हेटौंडा । राष्ट्रिय भुमि अधिकार मंच तथा राष्ट्रिय भुमि अधिकार मंच नेपाल मकवानपुर को आयोजनामा हेटौंडामा जिल्ला , गाउँ भुमि अधिकार मंचको सुदृढीकरण कार्यक्रम गरिएको छ ।
गाउँ , जिल्लामा रहेको निश्कृय मंचलाई घच्घच्याउने र सक्रिय रूपमा काम गर्न सकोस् भन्ने उदेश्यले कार्यक्रम गरिएको मंचले जनाएको छ । मंचका जिल्ला अध्यक्ष देवकृष्ण थोकरको सभाध्यक्षता तथा मंच केन्द्रिय कोषाध्यक्ष पार्वती थामीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथी थामीले हामी सक्रिय रहे मंच सक्रिय रहने र भुमिहिन दलित , भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको स्थाइ रुपमा बसोबासको ब्यवस्था हुने बताइन् । हेटौंडा ११ सिमल्टारमा भएको २ दिने कार्यक्रममा मंचकि केन्द्रिय अभियानकर्ता निहारिका चौधरीले मंचले गर्ने कामहरुबारेमा बताएकी थिइन् ।
मंचले कार्यक्रमकै बिचमा नापी कार्यालयमा गएर भुमिहिनहरुले लालपुर्जा पाउनुपर्ने माग राख्दै ज्ञापन पत्र समेत बुझाएका थिए । आत्मनिर्भर सेवा केन्द्र (csrc) को सहयोगमा भएको कार्यक्रममा मंच केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठ , जिल्ला तथा नगरका पधाधिकारीहरुको उपस्तिथि रहेको थियो ।
































