एएमआई (AMI) कलेजद्वारा मकवानपुरका २९ जना दीक्षित

हेटौंडा । धर्मसम्बन्धी शिक्षा प्रदान गर्दै आएको एएमआई (AMI) कलेजले मकवानपुरका २९ जना पाष्टर तथा अगुवालाई दीक्षित गरेको छ। बाइबलसम्बन्धी शिक्षा दिँदै आएको उक्त कलेजले विगत दुई वर्षदेखि हेटौंडामा घुम्ती शिक्षाका रूपमा अध्ययन–अध्यापन गराउँदै आएको थियो। सो शिक्षामा मकवानपुरका विभिन्न चर्चका अगुवाहरू सहभागी हुँदै आएका थिए।

दीक्षान्त समारोहमा बोल्दै कलेजका प्रशिक्षक रेभरेन्ड पाष्टर डा. श्याम श्रेष्ठले अबको समयमा शिक्षा र प्रमाणपत्रबिनाको सेवाकार्य गर्न कठिन हुने भन्दै अगुवाहरूले पनि औपचारिक शिक्षा तथा प्रमाणपत्र लिन आवश्यक रहेको बताए।

सेमिनारमा बोल्दै हेटौंडा ख्रिष्टियन चर्चका वरिष्ठ पाष्टर दिलबहादुर लामाले अगुवाहरू शिक्षित हुनुका साथै नैतिक जीवन जिउनुपर्नेमा जोड दिए। उनले नैतिक जीवन जिउनु र त्यसलाई जोगाइराख्नु आफ्नै जिम्मेवारी भएको बताए।

कार्यक्रममा सोलिडारिटी इन्टरनेशनल हायर सेकेन्डरी इंग्लिस मिडियम स्कुलका संस्थापक ऋषिराम आचार्य, मकवानपुर जिल्लाका प्रथम पाष्टर रेभरेन्ड पाष्टर मानबहादुर लामा, नेपाल पेन्टेकोस्टल चर्चका रेभरेन्ड पाष्टर भानुभक्त भोलन, वरिष्ठ पाष्टर जीवन शाहलगायत विभिन्न चर्चका पाष्टर तथा अगुवाहरूको आतिथ्यता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.