेष गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा हरि मिजार र धिरज ढकालको आवाज रहेको छ । हरि मिजारको शब्द तथा अमृत ल्वागुनको संगीत र एरेञ्जमा गीत तयार भएको हो । म्यूजिक भिडियोलाई महेन्द्र ओझाले छायाँकन तथा सम्पादन गरेका छन् । विशु कोईरालाको कोरियाग्राफी रहेको म्युजिक भिडियोमा किङ आयुश, सम्झना रानाभाट र मोनिका तामाङको नृत्य रहेको छ । गीतमा रत्न बिकले बाँसुरी र भुवन गन्दर्भको मादलको ताल सुन्न सकिन्छ । भिडियोको छायाँकनमा ओझालाई अजित मग्रातीले साथ दिएका छन् । हेर्नुहोस् म्युजिक भिडियो–
Read More
डान्स मेरो मनको मेगा अडिसन शुरु

डान्स मेरो मनको मेगा अडिसन शुरु

हेटौंडा / ड्रीम्स म्युजिक ईन्स्टिच्युट द्वारा संचालित डान्स मेरो मनको जुनियर सिजन १ को मेगा अडिसन शुरु भएको छ । हेटौंडाका करिब १५ वटा विद्यालयका ५२० जना विद्यार्थी छनौटमा परेका थिए भने मेगा अडिसनमा १७५ जना सहभागी हुदैछन् , ईन्स्टिच्युटका संचालक अनन्त खुलालले जानकारी दिए । खुलालका अनुसार हेटौंडा १० स्थित ड्रीम्स म्युजिक ईन्स्टिच्युट को हलमा भैरहेको अडिसनबाट १२० जना पास हुनेछन् । यसरी छनौट हुँदै फानल सम्म पुग्नेछन । प्रथम , द्वितीय , त्रीतिय हुने प्रतियोगिहरुलाइ ट्रफी , प्रमाणपत्र , ५० हजार , ३० हजार , २० हजार रुपैयाँ क्रमश प्रथम , द्वितीय , त्रीतिय पुरस्कार प्रदान गरिनेछ ।…
Read More
गाईगोरु तस्करी नियन्त्रण माग

गाईगोरु तस्करी नियन्त्रण माग

हेटौंडा । नेपालको संविधानअनुसार गाईको वध निषेध गरिएको छ र गाई राष्ट्रिय जनावरका रुपमा मान्यताप्राप्त छ । यस सन्दर्भमा विश्व हिन्दु परिषद् नेपाल देशभर गाई संरक्षण, तस्करी नियन्त्रण र गौसेवामा निरन्तर सक्रिय रह“दै आएको छ । हालै मकवानपुरको हेटौंडामा गाईगोरु तस्करी नियन्त्रणका क्रममा जिल्ला पशुसेवा कार्यालयले गरेको कार्य सराहनीय छ । कार्यालयका इमान्दार कर्मचारीले प्रहरीको सहयोग नपाउ“दा पनि सशस्त्र प्रहरीको सहयोगमा रातभर खटिएर बंगलादेशतर्फ लैजा“दै गरिएको तस्करी गाडी नियन्त्रणमा लिएका तथ्य बाहिर आएको छ । केही प्रहरी र प्रशासनिक निकायका व्यक्तिहरु तस्करस“ग मिलेमतोमा रहेको आशंकासमेत गरिएको छ । पशु ढुवानी मापदण्ड खुलेआम उलंघन भइरहेको अवस्थामा सम्बन्धित निकायको मौनतामाथि प्रश्न खडा…
Read More
‘ओलीको घमण्डले विषम् परिस्थिति’

‘ओलीको घमण्डले विषम् परिस्थिति’

हेटौंडा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मकवानपुरका अगुवा कार्यकर्ताहरुस“ग शनिबार भेट गरेका छन् । हेटौंडा–४ स्थित भैरवरोडमा रहेको पार्टी कार्यालयमा नेपालले पार्टीका अगुवा कार्यकर्ता भेटेका हुन् । पार्टी जिल्ला उपाध्यक्ष ध्रुवबहादुर भुजेलको सभाध्यक्षतामा राखिएको भेटघाट कार्यक्रममा पार्टी केन्द्रीय अध्यक्ष नेपालले चुनावको तयारी गर्न निर्देशन दिए ।नेपालले राज्य विषम् परिस्थितिमा रहेकोले सिंगो नेपाली जनता चनाखो भएर बस्नुपर्ने बताए । उनले भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनमा अन्य शक्तिहरुले घुसपैठ गरी देशका अत्यन्त महत्वपूर्ण संरचनाहरुमा आगजनी, तोडफोड, मानिस मार्ने काम भएको भन्दै यो अत्यन्त निन्दनीय रहेको बताए । जेन्जी आन्दोलनमा जति कलिला विद्यार्थी र प्रहरीहरुले ज्यान उत्सर्ग गरे,…
Read More
हेटौंडामा इलेक्ट्रोनिक्स् स्कुटरको माग बढ्न थाल्यो

हेटौंडामा इलेक्ट्रोनिक्स् स्कुटरको माग बढ्न थाल्यो

हेटौंडा । हेटौंडामा इभी गाडीको साथै इस्कुटरको पनि माग बढ्न थालेको छ । हेटौंडामा इलेक्ट्रीक स्कुटर र इलेक्ट्रीक साइकलको शोरुम धमाधम संचालनमा आइरहेको छ । असोज २९ गते एकैदिन हेटौंडा ४ शितलमहल चोक र हेटौंडा १० टीसियन रोडमा इलेक्ट्रीक इस्कुटर शोरुम उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाका वडाध्यक्ष फुर्वादोर्जे तामाङ, मकवानपुर उद्योग वाणिज्य संघकी महासचिव प्रतिमा श्रेष्ठ, स्कुटर शोरुम संचालक रत्नमाया शाक्यले रिबन काटेर, पानसमा बत्ती एकसाथ बालेर उद्घाटन गरेको ग्लोबल नम्बर १ इभी स्कुटर याडियाको शोरुम इभोभोल्ट्स सिटीबाट इसाइकल र स्कुटर बिक्री भएको शोरुम संचालक रोमनराज शाक्यले बताए । शोरुममा १ लाख ८५ हजार , २…
Read More
मुख्यमन्त्री बानियाँद्वारा विपन्न मिठुमायाँका लागि नयाँ घर

मुख्यमन्त्री बानियाँद्वारा विपन्न मिठुमायाँका लागि नयाँ घर

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँले आफ्नै सेवा सुविधाबाट निर्माण गरिएको घर मनहरी गाउँपालिका–९ ज्यामिरेकी मिठुमायाँ सुनारलाई आगामी आईतबार हस्तान्तरण गर्न लागेका छन् । मुख्यमन्त्री बानियाँको व्यक्तिगत पहलमा निर्माण गरिएको घर तिहारको अवसर पारेर कार्तिक २ गते बिहान मिठुमायाँलाई हस्तान्तरण गरिने उनकाे सचिवालयले जनाएको छ। यो हस्तान्तरणसँगै मिठुमायाँ अब आफ्नै घरमा बस्न पाउने भएकी छन्। सचिवालयका अनुसार बानियाँको निर्वाचन क्षेत्र राक्सीराङ्ग गाउँपालिका–१ इन्द्रुङ्गका सुमनसिं चेपाङका लागि निर्माण भइरहेको अर्को घर पनि द्रुत गतिमा सम्पन्न हुँदैछ। सो घर कात्तिक महिनाभित्र हस्तान्तरण गरिने तयारी गरिएको छ। मुख्यमन्त्री बानियाँले यसअघि मकवानपुरको बकैया गाउँपालिका–५, गरगरेमा आगलागीबाट घर…
Read More
हेटौंडामा जापानीज ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शोरुम उद्धाटन

हेटौंडामा जापानीज ब्रान्डको इलेक्ट्रोनिक स्कुटर शोरुम उद्धाटन

हेटौंडा । १२ वर्षदेखि थ्रीहुइलर इलेक्ट्रीकल भेइकलहरुको आधिकारिक बिक्रेताको रुपमा कार्यरत कुशवाहा मोटर्शले जापानीज ब्राण्डको इलेक्ट्रीक स्कुटर शोरुम संचालनमा ल्याएको छ । हेटौंडा ४ नम्बर वडास्थित् शितलमहल चोकमा अवस्थित रोयल प्यालेश जाने बाटो छेउमा शोरुम संचालनमा ल्याइएको छ । शोरुमको उद्घाटन स्कुटरका पहिलो ग्राहक केन्द्र जोशी , बुद्धिबहादुर श्रेष्ठ , कुशवाहा मोटर्सका संचालक बलिरामप्रसाद कुशवाहाले रिबन काटेर सङ्युक्त रूपमा उद्घाटन गरेका थिए । १२० प्लस माइलेज दिने स्कुटर नेपालमा पहिलोपटक लन्च गरिएको हो । एकवर्षको वारेन्टी रहेको रहेको , बलियो र पार्ट्सहरुपनी सजिलै उपलब्ध हुने कुशवाहा मोटर्सका संचालक बलिराम कुशवाहाले बताए । स्कुटर बलियो , स्मार्ट , ४५ डिग्रीसम्मको उकालो…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.