समाचार

हेटौंडामा सडक विभागको सूचना खारेज गर्न माग

हेटौंडामा सडक विभागको सूचना खारेज गर्न माग

हेटौंडा । हेटौंडा नगरभित्र पर्ने राष्ट्रिय राजमार्गको २५ गज सीमा विस्तारका नाममा सडक विभागले मंसिर २० गतेदेखि क्षेत्र खाली गराउने निर्णय सार्वजनिक गरेपछि स्थानीय व्यवसायी र घरधनीहरू आन्दोलित भएका छन्। विभागले १५ दिनभित्र सडक सीमाभित्र पर्ने संरचना तथा सामान सुरक्षित बनाउन सूचना जारी गरेको थियो, जसका कारण नगरवासी त्रास र अनिश्चिततामा परेको व्यवसायी संघले जनाएको छ। सुनचाँदी व्यवसायी संघ, बागमती प्रदेश हेटौंडाका अध्यक्ष ज्योतिरत्न ‘बज्राचार्य’ले विज्ञप्ति जारी गर्दै विभागको कदम असंवैधानिक, एकपक्षीय र नागरिकमैत्री नहुने दाबी गरेका छन्। उनले सडक विस्तारको विरोध नभई संविधानले दिएको आवास तथा सम्पत्तिको अधिकारको संरक्षणको माग मात्रै गरिएको स्पष्ट पारे। संविधान र सर्वोच्च अदालतका आदेश…
Read More
हेटौंडामा २५ मिटर सडक विस्तार : विकासको चटारोबीच स्थानीयको आवाज, व्यवस्थापनको चुनौती

हेटौंडामा २५ मिटर सडक विस्तार : विकासको चटारोबीच स्थानीयको आवाज, व्यवस्थापनको चुनौती

हेटौंडा । हेटौंडा बजार फेरि एकपटक सडक विस्तारको उस्तै र चुनौतीपूर्ण बहसमा डुबेको छ। संघीय सरकारको मातहत रहेको सडक डिभिजन कार्यालय, हेटौंडाले जारी गरेको १५ दिने अल्टिमेटमपछि यहाँको वातावरण तातिएको छ। मंसिर २० गतेदेखि सवारी सञ्चालन रोक्दै २५–२५ गज (करिब २५–२५ मिटर) सडक विस्तार थाल्ने तयारीसँगै स्थानीय, व्यवसायी, राजनीतिक नेतृत्व र सरकारी निकायबीच त्रिकोणात्मक टकरावको स्थितिको संकेत देखिन थालेको छ। ५३१ घरटहरा भत्किँदै, मुआब्जा नदिने सरकारी अडान सडक डिभिजनका अनुसार महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म ९.५ किमीसम्म सडक चौडाइ विस्तार हुने छ। यस क्रममा दायाँतर्फ २३४ र बायाँतर्फ २९७ गरी कुल…
Read More
हेटौंडा–१० आनन्द टोलमा लुटपाटका घटना बढ्यो, स्थानीय त्रसित

हेटौंडा–१० आनन्द टोलमा लुटपाटका घटना बढ्यो, स्थानीय त्रसित

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित आनन्द टोलमा पछिल्लो केही समयदेखि लुटपाटका घटनाहरू बढ्दै गएपछि स्थानीयबासीहरू त्रासमा परेका छन्। विशेषगरी अखण्ड मार्ग र त्यस वरपरका क्षेत्रहरू क्रमशः असुरक्षित बन्दै गएको स्थानीयहरूको गुनासो छ। स्थानीयका अनुसार गत सोमबार बिहान करिब ३ बजे खोटाङ घर भई चितवन जान हिँडेका एक युवकलाई तीन जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गरेको थियो। बुढीआमासँगै यात्रा गरिरहेका ती युवकबाट लुटेराले नगद १० हजार रुपैयाँ, पासपोर्ट तथा अन्य महत्वपूर्ण कागजात लुटेर तीनैतिर छरिएर भागेको प्रत्यक्षदर्शीले बताए। पीडित युवकले आफूलाई लुटिएको भन्दै हारगुहार गरेपछि स्थानीयहरू घरबाट निस्किएका थिए। स्थानीयहरूको सक्रियतापछि लुटेरा समूह फरार भएको र पछि प्रहरी तथा स्थानीयको…
Read More
नेपाली कम्युनिस्ट पार्टीको कार्यालय उद्घाटन

नेपाली कम्युनिस्ट पार्टीको कार्यालय उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ५ नम्बर वडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको कार्यालय सोमबार उद्घाटन गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू प्रेमबहादुर पुलामी ( छिन्तु ) , मुनु सिग्देल , बिजय गौतम , यादव गजुरेल लगायतका नेताहरूले उद्घाटन गरेका हुन् । पार्टी एकीकरण पछि हेटौंडा ५ गर्दोइमा रहेको नेकपा माओवादी केन्द्रको भवनलाइनै नेपाली कम्युनिस्ट पार्टी कार्यालय तोकिएको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेताहरू भिम पाखृन , धुर्व भुजेल , बिरबहादुर घलान , शुभरत्न गोले , सागर उप्रेती , रामेस राई , किशोर टण्डन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Read More
युवा संघ नेपाल (समाजवादी) मकवानपुरको जिल्ला कमिटी पुनर्गठन भेला सम्पन्न

युवा संघ नेपाल (समाजवादी) मकवानपुरको जिल्ला कमिटी पुनर्गठन भेला सम्पन्न

मकवानपुर । युवा संघ नेपाल (समाजवादी) को जिल्ला कमिटी पुनर्गठन गर्ने उद्देश्यले एक विशेष भेला सम्पन्न भएको छ। भेला युवा नेता रोशन बलको अध्यक्षतामा सम्पन्न भएको हो । भेलामा नेकपा (एकीकृत समाजवादी) को पोलिटब्युरो सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज मुनु सिग्देल प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा विशेष अतिथिको रूपमा पार्टीकी केन्द्रीय सदस्य मिना कुमारी लामा, केन्द्रीय सल्लाहकार यादव गजुरेल तथा प्रदेश कमिटी सदस्य रामेश कुमार राईको उपस्थिति रहेको थियो। यस्तै पार्टी जिल्ला कमिटी पदाधिकारी, सचिवालय सदस्य, नगर तथा वडास्तरका प्रतिनिधि, युवा नेताहरू र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। भेलामा बोल्दै प्रमुख अतिथि सिग्देलले युवाहरू नै समाज परिवर्तनका मुख्य संवाहक…
Read More
हेटौँडामा जेब्रा क्रसिङको नियम मान्दैनन् सवारी चालकहरु, ट्राफिक प्रहरी र प्रहरीलाई वास्तै छैन

हेटौँडामा जेब्रा क्रसिङको नियम मान्दैनन् सवारी चालकहरु, ट्राफिक प्रहरी र प्रहरीलाई वास्तै छैन

हेटौंडा । कहिलेकाही झुक्किएर पैदल यात्रीहरु जेब्रा क्रसिङ्ग नभएको ठाउँबाट बाटो काट्छ्न् त्यो बेलामा ट्राफिकले अपराधीलाई जस्तो रुखो स्वरमा नाम, थर, ठेगाना सबै सोध्छन् र मर्न मनछकी क्याहो भनेर सातो लिन्छन् । जानिएन सर गल्ती भो भन्दापनी हप्किदप्की ठुलै हुन्छ । सर्व साधारणलाई बिक्षिप्त बनाएर बल्ल छोडिन्छ । उता जेब्रा क्रसिङ्ग बनाइएको ठाउँबाट बाटो काट्ने पैदल यात्रुहरुलाई पनि सजिलो बाटो काट्ने ब्यवस्था कहाँ छर ? सवारी चालकहरु सिधै किचौला झैं गरि सवारी साधन कुदाएर ल्याउछन् । यो कुरामा न ट्राफिक प्रहरीलाई मतलब छ, न नजिकैको प्रहरीलाई । बाटो साघुरो छ, हाइवेमा गाडी रोक्नै मान्दैनन् चालकहरु । कतिचोटी सडक दुर्घटना जेब्रा…
Read More
भुमि अधिकार मंच सुदृढीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

भुमि अधिकार मंच सुदृढीकरण कार्यक्रम हेटौंडामा सम्पन्न

हेटौंडा । राष्ट्रिय भुमि अधिकार मंच तथा राष्ट्रिय भुमि अधिकार मंच नेपाल मकवानपुर को आयोजनामा हेटौंडामा जिल्ला , गाउँ भुमि अधिकार मंचको सुदृढीकरण कार्यक्रम गरिएको छ । गाउँ , जिल्लामा रहेको निश्कृय मंचलाई घच्घच्याउने र सक्रिय रूपमा काम गर्न सकोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको मंचले जनाएको छ । मंचका जिल्ला अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षता तथा मंच केन्द्रिय कोषाध्यक्ष पार्वती थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी थामीले हामी सक्रिय रहे मंच सक्रिय रहने र भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको स्थाइ रुपमा बसोबासको ब्यवस्था हुने बताइन् । हेटौंडा ११ सिमल्टारमा भएको २ दिने…
Read More
बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन

बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन

हेटौंडा । हेटौंडामा इन्सेकको आयोजनामा बागमती प्रदेशस्तरीय मानव अधिकार रक्षक संजाल गठन गरिएको छ। नवगठित संजालको संयोजकका रूपमा अधिवक्ता दिपेन्द्र ढकाल चयन भएका छन् भने २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ। कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग, बागमती प्रदेश कार्यालयका प्रमुख चन्द्रकान्त चापागाईले मानव अधिकारको संरक्षण र संवर्द्धनमा इन्सेकले गर्दै आएको कामलाई संजालमार्फत थप प्रभावकारी रूपमा अघि बढाउनुपर्ने आवश्यकता रहेको बताए। मानव अधिकारका सवाल चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आयोगको तर्फबाट निरन्तर सहयोग र सहकार्य रहने आश्वासन दिए। गैरसरकारी संस्था महासंघका केन्द्रीय सचिव बुद्धशरण लामाले मानव अधिकार रक्षकहरूले समयानुकूल आफ्नो भूमिका परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याए। उनले महासंघ बागमती प्रदेशको सभाहल संजालका…
Read More
खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा मकवानपुर दोस्रो

खुला अन्तर्राष्ट्रिय तेक्वान्दोमा मकवानपुर दोस्रो

हेटौंडा । पाँचौं संस्करणको खुला नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम मकवानपुर दोस्रो भएको छ । राष्ट्रिय तेक्वान्दो संघ नेपालको आयोजनामा शुक्रबारबाट सुरु भएर शनिबार सम्पन्न भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा टिम मकवानपुर दोस्रो भएको हो । काठमाडौंको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर स्मृति भवनमा सम्पन्न प्रतियोगितामा टिम मकवानपुरले २६ पदक हासिल गर्न सफल भएको हो । टिम मकवानपुरले १३ स्वर्ण, ४ रजत र ९ कास्य हासिल गर्न सफल भएको बताइएको छ । प्रतियोगितामा नेसनल तेक्वान्दो एकेडेमी पहिलो हु“दा सोणितपुर तेक्वान्दो डोजाङ तेस्रो भएको छ । इच्छा बिष्टले केरोगी, एकल पुम्से र जोडी पुम्सेमा ३ स्वर्ण पदक टिम मकवानपुरलाई दिलाउन सफल भइन् ।…
Read More
नमूना प्रगतिको २५ औं साधारण सभा सप्पन्न

नमूना प्रगतिको २५ औं साधारण सभा सप्पन्न

हेटौंडा । नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २५ औं साधारण सभा सम्पन्न भएको छ । सहकारीका अध्यक्ष मिठाराम दाहालको सभाध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बागमती प्रदेश सभा सदस्य तथा सहकारी उपाध्यक्ष एकालाल श्रेष्ठ , सहकारीका सल्लाहकार तथा सहकारी नेता बद्री लम्साल , नारायणप्रसाद देवकोटा , सूर्य चन्द्र न्यौपाने , बिदुर हुमागाइ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सहकारीका उपाध्यक्ष एकालाल श्रेष्ठले स्वागत मन्तव्य ब्यक्त गरेका थिए भने अध्यक्ष दाहालले वार्षिक प्रगति प्रतिवेदन , कोषाध्यक्ष केशवप्रसाद देवकोटा आर्थिक प्रतिवेदन , सदस्य शिवराज पराजुलीले सहकारी बारे जानकारीमुलक प्रस्तुति दिएका थिए । कार्यक्रममा सहकारी सचीव रामजी…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.