Day: २०८२ मंसिर ९, मंगलवार १२:३७ गते

हेटौंडा–१० आनन्द टोलमा लुटपाटका घटना बढ्यो, स्थानीय त्रसित

हेटौंडा–१० आनन्द टोलमा लुटपाटका घटना बढ्यो, स्थानीय त्रसित

हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१० स्थित आनन्द टोलमा पछिल्लो केही समयदेखि लुटपाटका घटनाहरू बढ्दै गएपछि स्थानीयबासीहरू त्रासमा परेका छन्। विशेषगरी अखण्ड मार्ग र त्यस वरपरका क्षेत्रहरू क्रमशः असुरक्षित बन्दै गएको स्थानीयहरूको गुनासो छ। स्थानीयका अनुसार गत सोमबार बिहान करिब ३ बजे खोटाङ घर भई चितवन जान हिँडेका एक युवकलाई तीन जनाको समूहमा आएको लुटेरा समूहले लुटपाट गरेको थियो। बुढीआमासँगै यात्रा गरिरहेका ती युवकबाट लुटेराले नगद १० हजार रुपैयाँ, पासपोर्ट तथा अन्य महत्वपूर्ण कागजात लुटेर तीनैतिर छरिएर भागेको प्रत्यक्षदर्शीले बताए। पीडित युवकले आफूलाई लुटिएको भन्दै हारगुहार गरेपछि स्थानीयहरू घरबाट निस्किएका थिए। स्थानीयहरूको सक्रियतापछि लुटेरा समूह फरार भएको र पछि प्रहरी तथा स्थानीयको…
Read More
नेपाली कम्युनिस्ट पार्टीको कार्यालय उद्घाटन

नेपाली कम्युनिस्ट पार्टीको कार्यालय उद्घाटन

हेटौंडा । हेटौंडा उपमहानगर पालिका ५ नम्बर वडामा रहेको नेपाली कम्युनिस्ट पार्टीको कार्यालय सोमबार उद्घाटन गरिएको छ । नेपाली कम्युनिस्ट पार्टीका नेताहरू प्रेमबहादुर पुलामी ( छिन्तु ) , मुनु सिग्देल , बिजय गौतम , यादव गजुरेल लगायतका नेताहरूले उद्घाटन गरेका हुन् । पार्टी एकीकरण पछि हेटौंडा ५ गर्दोइमा रहेको नेकपा माओवादी केन्द्रको भवनलाइनै नेपाली कम्युनिस्ट पार्टी कार्यालय तोकिएको छ । पार्टी कार्यालय उद्घाटन कार्यक्रममा नेताहरू भिम पाखृन , धुर्व भुजेल , बिरबहादुर घलान , शुभरत्न गोले , सागर उप्रेती , रामेस राई , किशोर टण्डन लगायत नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.