समाचार

लक्ष्मी सेन्चुरीको अध्यक्षतामा दलित वडा कमिटी गठन

लक्ष्मी सेन्चुरीको अध्यक्षतामा दलित वडा कमिटी गठन

हेटौंडा / भुमि अधिकार मंच नेपाल हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा कमिटीले प्रथम पटक दलित भेला गरि ११ नम्बर वडा दलित कमिटी गठन गरेको छ । मंचका ११ नम्बर वडा कमिटी अध्यक्ष गोपाल लामाको सभाध्यक्षता र हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाका अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । भेलाले लक्ष्मी सेन्चुरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको हो । कमिटीको उपाध्यक्षमा दिपक नेपाली , सचिवमा सुमित्रा विश्वकर्मा , सहसचिव मा नेत्रबहादुर परियार , कोषाध्यक्षमा बिनिता परियार चयन भएका छन् भने सदस्य मा पूर्णमाया परियार , निरा परियार , तारा सुनार , रामकुमारी दियाली , कृष्णबहादुर…
Read More
सजनी स्टोर्स  द ग्लोहब संचालनमा

सजनी स्टोर्स द ग्लोहब संचालनमा

हेटौंडा / हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटार बुद्ध चोकमा सजनी स्टोर्स द ग्लोहब संचालनमा ल्याइएको छ । सजनी स्टोर्स द ग्लोहबको उद्घाटन प्रोपाइटर चन्द्र डङ्गोलले रिबन काटेर गरेका हुन् । चस्मा र घडीको आधिकारिक बिक्रेता स्टोर्स हबमा चस्मा , घडी , स्मार्ट घडी , कस्मेटिक , इलेक्ट्रोनिक सामानहरु सुपथ मुल्यमा पाइने स्टोर्स हब प्रोपाइटर डङ्गोलले बताए । स्टोर्स हबको उद्घाटनमा टोलविकास संस्था वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य , सिमलटार टोलविकास संस्थाका अध्यक्ष देवकृष्ण थोकर , पुर्व अध्यक्ष मधुकुमार थापामगर बिशेश , सिमलटार युथ क्लबका अध्यक्ष प्रभाकर पुडासैनी , हब संचालिका सबिना डङ्गोल , सजनी डङ्गोल लगायतको…
Read More
मगर संघ मकवानपुरको अध्यक्षमा थापा र सचिवमा राना

मगर संघ मकवानपुरको अध्यक्षमा थापा र सचिवमा राना

हेटौंडा । नेपाल मगर संघ जिल्ला समन्वय समितिको भएको १४ औँ जिल्ला अधिवेशनमा अध्यक्षमा रामकुमार थापा मगर र सचिवमा भूपेन्द्र राना मगर सर्वसम्मत चयन भएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नं. १२ स्थित प्रथम सहिद क्याप्टेन लखन थापा मगर स्मृति वाटिकामा वागमती प्रदेश सभा सदस्य मा. प्रेम बहादुर पुलामी मगरको प्रमुख आतिथ्यता र संघको अध्यक्ष सन्देश तुम्सिङ्ग मगरको सभाध्यक्षतामा भएको कार्यक्रममा सर्वसम्मत रुपमा संघको २१ सदस्यीय नेतृत्व चयन भएको हो । संघका केन्द्रीय सल्लाहकारहरु विश्व कुमार आलेमगर ,कुश बहादुर थापा मगर, केन्द्रीय सदस्य अमृता थापामगर, संघको बागमती प्रदेश उपाध्यक्ष खेमराज जर्गा मगर, प्रशासन सचिव रामकुमार थापा मगर, निवर्तमान केन्द्रीय सदस्य…
Read More
किन चल्यो संघको भवनमा डोजर ?

किन चल्यो संघको भवनमा डोजर ?

हेटौंडा / मकवानपुर उद्योग वाणिज्य संघको भवनमा सोमबार फेरि डोजर चलाइएको छ । संघका का पवन कार्कीले डेन्जर जोनजतिमा डोजर चलाइएको बताए । संघका अध्यक्ष प्रमोद सिंह रानाभाट ले भत्किएको छतमाथी घर भत्काउने कामको जिम्मा पाएका ठेकेदारले कामदारहरु छ्तमा पठाउन नमानेपछी डोजर चलाइएको बताए । कतिपय ठाउँमा भने जोखिम मोलेरै कामदारहरुले सुरक्षा कवजबिनानै काम गरिरहेको पाइन्छ भने कति ठाउमा सुरक्षा कवज प्रयोग गरेर काम गरेको भेटिन्छ्न् कामदारहरु । केही गरि दुर्घटना भयोभने कामदार आफैले ब्यहोर्नुपर्छ के गर्नु कामत गर्नैपर्यो एक मजदुरले बताए । अहिले सम्म हेटौंडामा जिर्ण घर भत्काउने क्रममा ५ जना घाइते भैसकेका छन् । सुरक्षा कवज प्रयोग नगरी…
Read More
संचारिका समुह जिल्ला अध्यक्ष गुरुङ र परिवारलाई घलान, मुक्तानको सान्त्वना

संचारिका समुह जिल्ला अध्यक्ष गुरुङ र परिवारलाई घलान, मुक्तानको सान्त्वना

हेटौंडा / केही समय अगाडि बहिनी गुमाएर शोकमा रहेकी संचारिका समुह मकवानपुर जिल्ला अध्यक्ष निशा गुरुङलाई बागमती प्रदेश सभा सदस्य तथा बागमती प्रदेश सामाजिक बिकास पुर्व मन्त्री कुमारी मुक्तान र जिल्ला समन्वय समिति मकवानपुर , जिल्ला समन्वय महासङ्घ बागमती प्रदेश अध्यक्ष ललित बहादुर घलानने घरमै पुगेर सान्त्वना दिएका छन् । केही समय अगाडि आमा गुमाएकि निशाले लामो सयदेखि बोनम्यारोको समस्याले उपचाररत रहेकी बहिनी पनि गुमाइन् । यसरी शोकमा परेकोबेलामा भेटेर सान्त्वना दिने मनसायले घलान , मुक्तान र पत्रकार द्वय यम्पी शर्मा , जी न्यौपाने लगायतले पत्रकार गुरुङ र उनका घरका सदस्यहरुलाइ हेटौंडा उपमहानगर पालिका १४ नम्बर वडास्थित निवासमै पुगेर सान्त्वना…
Read More
जनसंख्या नीति सार्वजनिककरण तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

जनसंख्या नीति सार्वजनिककरण तथा अभिमुखीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा / बागमती प्रदेशको राजधानी हेटौंडामा राष्ट्रिय जनसंख्या नीति २०८२ सार्वजनिकीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य मन्त्रालय बागमती प्रदेशका सचिव डाक्टर सुमित्रा गौतमको सभाध्यक्षतामा भएको १ दिवसीय कार्यक्रमका प्रमुख अतिथी स्वास्थ्य मन्त्राल बागमती प्रदेश मन्त्री किरण थापा मगर रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी मन्त्री थापा मगरले अवसरको अभाव र स्वास्थ्य जटिलताको कारण अस्वभाविक रूपमा बसाइसराइ बढेको भन्दै प्रदेश-प्रदेशमै अवसरको सृजना बिकास गर्नुपर्ने बताए उनले प्रदेश सरकारले यसको नीति छिट्टै सार्वजनिक गर्ने बताए । कार्यक्रमका अर्का वक्ता जिल्ला समन्वय समिति मकवानपुर तथा जिल्ला समन्वय महासङ्घ बागमती परदेश समितिका अध्यक्ष ललित बहादुर घलानले देशमा रोजगार…
Read More
जाडो छल्न आगोको साहरा

जाडो छल्न आगोको साहरा

हेटौंडा / केहि समयदेखि मौसममा चिसोपन बढेपछी चिसो छल्न मानिसहरू आगो बालेर ताप्न थालेका छन् । रुइ , फुइ ,दुई जाडो यामको लागि पुरानो आम नेपाली भनाइ हो । रुइबाट सिरक , डस्ना ,सिरानी बन्छ जो जाडोयामको लागि अत्यन्तै आवस्यक चिज हो । दुइ भनेको बिवाहलाइ सङ्केत गरेर भनेको भनाइ हो । जाडोमा दुइजना सगै सुतेमा न्यानो हुन्छ भनेर ठ्ट्टापनि गर्छन् पाका मानिसहरु । मान्छे अथवा कुनैपनी जिवित प्राणी साथीबिना रहन गाह्रो हुन्छ यही कुरालाई सङ्केत गर्दै भनेको यो भनाइ हो । यसैगरी फुइ भनेको आगो फुक्नु बाल्नु हो । ग्रामीण भेगका अधिकाङ्स मानिसहरुको सहारा आगो हो । मानिसहरु जम्मा…
Read More
मुख्य न्यायाधीवक्ता बस्नेतलाई स्वागत तथा शुभकामना

मुख्य न्यायाधीवक्ता बस्नेतलाई स्वागत तथा शुभकामना

हेटौंडा । डी.एल.ए. मकवानपुरले बागमती प्रदेश सरकारकी नवनियुक्त मुख्य न्यायाधीवक्ता अधिवक्ता अप्सरा बस्नेतलाई स्वागत गर्दै शुभकामना प्रदान गरेको छ। डी.एल.ए. मकवानपुरका अध्यक्ष कृष्णप्रसाद न्यौपानेको सभाध्यक्षता तथा वरिष्ठ उपाध्यक्ष एवं वरिष्ठ अधिवक्ता केशवप्रसाद काफ्लेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अधिवक्ता बस्नेतलाई औपचारिक रूपमा शुभकामना व्यक्त गरिएको हो। कार्यक्रममा सहभागी वरिष्ठ अधिवक्ता तथा अधिवक्ताहरूले बस्नेतलाई बधाई तथा शुभकामना दिँदै उनको कार्यकाल सफल रहोस् भन्ने कामना व्यक्त गरेका थिए। अधिवक्ता बस्नेत डी.एल.ए. मकवानपुरकी सदस्य समेत हुन्। बस्नेतलाई बागमती प्रदेश सरकारको मुख्य न्यायाधीवक्तामा पौष ६ गते नियुक्त गरिएको थियो भने उनले पौष ८ गते प्रदेश प्रमुख कार्यालय, हेटौंडामा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाबाट सपथ ग्रहण गरेकी…
Read More
नेकपा मकवानपुरमा बिडारीदेखि बर्तौलासम्म

नेकपा मकवानपुरमा बिडारीदेखि बर्तौलासम्म

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवार सिफारिस गरेको छ। पार्टीले मकवानपुर क्षेत्र नं. १ बाट वहालवाला जनप्रतिनिधि ३ जना सहित कुल १३ जनाको नाम सिफारिस गरेको छ भने क्षेत्र नं. २ बाट वहालवाला जनप्रतिनिधि २ जना सहित ८ जनाको नाम सिफारिस गरेको हो। मकवानपुर क्षेत्र नं. १ मा विरोध खतिवडा, विजय गौतम, घनप्रसाद गौतम, प्रल्हाद लामिछाने, भीम पाख्रिन, सोमबहादुर थिङ, किशोर टण्डन, शुभरत्न गोले, सूर्यकला तिमल्सिना र बीरबहादुर थिङको नाम सिफारिस गरिएको छ। साथै वहालवाला प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी, बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान र जिल्ला समन्वय समिति प्रमुख ललित…
Read More
शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न

हेटौँडा । चितवनको राप्ती नगरपालिका–३ जितपुरस्थित शान्ति मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको २२ औँ साधारण सभा सम्पन्न भएको छ । शनिबार (आज) वन समूहको भवनमा साधारण सभा सम्पन्न भएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्र्यालको प्रमुख आतिथ्यतामा भएको हो । साधारण सभामा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी अर्यालले वन जोगाउन नेपाली समुदायको भूमिका अतुलनीय रहेको बताए । स्वच्छ हावा र शुद्ध पानीको लागि वन संरक्षण गर्न जरुरी रहेको बताउँदै उनले भने, ‘यो वन तँपाईहरुको आफ्नो हो । तँपाईहरुले रक्षा गर्नुभयो भने जोगिन्छ । तँपाईहरुले लापरवाही गरिदिनुभयो भने वन सकिन्छ । त्यसैले हामी सबै मिलेर यो वन जोगाउन आवश्यक…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.