हेटौंडा / केहि समयदेखि मौसममा चिसोपन बढेपछी चिसो छल्न मानिसहरू आगो बालेर ताप्न थालेका छन् । रुइ , फुइ ,दुई जाडो यामको लागि पुरानो आम नेपाली भनाइ हो । रुइबाट सिरक , डस्ना ,सिरानी बन्छ जो जाडोयामको लागि अत्यन्तै आवस्यक चिज हो ।
दुइ भनेको बिवाहलाइ सङ्केत गरेर भनेको भनाइ हो । जाडोमा दुइजना सगै सुतेमा न्यानो हुन्छ भनेर ठ्ट्टापनि गर्छन् पाका मानिसहरु । मान्छे अथवा कुनैपनी जिवित प्राणी साथीबिना रहन गाह्रो हुन्छ यही कुरालाई सङ्केत गर्दै भनेको यो भनाइ हो । यसैगरी फुइ भनेको आगो फुक्नु बाल्नु हो । ग्रामीण भेगका अधिकाङ्स मानिसहरुको सहारा आगो हो । मानिसहरु जम्मा भएर दाउरा जम्मा गरि आगोको धुनी लगाउछन र तातोमा बसेर गफिन्छ्न् हातगोडा , शरिरका अगाडि ,पछाडि सेक्छन् । कति मानिसहरु अफिस , घरमा हिटर बालेर जाडो छ्ल्छन् ।

तराइमा स्थानीय सरकारले आगो ताप्न आम मानिसलाइ दाउराको ब्यवस्था गरिदिएको हुन्छ । यो बेलामा सरकारले हिटर ताप्दा , गिजर प्रयोग गरेर तातोपानीले नुहाउदा बाहिरको ताजा हावा पासहोस् भनेर सचेतना फैलाइरहेको हुन्छ ।
आगो सेक्दापनी शरीरको अगाडि भाग र पछाडिको भाग बराबरी सेक्नुपर्छ भन्ने सन्देश पनि सरकारी सूचनाहरुमा प्रवाह भएको पाइन्छ । हिटर बालेर नसुत्ने , कोठा तातो भएपछि हिटर निभाएर सुत्ने , गिजर जडान बाथरुममा नुहाउदा बाहिरको हावापासहुने झ्यालको भेन्टीलेशन् खोल्नुपर्छ जस्ता सूचनाहरुले आम मानिसहरुलाइ जाडो याममा विभिन्न उपकरणहरु प्रयोग गर्दा हुने खराबाट र ठुलै दुर्घटना हुनबाट जोगाउछ । कतिले जाडो छल्न अत्याधिक मदिरा सेवन गर्छन् यो पनि मानिसको लागि धेरै खतराको सूचक हो । केही समयदेखि मौसममा परिवर्तन आएको छ ।
चिसो हावा बहनुका साथै , माथिबाट सित झरिरहेको छ । घाम दुइदिनदेखी लागेको छैन । जसको कारण जनजीवन प्रभावित बनेको छ । केही वर्ष अगाडि जाडो याममा दामनको एक होटलमा रातभरि हिटर बालेर सुत्दा ७ जना पर्यटकको ज्यान गएको थियो । तराइमा आगो असावधानीपुर्वक ताप्दा धेरै बृद्धबृद्धाले ज्यान समेत गुमाएको पाइन्छ भने कतिले जाडोबाट कठ्याङ्ग्रीएर ज्यान गुमाएका सूचनाहरु बाहिरिएकाछन् ।

जाडो छल्न तातो झोल , सुप , गेडागुडी , चिया , तातोतातो परिकार , बन तरुल , घर तरुल , शखरखन्डा , पिडालु , घिउ चाकु , तातोतातो मिष्ठान्न भोजन बनाएर खाने गरिन्छ । बाहिर आगो बालेर ताप्नेहरुले आगो तापिसकेपछी आगो निभाउन जरुरी छ । आगो ननिभाउदा कति ठाउँमा आगजनी पनि हुने गरेको पाइन्छ ।





























