कालिकामाई टोल विकास संस्थाको २१औँ साधारण सभा तथा अधिवेशन सम्पन्न

हेटौँडा । कालिकामाई टोल विकास संस्थाको २१ औँ साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। टोल विकास संस्थाका अध्यक्ष रामकृष्ण प्रसाद घिमिरेको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. ८ का वडा सदस्य गोरखनाथ राय प्रमुख अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

कार्यक्रममा सामाजिक विकास शाखाका प्रबन्धक डा. भिमप्रसाद तिमिल्सिना विशेष अतिथि तथा नगर समन्वय समितिकी सचिव सुशिला मल्ल अतिथिका रूपमा सहभागी हुनु भएको थियो।

साधारण सभाका क्रममा शारीरिक अपाङ्गता भएका व्यक्ति, एसईई उत्तीर्ण विद्यार्थी, सिईई उत्तीर्ण विद्यार्थी तथा असल ऋणीहरूलाई सम्मान गरिएको थियो। सम्मान कार्यक्रमले समुदायमा सकारात्मक ऊर्जा र प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

अधिवेशनबाट पुनः पुरानै कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। कार्यसमितिमा अध्यक्षमा रामकृष्ण प्रसाद घिमिरे, उपाध्यक्षमा शंकर सुवेदी, सचिवमा अर्चना कार्की, कोषाध्यक्षमा मोनिका खड्का तथा सह–सचिवमा मनिरा अर्याल चयन हुनु भएको छ। त्यसैगरी सदस्यहरूमा विष्णु राज तिमिल्सिना, चन्द्रबहादुर श्रेष्ठ, अम्बिका दवाडी, भरत श्रेष्ठ, सरिता पख्रिन र ज्ञानबहादुर बानियाँ चयन हुनु भएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.