समाचार

‘यसपालि चाहिँ जित्छु’–डिना

‘यसपालि चाहिँ जित्छु’–डिना

हेटौँडा । नेपाली कांग्रेस की प्रभावशाली नेतृ तथा निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना ले मकवानपुर–१ बाट प्रतिनिधि सभा निर्वाचनमा पाँचौँ पटक प्रतिस्पर्धा गर्दै यसपटक परिणाम आफ्नो पक्षमा आउने दाबी गर्नुभएको छ। यसअघि चार पटक पराजित भइसकेकी डिनाले यसपटक विगतका कमजोरी स्वीकार्दै सुधारिएको रणनीतिसहित चुनावी मैदानमा उत्रिएको बताउनुभयो। उहाँ २०७९ को निर्वाचनमा गठबन्धनको साझा उम्मेदवारका रूपमा चुनाव लड्दा राप्रपाका उम्मेदवारसँग २ हजार ३८२ मतान्तरले पराजित हुनुभएको थियो। डिनाले युवामा लगानी अभाव, महिला सशक्तीकरण, खेलकुद विकास र किसान–कृषि क्षेत्रलाई आफ्नो मुख्य एजेन्डा बनाएको बताउनुभयो। मकवानपुरलाई खेलकुद केन्द्रका रूपमा विकास गर्ने, किसानलाई सिँचाइ र मल–बीउमा सहुलियत दिने तथा महिलाको आर्थिक र सामाजिक अधिकार…
Read More
रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

रास्वपाबाट असन्तुष्ट पराजुली कांग्रेसमा फर्किए

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरका जिल्ला सभापति भरत पराजुलीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पार्टी परित्याग गरेका छन्। रास्वपा छाडेसँगै उनी पुनः नेपाली कांग्रेस मा फर्किएका हुन्। रास्वपा मकवानपुरले सोमबार हेटौंडा उपमहानगरपालिका–४ स्थित हुप्रचौरमा सभा आयोजना गरिरहेका बेला पराजुली भने सर्लाही पुगेर कांग्रेस प्रवेश गरेका थिए। रास्वपा मकवानपुरका संस्थापक सभापतिसमेत रहेका उनलाई कांग्रेसका सभापति गगन थापा ले सर्लाही–४ मा आयोजित कार्यक्रममा स्वागत गरेका कांग्रेस मकवानपुरका सचिव ईश्वर पाठकले जानकारी दिए। पराजुलीसँगै रास्वपाका मकवानपुर क्षेत्र नं. २ का चुनावी संयोजक नीराजन बर्तौला पनि कांग्रेसमा फर्किएका छन्। बर्तौला २०७९ सालको निर्वाचनमा रास्वपाबाट मकवानपुर क्षेत्र नं. २ मा उम्मेदवार बनेका थिए। उनी…
Read More
‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

‘ग्रेटर हेटौंडा चक्रपथ’देखि सुशासनसम्म-विजय गौतमको प्रतिबद्धता–पत्र सार्वजनिक

हेटौँडा । मकवानपुर क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार विजय गौतमले विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गर्नुभएको छ। सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको उक्त प्रतिबद्धता–पत्रमा भ्रष्टाचार, कमिसन र तस्करी जस्ता बेथितिको अन्त्य गर्दै स्थिर सरकार निर्माणको आह्वान गरिएको छ। गौतमले सुशासन र पारदर्शितामै विकासको आधार रहेको उल्लेख गर्दै मतदातासमक्ष स्पष्ट योजनासहित प्रस्तुत भएका छन्। प्रतिबद्धता–पत्रमा ‘ग्रेटर हेटौंडा चक्रपथ’ निर्माणलाई उच्च प्राथमिकतामा राखिएको छ। साथै हेटौंडा उपमहानगरपालिकालाई महानगरमा स्तरोन्नति गर्ने प्रयास, कर्रा, राप्ती र बागमती नदी करिडोर निर्माण तथा ग्रामीण सडकलाई बार्है महिना सञ्चालनयोग्य बनाउने योजना अघि सारिएको छ। राजमार्ग…
Read More
हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडामा रविले भने–‘२०४६ पछिका सबै काण्डको फाइल खोल्छु’

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टीको नेतृत्वमा सरकार गठन भए २०४६ सालपछिका सबै प्रमुख भ्रष्टाचार काण्डहरूको निष्पक्ष छानबिन गरिने बताएका छन्। सोमबार हेटौँडामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले फागुन २१ पछि बन्ने सम्भावित रास्वपा सरकार भ्रष्टाचारका सबै फाइल खोल्न प्रतिबद्ध रहने स्पष्ट पारे। उनले देशभरका उम्मेदवारहरूलाई जिताउन मतदातासँग आग्रह गर्दै आगामी निर्वाचनलाई ऐतिहासिक अवसरका रूपमा चित्रित गरे। ‘देशमा भएका ठूला भ्रष्टाचार काण्डहरूको फाइल खोल्न रास्वपाको सरकार बन्न जरुरी छ,’ उनले भने, ‘फागुन २१ केवल मतदानको दिन होइन, देशको भविष्य तय गर्ने दिन हो। तपाईंहरूको निर्णयले नै भोलिको दिशा निर्धारण गर्छ।’ लामिछानेले रास्वपा प्रतिशोधको…
Read More
‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

‘असल अभिभावक बन्न छोराछोरीलाई असल मार्गनिर्देशन गर्नुपर्छ’- बन्दना शर्मा

हेटौंडा / छोराछोरी लाई असल अभिभावत्व प्रदान गर्ने ब्यक्तीनै असल अभिभावक भएको सीआरआइएन संस्था प्रमुख बन्दना शर्माले बताइन् । अराइज एण्ड साइन नेपाल हेटौंडाले आयोजना गरेको कार्यक्रममा शर्माले यस्तो बताएकी हुन् । आर्थिक उन्नति हुनुमात्र ठूलो कुरा होइन , जीवनको सबैभन्दा अमुल्य सम्पत्तिनै छोराछोरी भएकोले उनीहरुको हिफाजत गर्नु प्रत्येक अभिभावकको कर्तव्य भएको शर्माको भनाइ थियो । अभिभावक र किशोरकिशोरी सरोकारवाला बिच भएको अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै हेटौंडा उपमहानगरपालिका ११ नम्बर वडाकि वडाध्यक्ष जुना दाहालले असल अभिभावकत्व अहिलेको आवस्यकता रहेको बताइन् । हेटौंडा ११ मा भएको कार्यक्रममा बोल्दै दाहालले संस्थाले यस्तो कार्यक्रम गर्दा स्थानीय सरकारलाई अनौपचारिक रुपमा सघाउ पुग्ने बिचार ब्यक्त…
Read More
हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश, जनचेतनामूलक कार्यक्रम सम्पन्न

हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश, जनचेतनामूलक कार्यक्रम सम्पन्न

हेटौँडा । विश्वभर तीव्र गतिमा बढ्दो वायु प्रदूषण र त्यसका कारण मानव स्वास्थ्यमा देखिँदै गएको असरलाई मध्यनजर गर्दै स्वास्थ्य, पर्यावरण र पर्यटन प्रवर्द्धनको उद्देश्यसहित स्थापना भएको हिमालयन राईडर्स सोसाइटी पाँचौँ वर्षमा प्रवेश गरेको छ। “स्वास्थ्य, पर्यावरण र पर्यटनका निम्ति साइक्लिङ्ग” भन्ने मूल नारासहित २०७८ साल फागुन ९ गते गैरनाफामूलक सामाजिक संस्थाको रूपमा स्थापना भएको सोसाइटीले साइक्लिङ्गमार्फत जनचेतना फैलाउँदै आएको छ। संस्थाले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले मेचीदेखि महाकालीसम्म विभिन्न क्षेत्रमा साइक्ल यात्रा सम्पन्न गरिसकेको जनाएको छ। स्थापनाको चौथो वर्ष पूरा गरी पाँचौँ वर्षमा प्रवेश गरेको अवसरमा आज बनशखण्डी मन्दिर परिसरमा विशेष कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा सोसाइटीका अध्यक्ष राजु…
Read More
हेटौंडामा वीपीको सम्झना

हेटौंडामा वीपीको सम्झना

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा वीपी कोइरालाको सम्झना गरिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (वीपी) को विचारबारे अन्तत्र्रिmया गरिएको हो । प्रजातन्त्र दिवसको अवसरमा वीपीको विचारबारे वक्ताहरुले चर्चा गरेका थिए । वीपी बिचार समाजको आयोजनामा आसन्न निर्वाचनका उम्मेद्वारहरुको साक्षात्कार र वीपी विचार विषयक विचार गोष्ठी गरिएको हो । वीपी विचार समाज अध्यक्ष बिनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा दाहालको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जयराम लामिछाने, मकवानपुर क्षेत्र नम्बर–१ की उम्मेद्वार महालक्ष्मी (डीना) लगायतको विशिष्ट आतिथ्यता थियो । अतिथिहरु समानुपातिक उम्मेद्वार शर्मिला श्रेष्ठ, नेता विष्णुप्रसाद लामिछाने, प्रदीप कोइरालालगायत थिए…
Read More
आचारसंहिता पालना नगरे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री बानियाँ

आचारसंहिता पालना नगरे लोकतन्त्र कमजोर हुन्छ: मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले लोकतन्त्रलाई संस्थागत र व्यवस्थित बनाउन निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्नु अपरिहार्य रहेको बताउनुभएको छ। निर्वाचन आयोग र नेपाल कानुन समाजको आयोजनामा मंगलबार हेटौँडामा सम्पन्न “निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका” विषयक प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। मुख्यमन्त्री तथा नेपाली कांग्रेस बागमती प्रदेश सभापतिको हैसियतमा आफूले गर्न मिल्ने र नमिल्ने कामबारे निर्वाचन आयोगबाट आवश्यक अनुमति लिइसकेको स्पष्ट पार्दै बानियाँले कानुनी सीमाभित्र रहेर गतिविधि सञ्चालन गर्नु नै लोकतान्त्रिक संस्कार भएको उल्लेख गर्नुभयो। उहाँले भयरहित वातावरणमा मतदान गर्न पाउने नागरिक अधिकार सुनिश्चित गर्नु सुरक्षा निकायको प्रमुख जिम्मेवारी भएको बताउनुभयो। निर्वाचन…
Read More
निर्वाचन र बालअधिकार: प्रतिबद्धता कागजमा होइन, व्यवहारमा पनि चाहिन्छ

निर्वाचन र बालअधिकार: प्रतिबद्धता कागजमा होइन, व्यवहारमा पनि चाहिन्छ

हेटौँडा । निर्वाचनको सन्दर्भमा बाल अधिकार संरक्षणलाई केन्द्रमा राख्दै हेटौँडामा सरोकारवालाबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। प्रदेश राजधानीमा आयोजित उक्त कार्यक्रममा बागमती प्रदेशसभा उपसभामुख अप्सरा चापागाईं प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभयो। इन्सेक, हिमाली नवीन समाज र बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा निर्वाचनका क्रममा बालबालिकाको अधिकार संरक्षण कसरी सुनिश्चित गर्ने भन्ने विषयमा गहन छलफल भएको थियो। कार्यक्रममा अभियानका अध्यक्ष तिलोत्तम पौडेलले निर्वाचन र बालअधिकारबीचको सम्बन्धबारे विस्तृत प्रस्तुतीकरण गर्नुभयो। उहाँले विद्यमान कानुनी व्यवस्था, बालअधिकारसम्बन्धी संवैधानिक प्रावधान, निर्वाचन आचारसंहिता २०८२ का व्यवस्था, राजनीतिक दल र उम्मेदवारको दायित्व, अभिभावक तथा स्वयं बालबालिकाको भूमिका लगायतका विषयलाई समेट्नुभयो। प्रस्तुतीकरणका क्रममा देशभरका १०…
Read More
रेडियो थाहाको आयोजना स्वास्थ्य तथा शैक्षिक सामग्री विवरण

रेडियो थाहाको आयोजना स्वास्थ्य तथा शैक्षिक सामग्री विवरण

मकवानपुर । विन्दावासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ मेगाहर्ज हेटौँडाको आयोजनामा स्वास्थ्य तथा शैक्षिक सामग्री र आयो नुन वितरण गरिएको छ । रेडियोले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज चौथो दिन मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५, बुङ्दलस्थित श्री सरस्वती प्राथमिक विद्यालयमा पुगेर बालबालिकाहरुलाई उक्त सामग्री वितरण गरेको हो । उक्त कार्यक्रम रेडियोका स्टेशन म्यानेजर गोकुल अधिकारीको सभाध्यक्षता एवम् साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीको प्रमुख आतिथ्यतामा वितरण गरिएको हो । कार्यक्रममा बोल्दै साल्ट टे«डिङ कर्पोेरेशन लिमिटेड हेटौँडाका प्रमुख मधुसुधन अधिकारीले नुनको सही प्रयोग गर्न आवश्यक रहेकोमा जोड दिए । आयोडिनयुक्त नुनको सही…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.