हेटौँडामा जेब्रा क्रसिङको नियम मान्दैनन् सवारी चालकहरु, ट्राफिक प्रहरी र प्रहरीलाई वास्तै छैन

हेटौंडा । कहिलेकाही झुक्किएर पैदल यात्रीहरु जेब्रा क्रसिङ्ग नभएको ठाउँबाट बाटो काट्छ्न् त्यो बेलामा ट्राफिकले अपराधीलाई जस्तो रुखो स्वरमा नाम, थर, ठेगाना सबै सोध्छन् र मर्न मनछकी क्याहो भनेर सातो लिन्छन् । जानिएन सर गल्ती भो भन्दापनी हप्किदप्की ठुलै हुन्छ । सर्व साधारणलाई बिक्षिप्त बनाएर बल्ल छोडिन्छ ।

उता जेब्रा क्रसिङ्ग बनाइएको ठाउँबाट बाटो काट्ने पैदल यात्रुहरुलाई पनि सजिलो बाटो काट्ने ब्यवस्था कहाँ छर ? सवारी चालकहरु सिधै किचौला झैं गरि सवारी साधन कुदाएर ल्याउछन् । यो कुरामा न ट्राफिक प्रहरीलाई मतलब छ, न नजिकैको प्रहरीलाई । बाटो साघुरो छ, हाइवेमा गाडी रोक्नै मान्दैनन् चालकहरु । कतिचोटी सडक दुर्घटना जेब्रा क्रसिङ्गमै भएको छ । पैदल यात्रुहरु जेब्रा क्रसिङ्गमा पनि डराइ डराइ बाटो काटिरहेका हुन्छन् । जेब्रा क्रसिङ्गको प्रयोग पैदलयात्रीहरुको लागि सुरक्षीत तवरले बाटो क्रस गर्न बनाइएको हो । त्यसमाथी भारतिय नम्बर प्लेटका गाडीहरू त सोझै पेलेरै आउँछन् ।

हेटौंडाको बुद्ध चोकको बाटोमा ४ वटा जेब्रा क्रसिङ्ग छन् । ती चारैवटा जेब्रा क्रसिङ्ग बाटोबाट बाटो काटेको पैदल यात्रीहरु जेब्रा क्रसिङ्गको बिचमा गाडी आएर पास हुने समय कुरिरहेको प्रसस्तै दृश्यहरु देख्न सकिन्छ तर नजिकैको ट्राफिक प्रहरी , प्रहरीलाई वास्तै हुदैन । ट्राफिक नियम लाइसेन्स निकाल्दामात्र प्रयोगमा आउँछ त्यसपछि ब्यवहार (सडक) मा भने लागू गर्दैनन् सवारी चालकहरु ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.