समाचार

हेटौंडा ११ मा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

हेटौंडा ११ मा सोनाम ल्होछार कार्यक्रम सम्पन्न

हेटौंडा / हेटौंडा उपमहानगर पालिका ११ वडास्थित् सिमलटारमा मन्जुश्री २८६२औं सोनाम ल्होछार विभिन्न कार्यक्रम गरि मनाइएको छ । झ्याङ्च्युप छ्योइखोर लिङ गुम्बा संरक्षण समिति हेटौंडा ११ सिमलटारको आयोजनामा ल्होछार कार्यक्रम गरिएको हो । गुम्बाकि अध्यक्ष देवी लोप्चनको सभाध्यक्षता तथा हेटौंडा ११ कि वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । तामाङ संस्कृत जगेर्ना गर्ने उद्देश्यले ल्होछार कार्यक्रमको आयोजना गरिएको ल्होछार कार्यक्रम आयोजक समितिका अध्यक्ष बिकास तितुङ्गले बताए । कार्यक्रममा गायक मनोज बल , सम्तेन मुक्तान , सानोबाबु मुक्तान , गायिका लक्ष्मी स्याङ्तान लगायत स्थानीय कलाकार हरुको तामाङसेलो गीत तथा नृत्य प्रस्तुतिले रौनकता थपेको थियो । पुजा , सम्मान तथा…
Read More
नैतिक शिक्षा अभावले समाज गलत दिशामा : मुख्यमन्त्री बानियाँ

नैतिक शिक्षा अभावले समाज गलत दिशामा : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले वर्तमान समयमा नैतिक शिक्षाको महत्व बढ्दै गएको बताउनुभएको छ । आइतबार हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले विगतमा नैतिक शिक्षा अध्यापन हुने गरे पनि अहिले त्यस्तो अभ्यास नहुँदा समाज गलत दिशातर्फ गइरहेको धारणा व्यक्त गर्नुभयो । नैतिक शिक्षालाई प्रदेश सरकारले प्राथमिकतामा राख्ने बताउँदै उहाँले शिक्षकहरू नैतिकवान नभएसम्म विद्यार्थीमा नैतिकता विकास हुन नसक्ने जिकिर गर्नुभयो । जेनजी आन्दोलनको प्रसङ्ग उल्लेख गर्दै मुख्यमन्त्री बानियाँले आन्दोलनका क्रममा शिक्षकहरू नै भाटभटेनीमा मादक पदार्थ चोर्न गएको देखिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । राजनीतिज्ञ र शिक्षकहरूप्रति वितृष्णा बढिरहेका बेला नैतिक शिक्षाको आवश्यकता झन् बलियो…
Read More
मुख्यमन्त्री बानियाँ सिमलटारमा

मुख्यमन्त्री बानियाँ सिमलटारमा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आइतबार दिनको करिब ३ बजे हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडास्थित सिमलटारमा आइपुगे । नेपाली काङ्ग्रेसका कृयाशिल सदस्य गोपाल लामाको परिवारलाई भेट्न उनी सिमलटार आएका थिए । नेपाली काङ्ग्रेस बागमती प्रदेश सभापति समेत रहेका बानियाँले सदस्य लामाको पुजनिय पिता रत्नसिध्दी लामाको स्वर्गारोहण भएको ७ औं दिनमा लामा परिवारलाई भेटी सान्त्वना दिएका हुन् । बानियाँले करिब १० मिनेट बसेर स्वर्गीय लामाप्रती श्रद्धासुमन व्यक्त गर्दै परिवारजनको हालखबर बुझेका थिए । भेटघाट कार्यक्रममा हेटौंडा ११ का वडा सदस्य बिकाश नेपाल , टोल बिकास संस्था ११ नम्बर वडा समन्वय समितिका अध्यक्ष यज्ञबहादुर आचार्य , नेपाली काङ्ग्रेसका वडा सदस्य…
Read More
मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

मकवानपुरमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

हेटौँडा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय औपचारिक रूपमा स्थापना गरिएको छ । हेटौँडा–११ स्थित प्रादेशिक कृषि तरकारी थोक बजारको नव–निर्मित भवनमा निर्वाचन क्षेत्र नम्बर १ र २ का लागि कार्यालय स्थापना गरिएको हो । निर्वाचन कार्य सम्पादन गर्न मुख्य निर्वाचन अधिकृतमा जिल्ला न्यायाधीश गीता श्रेष्ठ र निर्वाचन अधिकृतमा जिल्ला सरकारी वकिलको कार्यालय मकवानपुरका जिल्ला न्यायाधिवक्ता देवेन्द्रराज आचार्यलाई नियुक्त गरिएको छ । प्रदेश निर्वाचन कार्यालय हेटौँडाका अनुसार श्रेष्ठलाई निर्वाचन क्षेत्र नम्बर १ र आचार्यलाई निर्वाचन क्षेत्र नम्बर २ मा खटाइएको छ । प्रदेश सरकारका प्रमुख सचिव बाबुराम अधिकारीको प्रमुख…
Read More
कृष्ण मन्दिर टोविसको साधारण सभा सम्पन्न

कृष्ण मन्दिर टोविसको साधारण सभा सम्पन्न

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडास्थित कृष्ण मन्दिर टोल विकास संस्थाको १८ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । टोल विकास संस्थाका अध्यक्ष सीता चौलागाईंको सभाध्यक्षतामा भएको साधारण सभामा ११ नम्बर वडाका वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यता रहेको थियो । सभामा टोविस अध्यक्ष चौलागाईं , सचीव सीता ढकाल , कोषाध्यक्ष रन्जिता नेपालले प्रगति प्रतिवेदन ,वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । टोविसले ८० वर्ष पुगेका ५ जना जेष्ठ नागरिकलाई सम्मान समेत गरेको थियो । कार्यक्रममा टोलविकास संस्था नगर समन्वय समितिका उपमहा सचीव देवकुमार श्रेष्ठ , वडासमन्वय समिति हेटौंडा ११ का अध्यक्ष यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको…
Read More
कृयाशिल कृषि सहकारीमा पुनः ढुङ्गाना

कृयाशिल कृषि सहकारीमा पुनः ढुङ्गाना

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडा बसामाडी स्थित् कृयाशिल कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः सरोज ढुङ्गाना चयन भएका छन् । सहकारीको ११ औं साधारण सभा तथा संस्थाको चौथो अधिवेशनले ढुङ्गानालाइ अध्यक्ष पदमा पुनः चयन गरेको हो । सरोज ढुङ्गानाको सभाध्यक्षता तथा हेटौंडा उपमहानगर पालिका ३ नम्बर वडाका वडाध्यक्ष ढलकबहादुर थापामगरको प्रमुख आतिथ्यतामा भएको साधारण सभा तथा अधिवेशनले ढुङ्गानाको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको सहकारीका ब्यवस्थापक बुद्धिनाथ उप्रेती ले जानकारी दिए । कार्यक्रममा टोलविकास संस्था ३ नम्बर समन्वय समितिका अध्यक्ष रोशन गोले , ११ नम्बर वडासमन्वय समितिका यज्ञबहादुर आचार्य लगायतकाको आतिथ्यता रहेको थियो ।
Read More
साना तथा घरेलु उद्योग प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मन्त्री बादे

साना तथा घरेलु उद्योग प्रवर्द्धन प्रदेश सरकारको प्राथमिकता : मन्त्री बादे

हेटौँडा । बागमती प्रदेशका सामाजिक विकास मन्त्री कञ्चनचन्द्र बादेले साना तथा घरेलु उद्योगको सम्बद्र्धन प्रदेश सरकारको प्रमुख प्राथमिकतामा रहेको बताउनुभएको छ । मकवानपुर महिला उद्यमी व्यवसायी संघको १२ औँ वार्षिक साधारणसभा तथा चौथो अधिवेशनको मंगलबार हेटौँडामा उद्घाटन गर्दै मन्त्री बादेले प्रदेश सरकार आफ्नो अधिकार क्षेत्रभित्र रहेर साना तथा घरेलु उद्योगको विकासका लागि आवश्यक नीतिगत व्यवस्था गर्न प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । उहाँले उद्योग सञ्चालनमा देखिएका कानुनी जटिलताहरूलाई क्रमशः खुकुलो बनाइने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । मन्त्री बादेले महिला सशक्तिकरणका लागि समयसापेक्ष कार्यक्रम आवश्यक रहेको बताउँदै यस विषयमा सरोकारवालासँग छलफल गरी अघि बढिने जानकारी दिनुभयो । सात प्रदेशमध्ये बागमती प्रदेश नेतृत्वदायी…
Read More
हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

हेटौंडा । संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय र हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको संयुक्त लगानीमा निर्माण गरिएको अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा आएको छ । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको कार्यालय परिसरमा स्थापना गरिएको प्रयोगशालाको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले सोमबार एक समारोहबीच उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख लामाले सुरक्षित र गुणस्तरीय खानेपानी नागरिकको आधारभूत अधिकार भएको उल्लेख गरिन् । उनले नयाँ तथा अत्याधुनिक प्रयोगशालाको सञ्चालनसँगै पानीको गुणस्तर परीक्षण प्रक्रिया वैज्ञानिक, विश्वसनीय र राष्ट्रिय मापदण्डअनुसार हुने विश्वास व्यक्त गरिन् । नगरवासीलाई स्वच्छ र सुरक्षित पानी उपलब्ध गराउन प्रयोगशालाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो । हेटौंडा खानेपानी व्यवस्थापन…
Read More
सिद्धार्थ माविद्वारा स्वर्ण जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

सिद्धार्थ माविद्वारा स्वर्ण जयन्ती विविध कार्यक्रमसहित मनाइँदै

हेटौँडा । हेटौँडा–२ स्थित श्री सिद्धार्थ माध्यमिक विद्यालयले स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा विविध कार्यक्रमसहित स्वर्ण जयन्ती मनाउने भएको छ । पुस २४ गतेदेखि सुरु भएका स्वर्ण जयन्तीका कार्यक्रमहरू माघ ८ गतेसम्म सञ्चालन हुने विद्यालयले मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । स्वर्ण महोत्सव अन्तर्गत पुस २४ र २५ गते दुई दिने आँखा शिविर तथा पुस २८ गते दन्त शिविर सम्पन्न भइसकेको विद्यालयले जनाएको छ । विद्यालयका प्रधानाध्यापक परमानन्द सरोज कर्णका अनुसार माघ २ गते विद्यालय परिसर सरसफाइ, माघ ३ गते बिहान रक्तदान कार्यक्रम तथा शैक्षिक सामग्री प्रदर्शनी आयोजना गरिनेछ । स्वर्ण महोत्सवको मुख्य कार्यक्रम माघ ४…
Read More
मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION लाई २ स्वर्ण पदक

मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION लाई २ स्वर्ण पदक

हेटौँडा । मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION लाई २ स्वर्ण पदक प्राप्त भएको छ। २७औं राष्ट्रिय माछापुच्छ्रे फुलकन्ट्र्याक्ट कराते प्रतियोगिता २०८२ सुबेदार मेजर धन बहादुर गुरुङ्ग स्मृति कप तथा चौथो राष्ट्रिय IKOS सोनोदा ग्रुप च्याम्पियनसिप पोखरामा ढुङ्गेसाँघुमा सम्पन्न प्रतियोगितामा पुरुष ५० केजी तौल समुह समीर बि क, महिला ५० केजी तौल समुहामा साधना लोप्चनले संवरण पदक प्राप्त गरेको प्रमुख प्रशिक्षक बिष्णु श्रेष्ठले जानकारी दिनुभयो । मकवानपुर जिल्लाबाट ४ जना खेलाडी सहभागी रहेको उक्त प्रतियोगितामा २ पदक ल्याउन सफल भएकोमा मकवानपुर क्योकुशिन कराते संघ बालकुमारी IKO UNION का अध्यक्षले बताउनु भएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.