समाचार

अन्तर्राष्ट्रिय  फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, रिदम र  रेश्मालाई स्वर्ण, ज्योति र शहसीलाई रजत, रोहितलाई काँस्य

अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता सम्पन्न, रिदम र रेश्मालाई स्वर्ण, ज्योति र शहसीलाई रजत, रोहितलाई काँस्य

हेटौंडा । छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा सम्पन्न भएको छ । शनिबार र आइतबार दुई दिनसम्म सञ्चालन भएर भारतको आसामको गुहाटीमा फुलकन्ट्याक्ट क्योकुशिन कराँते प्रतियोगितामा सम्पन्न भएको हो । प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै मकवानपुरबाट सहभागी भएका ६ जना खेलाडी मध्ये ३ जनाले स्वर्ण पदक, २ जनाले रजत पदक र १ जनाले काँस्यपदक हासिल गरेको मकवानपुर जिल्लाका कराँते प्रशिक्षक विष्णु श्रेष्ठले जानकारी दिएका छ्न् । प्रतियोगितामा महिलातर्फ ५५ केजी तौल समूहबाट सविना आले र उमेर समूहमा रेश्मा थापाले स्वर्ण पदक दिलाएकी प्रशिक्षक श्रेष्ठले बताए । पुरुषतर्फ रिदम थापाले उमेर समुहमा स्वर्ण पदक दिलाएको उनले बताए । सहशी विश्वकर्माले…
Read More
हेटौंडा ११ , १२ , ०४ नम्बर वडामा नेकपाको एकता सन्देश  कार्यक्रम सम्पन्न

हेटौंडा ११ , १२ , ०४ नम्बर वडामा नेकपाको एकता सन्देश कार्यक्रम सम्पन्न

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी ( नेकपा ) को हेटौंडा उपमहानगर पालिका ११ , १२ , ०४ नम्बर वडामा पार्टी एकता सन्देश कार्यक्रम सम्पन्न भएको छ । पार्टी एकता कार्यक्रमलाई सम्बोधन गर्दै बागमती प्रदेश सामाजिक बिकास पुर्वमन्त्री तथा प्रदेश सभा सदस्य कुमारी मुक्तानले बिचार , दर्शन नभएकोले देशको आमूल परिवर्तन गर्न नस्क्ने बताइन् । मुक्तानले हामीले केपी शर्मा ओलीलाई महान नेता बनायौ तर उनको घमण्डले देश बर्बाद भएको आरोप लगाइन् । हेटौंडा ११ मा भएको एकता कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति मकवानपुर , बागमती प्रदेश अध्यक्ष ललितबहादुर घलानले जेन्जी आन्दोलन अघिका सत्तासिन पार्टीका सरकार र पार्टी प्रमुख नेताहरुले देशलाई युक्रेन…
Read More
नगरसभाद्वारा २ अर्ब ९३ करोड ५० लाख बजेट स्वीकृत

नगरसभाद्वारा २ अर्ब ९३ करोड ५० लाख बजेट स्वीकृत

हेटौंडा / हेटौंडा उपमहानगर पालिकाको शुक्रबार भएको नगरसभाले थप ३ करोड ४६ लाख ९० हजार रुपैयाँ सहित २ अर्ब ९३ करोड ५० लाख रुपैयाँ बजेट स्वीकृत गरेको छ । हेटौंडा उपमहानगरको १८ औं नगरसभाले उक्त बजेट पास गरेको हो । भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनको बेलामा भएको उपमहानगर भवन , सवारी साधन , वडा कार्यालय र सरकारी सम्रचनाहरुको तोडफोड आगजनीको कारणले जुनकिसिमको भौतिक क्षतिभएको छ त्यसको पुनः निर्माण र अन्य खर्चकोलागि यो बजेट काफी नभएको नगर प्रमुख मीनाकुमारी लामाले बताइन् । लामाले भनिन् , हामी मर्कामा छौं , अप्ठ्यारो अवस्थाबाट गुज्रिराखेका छौं । आउने दिनहरुमा चुनौतीको सामना गर्दै…
Read More
हेटौंडा-१३ मा भूमि अधिकार वडा कमिटी गठन

हेटौंडा-१३ मा भूमि अधिकार वडा कमिटी गठन

हेटौंडा । राष्ट्रिय भूमि अधिकार मञ्च नेपालको हेटौंडा उपमहानगरपालिका १३ नम्बर वडा कमिटी गठन भएको छ । नगरको वडा कमिटी भेलाले विजय जिम्बाको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरेको हो । मञ्च नगर अध्यक्ष गोबिन्दप्रसाद न्यौपानेको सभाध्यक्षता तथा जनप्रतिनिधि १३ नम्बर वडा सदस्य सानुमाया नेपालीको प्रमुख आतिथ्यता भएको कमिटी गठन कार्यक्रममा कमिटी उपाध्यक्षमा सुकुमाया जिम्बा, सचिवमा शर्मिला घिमिरे, सहसचिवमा रितु नगरकोटी, कोषाध्यक्षमा सबिना घलान चयन भएका छन् । सदस्यहरुमा दिलकुमारी बिश्वकर्मा, प्रकाश जिम्बा, पार्वती बिश्वकर्मा, आशमान स्यांतान, पदमबहादुर बिश्वकर्मा, सन्तकुमार बिश्वकर्मा, निर्माया सुनार, प्रेमबहादुर घिसिङ चयन भएका छन् । जिल्ला मञ्च सहसचिव रुक्मिणी तिमल्सिनाको संयोजकत्वमा भएको वडा भेलामा जिल्ला मञ्च…
Read More
मकवानपुर जेन्जीद्वारा गाउँपालिका जिल्ला बाहिर पनि जेन्जी कमिटी गठन

मकवानपुर जेन्जीद्वारा गाउँपालिका जिल्ला बाहिर पनि जेन्जी कमिटी गठन

हेटौंडा / मकवानपुर जिल्लाका जेन्जी समितिले मकवानपुरका विभिन्न गाउँ पालिका लगायत बाहिरी जिल्ला बाराको जितपुरमा पनि जेन्जी समिति गठन गरेको छ । मकवानपुरको मनहरी गाउँ पालिका , राक्सिराङ्ग गाउँ पालिका , बागमती गाउँ पालिका , बाराको जितपुरमा समिती गठन गरिएको मकवानपुर जेन्जी समिति सचीव नवीन राउतले जानकारी दिए । मनहरीमा आशिष् मोक्तानको संयोजकत्वमा ७ सदस्यीय , राक्सिराङ्गमा अमर बहादुर नगरकोटीको संयोजकत्वमा १० सदस्यीय , बागमतीमा सचिन थापामगरको संयोजकत्वमा ४० सदस्यीय र बाराको जितपुरमा २२ सदस्यीय समिति गठन गरिको मकवानपुर जेन्जी समिती संयोजक सुबिन खत्री ले जानकारी दिए । जेन्जी समितिले बाराको सिमरा , जितपुरका विभिन्न वडाहरुमा समिती निर्माण गर्ने जनाइएको…
Read More
नेकपाको मनहरी गाउँपालिकाको वडा एकता सन्देश बैठक सम्पन्न

नेकपाको मनहरी गाउँपालिकाको वडा एकता सन्देश बैठक सम्पन्न

हेटौंडा / नेपाली कम्युनिस्ट पार्टी मनहरी गाउँपालिका वडा नम्बर ४ को एकता बैठक सम्पन्न भएको छ । भिमलाल रुम्बाको सभाध्यक्षता र नेता विरबहादुर घलान ( ज्वाला ) को प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रमको बिशिस्ट अतिथिमा नेता रामहरि सुवेदी , ध्रुब खड्का , किशोर बर्तौला थिए भने अतिथिहरुमा रेसीता पुलामी मगर ( रेखा ) , प्रकाश थापा , रोशन वल श्रीकृष्ण ढकाल , अम्मर रुम्बा लगायतको उपस्थितिमा भेला भएको थियो ।
Read More
विरोध खतिवडा भन्छन्–‘म चुनाव लड्दिनँ’

विरोध खतिवडा भन्छन्–‘म चुनाव लड्दिनँ’

हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता विरोध खतिवडा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा उम्मेद्वार नबन्ने भएका छन् । नेकपा मकवानपुरले मकवानपुरका दुवै निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि खतिवडाको नाम सिफारिस गरेको थियो । पूर्वस्वास्थ्यमन्त्री खतिवडाले मंगलबार हेटौंडा–५ स्थित नेकपाको जिल्ला पार्टी कार्यालयमा दुवै निर्वाचन क्षेत्रबाट आफ्नो नाम सिफारिस गरिएकोमा आभार व्यक्त गर्दै भने–म निर्वाचनमा उठ्दिन“, अन्य साथीहरुलाई सहयोग गर्छु । खतिवडाले आफू यसअघि नै ६ पटक निर्वाचन लडिसकेको भन्दै र २३ र २४ भदौको जेनजी आन्दोलनपछि निर्वाचन हुन लागेकाले युवालाई पालो दिन खोजेको बताए । ‘मैले राजनीतिबाट सन्न्यास लिन खोजेको होइन । यस निर्वाचन नलड्नेमात्र हो ।…
Read More
हेटौंडेली खेलाडीहरु भारत प्रस्थान गर्दै

हेटौंडेली खेलाडीहरु भारत प्रस्थान गर्दै

हेटौंडा / हेटौंडा फुलकन्ट्याक क्योकुशिन करातेका खेलाडीहरुलाई बिदाइ गरिएको छ । भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुल्कन्ट्याक कराते प्रतियोगितामा भाग लिनको लागि हेटौंडाका ८ जना खेलाडीहरु भारतको गुवाहाटी तर्फ जान लागेका हुन् । खेलाडीहरुलाइ मकवानपुर जिल्ला खेलकुद बिकास समिति र हेटौंडा उपमहानगर पालिका १८ नम्बर वडा कार्यालयले बिदाइ गरेको हो । भारतको गुवाहाटीतर्फ जानेमा रेफ्रीद्वय सीता श्रेष्ठ , अमृत सुनार र खेलाडीहरु रोहित थापा , रिदम थापा , ज्योति लुङ्बा , सबिना आले , रेश्मा थापा , शशिप्रसाद बि . क . रहेका छन् । गुवाहाटीमा हुने चौथो अन्तरास्ट्रिय खुल्ला फूलकन्ट्याक्ट कराते प्रतियोगिता पुस २६ र २७ गते…
Read More
हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा अस्पतालप्रति स्वास्थ्य मन्त्रीको चिन्ता

हेटौंडा — हेटौंडा अस्पतालको विषयलाई लिएर बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले चिन्ता व्यक्त गरेका छन्। बागमती प्रदेशको राजधानी हेटौंडामा अवस्थित एकमात्र सरकारी स्वामित्वको हेटौंडा अस्पतालबारे दिनप्रतिदिन नकारात्मक सूचना आउनुले अस्पतालको गरिमामा आँच आइरहेको मन्त्री थापा मगरले बताए। नीतिगत सुधार कसरी गर्न सकिन्छ भन्ने विषयमा आफू चिन्तित रहेको उनले उल्लेख गरे। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नाम जोडिएपछि विवादमा तानिँदै आएको हेटौंडा अस्पताल हाल सर्वोच्च अदालतमा मुद्दा खेपिरहेको छ। अस्पताललाई अमुक पार्टीको भर्ती केन्द्र बनाउन नपाइने र यो पूर्णरूपमा नेपाल सरकारकै स्वामित्वमा रहनुपर्ने माग गर्दै हेटौंडाका वरिष्ठ अधिवक्ता केशव गौतमले २०८१ साल भदौ १८ गते सर्वोच्च अदालतमा रिट दायर…
Read More
मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी

मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी

हेटौँडा । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी निर्वाचित हुनुभएको छ । हेटौँडामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो । पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरका अध्यक्ष पुष्कल नेपालको अध्यक्षता तथा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश समितिका लेखा संयोजक अजित थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सह–कोषाध्यक्ष किरणबाबु न्यौपानेको विशेष आतिथ्य रहेको थियो । निर्वाचन समितिको संयोजकको रुपमा पनि न्यौपाने नै रहनुभएको थियो । अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गगेल, द्वितीय उपाध्यक्षमा अमीर चौलागाई, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की र सहसचिवमा अमृत तुम्सिङ चयन…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.