हेटौंडा / केही समय अगाडि बहिनी गुमाएर शोकमा रहेकी संचारिका समुह मकवानपुर जिल्ला अध्यक्ष निशा गुरुङलाई बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सामाजिक बिकास पुर्व मन्त्री कुमारी मुक्तान र जिल्ला समन्वय समिति मकवानपुर , जिल्ला समन्वय महासङ्घ बागमती प्रदेश अध्यक्ष ललित बहादुर घलानने घरमै पुगेर सान्त्वना दिएका छन् ।
केही समय अगाडि आमा गुमाएकि निशाले लामो सयदेखि बोनम्यारोको समस्याले उपचाररत रहेकी बहिनी पनि गुमाइन् । यसरी शोकमा परेकोबेलामा भेटेर सान्त्वना दिने मनसायले घलान , मुक्तान र पत्रकार द्वय यम्पी शर्मा , जी न्यौपाने लगायतले पत्रकार गुरुङ र उनका घरका सदस्यहरुलाइ हेटौंडा उपमहानगर पालिका १४ नम्बर वडास्थित निवासमै पुगेर सान्त्वना दिएका हुन् ।

समृद्ध समाज दैनिक , हेटौंडा सन्देश लगायतका संचारगृहहरुमा लामो समयदेखि सक्रिय रुपमा काम गरिसकेकी गुरुङ हाल रेडियो थाहा संचारमा कार्यरत छिन् ।



































































