हेटौंडामा वीपीको सम्झना

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा वीपी कोइरालाको सम्झना गरिएको छ । नेपाली कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला (वीपी) को विचारबारे अन्तत्र्रिmया गरिएको हो ।

प्रजातन्त्र दिवसको अवसरमा वीपीको विचारबारे वक्ताहरुले चर्चा गरेका थिए । वीपी बिचार समाजको आयोजनामा आसन्न निर्वाचनका उम्मेद्वारहरुको साक्षात्कार र वीपी विचार विषयक विचार गोष्ठी गरिएको हो । वीपी विचार समाज अध्यक्ष बिनोदचन्द्र कोइरालाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य उमा दाहालको प्रमुख आतिथ्यता थियो ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य जयराम लामिछाने, मकवानपुर क्षेत्र नम्बर–१ की उम्मेद्वार महालक्ष्मी (डीना) लगायतको विशिष्ट आतिथ्यता थियो । अतिथिहरु समानुपातिक उम्मेद्वार शर्मिला श्रेष्ठ, नेता विष्णुप्रसाद लामिछाने, प्रदीप कोइरालालगायत थिए । कार्यक्रमका वक्ताहरुले नेपाली कांग्रेसले वीपीको विचार बिर्सेर अन्यत्र लाग्न नहुने कुरामा जोड दिएका थिए ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.