नेपाली कम्युनिस्ट पार्टीको कार्यालय उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ५ नम्बर वडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको कार्यालय सोमबार उद्घाटन गरिएको छ ।

नेपाली कम्युनिस्ट पार्टीका नेताहरू प्रेमबहादुर पुलामी ( छिन्तु ) , मुनु सिग्देल , बिजय गौतम , यादव गजुरेल लगायतका नेताहरूले उद्घाटन गरेका हुन् । पार्टी एकीकरण पछि हेटौंडा ५ गर्दोइमा रहेको नेकपा माओवादी केन्द्रको भवनलाइनै नेपाली कम्युनिस्ट पार्टी कार्यालय तोकिएको छ ।

पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेताहरू भिम पाखृन , धुर्व भुजेल , बिरबहादुर घलान , शुभरत्न गोले , सागर उप्रेती , रामेस राई , किशोर टण्डन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

Advertisement
प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.