हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित सिमलटारका बङ्गुर पालक कृषक र पशुसेवा सेवा कार्यालय हेटौंडाका प्रमुख पशुबिशेषज्ञ डाक्टर रामप्रकाश प्रधान बिच अन्तरक्रिया भएको छ ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि प्रधानले कृषकहरुको समस्यामा आफू साथ रहेको बताए । सिमलटारलाइ बङ्गुर पकेट क्षेत्रको रुपमा बिकास गर्ने र मानव बस्तीबिच रहेको बङ्गुरका खोरहरु स्थानान्तरण गरि एकीकृत रुपमा खोर निर्माण गरि एउटा उचित ठाउँमा ब्यवस्थापन गर्नुपर्ने बताए ।
प्रधानले बङ्गुर पालनले किसानहरुको जिवनयापन सहजहुने भन्दै ब्यवस्थित रुपमा बङ्गुरपालनमा लाग्न किसानहरुलाइ सुझाए । हातेमालो बङ्गुर पालक कृषक समुहको आयोजनामा गरिएको कार्यक्रम बिच डाक्टर प्रधानले किसानहरुको खोर निरीक्षण गरेका थिए । कार्यक्रम हातेमालो बङ्गुर पालक कृषक समुहका अध्यक्ष सुन्दरलाल श्रेष्ठको सभाध्यक्षतामा भएको थियो ।































