सिवीनद्वारा हेटौंडा–११ का विपन्न परिवारलाई खाद्यान्न सहयोग

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ नम्बर वडास्थित सिवीन बाल हेल्पलाइन संस्थाले विपन्न बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग गरेको छ।

सिवीनले हेटौंडा–११ का तीन विपन्न परिवारलाई वडा कार्यालयमा पुगेर खाद्यान्न सहयोग गरेको हो। संस्थाले सजिना रुम्बा, रचिता बजगाईं र गौरव पुडासैनीका परिवारलाई एक महिनाका लागि पुग्ने चामल, दाल, तेल, नुन, चना, केराउ, नुहाउने साबुनलगायतका सामग्री उपलब्ध गराएको सिवीनकी सामाजिक परिचालिका पलिना अर्यालले जानकारी दिइन्।

उक्त खाद्यान्न वडा अध्यक्ष जुना दाहाल र वडा सदस्य गोपिनी सापकोटाको हातबाट वितरण गरिएको थियो।

सिवीन बाल हेल्पलाइनले हेटौंडा–११ का १० जना बालबालिकालाई संरक्षणमा राखी उनीहरूको पठनपाठन खर्च व्यहोर्दै आएको छ। साथै, अभिभावकलाई आयआर्जनमूलक सहयोग र समस्या परेका अतिविपन्न बालबालिकाका परिवारलाई खाद्यान्न सहयोग गर्दै आएको संस्थाले जनाएको छ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.