युवालाई क्षमताका आधारमा राजनीतिक स्थान दिन माग

हेटौँडा । जेनजी आन्दोलनले उठाएका माग म्बोधन गरेरमात्रै देशलाई विकासको बाटोमा लैजान सकिने विचार ‘वर्तमान राजनीतिक परिदृश्य : यथार्थ र आगामी मार्ग’ विषय अन्तर्क्रियाका सहभागीहरुले राखेका छन् । विगतका सरकारहरुले सुशासन, पारदर्शीता, लोकतान्त्रिक अभ्यासलगायत युवाका माग सम्बोधन गर्न नसक्दा समाजमा निराशा बढको छलफलका सहभागीहरुले बताए ।

युथ इनिसियटिभ, गैरसरकारी संस्था महासंघ (एनजिओ फेडेरेशन नेपाल) र एशोसियसन अफ इन्टरनेशनल एनजिओज इन नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको अन्तर्क्रियाका सहभागीहरुले यस्तो धारणा राखेका हुन् । कार्यक्रममा एनजिओ फेडेरेशनका अध्यक्ष अर्जुन भट्टराई, पूर्व मन्त्री सुमना श्रेष्ठ, मोनिका निरौला, प्रतिज्ञा बस्याल र पत्रकार हरिबहादुर थापाले युवासँग प्रत्यक्ष संवाद गरेका थिए ।

सुशासन, क्षमताका आधारमा राजनीतिमा स्थान, नातावाद अन्त्यलगायत युवाका माग सम्बोधन गर्नुपर्ने धारणा कार्यक्रममा युवाहरुद्ये राखे । उनीहरुले भ्रस्टचार विरोधी अभियानलाई निरन्तरता दिन र पारदर्शी ढंगले चुनाव गर्न जरुरी रहेको बताए । गाउँ र शहरबीच आन्दोलनको विषयलाई लिएर देखिएको दूरी तथा डिजिटल युगमा मुलधारका परम्परागत मिडियाले विश्वसनीयता जोगाउन गर्नुपरेको संघर्षबारे पनि कार्यक्रममा छलफल भयो । राज्य र युवाबीच बढ्दो अविश्वासलाई कम गर्ने, डिजिटल सुरक्षा जोखिमलाई कम गर्नेलगायत विषयमा पनि विभिन्न उपायबारे छलफल भयो ।

कार्यक्रममा सेभ द चिल्ड्रेनका अमृत देवकोटाले राजनीतिमा युवा र प्रजातान्त्रिक सहभागिताबारे प्रस्तुती दिएका थिए । युथ इनिसियटिभका अध्यक्ष योगेश काफ्लेले सहभागीहरुलाई धन्यवाद् प्रकट गरेका थिए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.