हेटौंडामा संकास्पद वस्तु फेला, सेनाद्वारा सुरक्षित रूपमा निष्क्रिय

मकवानपुर — मकवानपुर जिल्लामा आज बिहान एक संकास्पद वस्तु फेला परेपछि केही समय क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ। हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीस्थित धरान–चतरा सडकखण्डको बीच भागमा सेतो कपडाले बेरिएको र बाहिर ‘खतरा’ लेखिएको वस्तु भेटिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान करिब ५:१५ बजे अस्थायी प्रहरी पोष्ट हटियाबाट खटिएको मोटरसाइकल गस्ती टोलीले नियमित गस्तीका क्रममा उक्त वस्तु देखेपछि तत्काल सतर्कता अपनाएको थियो। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नेपाली सेनासँग समन्वय गरी बम डिस्पोजल टोली घटनास्थलमा बोलाइएको थियो।

सेनाको टोली बिहान ८:१० बजे घटनास्थलमा पुगेर संकास्पद वस्तुलाई सुरक्षित रूपमा निष्क्रिय बनाएको प्रहरीले जनाएको छ। घटनापछि केही समय सडक क्षेत्रमा आवागमनमा सावधानी अपनाइएको थियो।

हाल अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.