हेटौंडा / हेटौंडाका विभिन्न सरकारी निकायमा कार्यरत करार सेवाका कर्मचारीहरुले आव. २०८२/०८३ को साउनदेखि महङ्गी भत्ता पाएका छैनन् ।
मङ्सिर ८ गते सर्वोच्च अदालतले करार सेवाका कर्मचारीहरुलाइ दिदै आएको महङ्गी भत्ता नरोक्नु भन्ने आदेश गरेको भएतापनी हेटौंडाका केहि सरकारी निकायका प्रमुखहरुले कतैबाट आदेशनै नाअएको भन्दै महङ्गी भत्ता नदिएको एक करारका कर्मचारीको भनाइ छ । महङ्गी भत्ता , सुरक्षा भत्ता विभिन्न बहाना बनाएर हाकिमहरुले नदिन खोजेकोमा करार सेवाका कर्मचारीहरुको आपत्ति छ ।
विभिन्न दलनिकट भएर आउने हाकिमहरुले सर्वोच्चको आदेश भन्दापनी आफू आवद्ध दललाई मान्ने गरेकोले यस्तो भएको हुनसक्ने करार सेवाका कर्मचारीहरुको अनुमान छ । करार सेवाका कर्मचारीहरुले महङ्गी भत्ता भनेर मासिक ५ हजार रुपैयाँ पाउदै आएका थिए ।
गत साउन देखिनै भत्ता नदिएकोमा कर्मचारीहरुको दुखेसो छ । सरकारको मिडिया गोर्खा पत्रलेपनी महङ्गी भत्ता दिने भनेर समाचार छापेको छ । सर्वोच्च अदालतले आदेश दिएको छ तरपनी हाकिमहरु आफ्नै खल्तीको पैसा झिकेर दिनुपर्ने जसरी किन अप्ठ्यारो मान्छन् , कर्मचारीहरुको प्रश्न छ ।
































