हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडामा बाल अधिकार र बालबिवाह अन्त्य सम्बन्धी प्रादेशिक छलफल कार्यक्रम सम्पन्न भएको छ। “बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबी नेपाल)” र युवालयको संयुक्त आयोजनामा, सामाजिक विकास मन्त्रालय बागमती प्रदेश तथा बाल कल्याण समाज मकवानपुरको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो।
युवालयका कोषाध्यक्ष कृष्ण तामाङको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री कञ्चन चन्द्र बादे प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। मन्त्री बादेले बाल अधिकार हनन् र बाल विवाहलाई मानव अधिकारको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै यसको अन्त्यका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो।

कार्यक्रममा बाल कल्याण समाजका अध्यक्ष तथा प्रदेश बाल अधिकार समितिका सदस्य प्रकाश खतिवडा, सामाजिक विकास मन्त्रालयका सचिव पूर्णबहादुर दर्जी, मन्त्रालयका शाखा अधिकृत लक्ष्मण पुडासैनी, बाल हेल्पलाइन १०९८ का कार्यक्रम संयोजक झबिन्द्र ज्ञवाली तथा जिएनबी नेपालका महासचिव संजीव अधिकारीले आ–आफ्नो धारणा तथा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।
छलफल कार्यक्रममा प्रहरी नायब महानिरीक्षक अरुण पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका महाशाखा प्रमुख हरिहर पोखरेल, प्रदेश बाल अधिकार समितिका सदस्यहरू झबिन्द्र ज्ञवाली, राजाराम सापकोटा र मञ्जु बैरागी शाह, सामाजिक विकास मन्त्रालयका महाशाखा प्रमुख अमृत अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगर तथा मानव अधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्धको सञ्जालकी अध्यक्ष आरती पाठकको उपस्थिति रहेको थियो।

यसैगरी सञ्जालका प्रतिनिधि माया लामा, आशिष दुलाल, कुमारी वाइबा, शर्मिला श्रेष्ठ, निशा लामा तथा बाल क्लब प्रतिनिधि आदित्य पराजुलीलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सहजीकरण तथा स्वागत मन्तव्य बालिका दुलही होइनन् राष्ट्रिय सञ्जाल (जिएनबी नेपाल) का महासचिव संजीव अधिकारीले गर्नुभएको थियो।



































































