समाचार

हेटौंडा जेसीजले जेसिज सप्ताह–२०२५ मा विविध कार्यक्रम गर्ने

हेटौंडा जेसीजले जेसिज सप्ताह–२०२५ मा विविध कार्यक्रम गर्ने

हेटौँडा । हेटौँडा जेसीजले जेसिज सप्ताह–२०२५ का अवसरमा विभिन्न सामाजिक तथा युवामुखी कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी मंगलबार कात्तिक १८ गतेदेखि सुरु हुने सो सप्ताहमा रक्तदानदेखि खाद्यान्न वितरणसम्मका गतिविधि समावेश गरिएका छन्। आइतबार आयोजित पत्रकार सम्मेलनमा हेटौँडा जेसीजका अध्यक्ष पंकज दास बानियाँले कात्तिक १८ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने कार्यक्रमहरू समाजसेवा र युवाको सक्रिय सहभागितामार्फत सकारात्मक सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको जानकारी दिए। मूल कार्यक्रम संयोजक सन्तोष पराजुलीका अनुसार, पहिलो दिन कात्तिक १८ गते बिहान ७ बजे हुप्रचौरमा रक्तदान कार्यक्रम हुनेछ। त्यसपछि बिहान ८ः३० बजे ‘स्लो बाइक’ प्रतियोगिता सञ्चालन गरिनेछ। कात्तिक १९ गते बिहान अन्तर–जेसिज वक्तृत्वकला प्रतियोगिता र दिउँसो…
Read More
शनिबारदेखि हट्यो सामुन्द्रिक आँधीको प्रभाव,घाम लाग्यो चारैतिर

शनिबारदेखि हट्यो सामुन्द्रिक आँधीको प्रभाव,घाम लाग्यो चारैतिर

हेटौंडा / मोन्था चक्रवात (सामुन्द्रिक आँधी)को प्रभाव शनिबारदेखि हटेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शनिबार बिहानैदेखी हल्का वर्षा भएतापनी दिनमा भने वर्षा भएन । आइतबारदेखि भने हेटौंडामा झलमल घाम लागेको छ । अचानक मनसुन मा आएको परिवर्तनले २ दिनभने अस्तब्यस्त बनायो , सवारी साधन , हवाइमार्गमा समेत रोक लगाइएको थियो । आइतबारदेखि भने हेटौंडाको जनजीवन सामान्य बनेको छ । जलवायु पुर्वानुमान महाशाखाका अनुसार केही उच्च पहाडी भेगमा हिउँ पर्ने भएतापनी अन्यत्र भने मौसम सफा रहने छ । आकाशमा केहि बादल देखिएतापनी मौसम सफा रहने जनाइएको छ । बङ्गालको खाडीबाट बिकसित भएको मोन्था चक्रवात (सामुन्द्रिक आँधी) मङ्गलबार भारतको आन्द्रा प्रदेशमा…
Read More
हेटौंडामा खेलाडी र प्रशिक्षक सम्मानित

हेटौंडामा खेलाडी र प्रशिक्षक सम्मानित

हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा बिहीबार एक विशेष कार्यक्रममा खेलकुद क्षेत्रका २ खेलाडी र १ प्रशिक्षकलाई सम्मान गरिएको छ। मकवानपुर जिल्ला खेलकुद विकास समिति र मकवानपुर फुटबल संघ (एन्फा) को संयुक्त आयोजनामा गरिएको उक्त कार्यक्रममा खेलकुद क्षेत्रका प्रतिभाशाली व्यक्तित्वहरूलाई सम्मानपत्र, दोसल्ला र खादा ओढाएर सम्मान गरिएको हो। कार्यक्रम हेटौंडा–४ स्थित जिल्ला खेलकुद विकास समितिको सभाहलमा सम्पन्न भएको थियो। सम्मानित हुनेहरूमा २०२५ मा अजरबैजानको बाकु शहरमा सम्पन्न इन्टरनेशनल बुदो मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक र किक बक्सिङमा रजत पदक विजेता हेटौंडा–१८ का सुदर्शन खतिवडा, स्पेनमा उत्कृष्ट अन्तर्राष्ट्रिय कराते प्रशिक्षकका रूपमा स्थापित मनहरी गाउँपालिका–३ का अशोक लामा, र स्पेनस्थित सिडी इन्टरनेशनल…
Read More
गायक जनक लामाको नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

गायक जनक लामाको नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक

मकवानपुर । मकवानपुरको बकैया–७ निवासी गायक जनक लामाले नयाँ तामाङ गीत ‘काभ्रेली हिरो’ सार्वजनिक गरेका छन् । जनक लामा र सुमिना लोको सुमधुर स्वरमा रहेको उक्त गीतमा शब्द अजय ब्लोनले लेखेका हुन् भने संगीत चेतन लामाले भरेका छन् । गीतको एरेन्ज, मिक्स र मास्टरिङ अर्पण थिङ तामाङले गरेका हुन् । अडियो रेकर्डिङ अर्पण स्टुडियोमा गरिएको हो । “काभ्रेली हिरो” गीतले हास्य–व्यङ्ग्यात्मक ढङ्गमा रमाइला सामाजिक पाटाहरू र जीवनका भावनात्मक यथार्थतालाई उजागर गरेको छ । आकर्षक संगीत, लयात्मक शैली र मौलिक तामाङ भाषाको प्रयोगले गीतलाई थप मनमोहक बनाएको छ । गीतलाई गायक जनक लामाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । यसअघि…
Read More
मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव हेटौंडामा पनि

हेटौंडा । मोन्था चक्रवात सामुन्द्रिक आँधीको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा पनि परेको छ । बङ्गालको खाडीमा विकसित मोन्था चक्रवात मङ्गलबार भारतको आन्द्रप्रदेशमा सरेको संचारमाध्यमहरुले जनाएको छ । भारतको बङ्गालहुदै नेपाल प्रवेश गरेको मोन्थाले केहि प्रदेश लुम्बिनी, बागमती, गण्डकी, मधेस प्रदेश, कोशी प्रदेश, कर्णालीमा कतै भारी वर्षा हुने, कतै भारी हिमपात हुने, कतै मध्यम हिमपात हुने जनाइएको छ । संचार माध्यमले जनाए अनुसार समुद्री आँधी २ सयदेखि ३ सय किलोमीटरको रेडियस बनाएर घुम्छ र यो शक्तिशाली हुन्छ । मौसम पुर्वानुमान महाशाखाले मोन्थाको प्रभाव नेपालमा शनिबारसम्म रहने भएकोले अति आवश्यक कामबाहेक २ दिनसम्म घरबाट बाहिर यात्रा नगर्न आग्रह गरेको छ ।…
Read More
सिक्किम जाने तयारीमा हेटौंडा फुटबल एकेडेमी,कोरियाबाट सहयोग

सिक्किम जाने तयारीमा हेटौंडा फुटबल एकेडेमी,कोरियाबाट सहयोग

हेटौंडा । छिमेकी मुलुक भारतको सिक्किममा बिहीबारदेखि सुरु हुन लागेको १८औं एल.डी काजी स्मृति गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुन लागेको हेटौंडा फुटबल एकेडेमी, मकवानपुरलाई कोरियाबाट सहयोग प्राप्त भएको छ। बी डिभिजन खेलाडी अजय बराल, जो हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका छन्, उनले एकेडेमीका खेलाडीहरूका लागि २० सेट जर्सी र कट्टु सहयोग गरेका छन्। यो सहयोगको मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले जानकारी दिए। लामाका अनुसार, अजय बरालको यो सहयोगले खेलाडीहरूलाई उत्साह प्रदान गरेको छ। उनले भने, “विदेशमा रहेर पनि खेलप्रति माया र समर्थन देखाउनु निकै प्रेरणादायी कुरा हो।” हेटौंडा फुटबल…
Read More
व्यवसायी र सुरक्षानिकायबीच हेटौंडामा समन्वयमूलक भेटवार्ता सम्पन्न

व्यवसायी र सुरक्षानिकायबीच हेटौंडामा समन्वयमूलक भेटवार्ता सम्पन्न

हेटौंडा । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा मंगलबार हेटौंडामा प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठ र नवागन्तुक प्रहरी उपरीक्षक (एसपी) सुवासचन्द्र बोहरासँग व्यवसायी तथा सुरक्षानिकायका प्रतिनिधिहरूबीच छलफल कार्यक्रम सम्पन्न भएको छ। संघका अध्यक्ष प्रमोद सिंह रानाभाटको अध्यक्षतामा भएको उक्त कार्यक्रममा संघका पदाधिकारी, सल्लाहकार, सुरक्षानिकायका अधिकारीहरू तथा व्यवसायीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा अध्यक्ष रानाभाटले मकवानपुर उद्योग वाणिज्य संघसँगको सहकार्यका क्रममा प्रजिअ स्किम श्रेष्ठबाट उल्लेखनीय सहयोग प्राप्त भएको स्मरण गर्दै धन्यवाद व्यक्त गर्नुभयो। उहाँले भारतीय सवारी साधनलाई बाइपास सडक प्रयोग गर्न बाध्य बनाउँदा थप झन्झट सिर्जना भएको र यसले पर्यटन क्षेत्रलाई पनि असर पारेको भन्दै समाधान खोज्नुपर्नेमा जोड दिनुभयो। साथै, २५ मिटर…
Read More
राष्ट्रिय भुमि अधिकार मंच मकवानपुरमा थोकर

राष्ट्रिय भुमि अधिकार मंच मकवानपुरमा थोकर

हेटौंडा । राष्ट्रिय भुमि अधिकार मन्चको मकवानपुर अध्यक्षमा देवकृष्ण थोकर चयन भएका छन् । थोकरको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्माण गरिएको छ । जिल्लाका कार्यवाहक अध्यक्ष जयबहादुर वाइबाको सभाध्यक्षतामा हेटौंडाको सिमलटारमा भएको भेलाले नयाँ कार्यसमिति निर्माण गरेको हो । मन्चका केन्द्रिय सदस्य यज्ञबहादुर श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । समितिको उपाध्यक्षमा सुर्यबहादुर सापकोटा, सचीव मा सोमलाल गोले, सहसचिवमा लक्ष्मण निरौला, कोषाध्यक्षमा ठुलीमाया मुक्तान चयन भएका छन् ।यसैगरी सदस्यमा सरिता पराजुली, भुमलसिङ घलान, कमल थिङ, बुद्धराज गिरी, बिकास तितुङ्ग, सुश्मा भोलन, रुक्मणी तिमल्सिना, सारदा शर्मा चयन भएका छन् ।
Read More
कर्रा खोलामा डुबेका उमेश वि.क. को ज्यान जोगियो

कर्रा खोलामा डुबेका उमेश वि.क. को ज्यान जोगियो

मकवानपुर । हेटौडा उपमहानगरपालिका–१० स्थित कर्रापुलबाट करिब ५०० मिटर तल कर्रा खोलामा डुबेका एक पुरुषको प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको छ। मंगलबार बिहान करिब ८:२० बजे खोलामा मानिस डुबेको भन्ने सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय हेटौडाबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा खोजतलासी गर्दै घाइते व्यक्तिलाई अचेत अवस्थामा उद्धार गरेको हो। उद्धारपछि उनलाई तत्काल हेटौडा अस्पतालमा पुर्‍याइएको थियो। उपचारपछि होसमा आएपछि उनले आफ्नो परिचय हेटौडा उपमहानगरपालिका–१५ रातोमाटे बस्ने ४४ वर्षीय उमेश बी.क. रहेको बताएका थिए। प्रहरीका अनुसार स्वास्थ्य अवस्था सुधार भएपछि उनलाई आफन्तको जिम्मा लगाइएको छ।
Read More
हेटौंडामा लागू औषधसहित एक व्यक्ति पक्राउ

हेटौंडामा लागू औषधसहित एक व्यक्ति पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले ९ ग्राम ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित एकजनालाई नियन्त्रणमा लिएको छ। हेटौंडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोस्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ करिब ६ बजे सवारी साधनहरू रोक्दै नियमित चेकजाँच गर्ने क्रममा प्रहरीले सो पदार्थ बरामद गरेको हो। बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ज ५१३ नम्बरको यात्रुबाहक EV गाडीमा सवार चितवन जिल्ला, भरतपुर महानगरपालिका–१२ बस्ने २७ वर्षीय लभ ठकुरीलाई शंका लागी प्रहरीले तलासी लिँदा उनको साथबाट उक्त लागू औषध फेला परेको हो। खैरो हेरोइन जस्तो देखिने उक्त प्रतिबन्धित पदार्थ बरामद गरी ठकुरीलाई नियन्त्रणमा लिएर कानूनी प्रक्रिया अनुसार थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.