लक्ष्मी सेन्चुरीको अध्यक्षतामा दलित वडा कमिटी गठन

हेटौंडा / भुमि अधिकार मंच नेपाल हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडा कमिटीले प्रथम पटक दलित भेला गरि ११ नम्बर वडा दलित कमिटी गठन गरेको छ ।

मंचका ११ नम्बर वडा कमिटी अध्यक्ष गोपाल लामाको सभाध्यक्षता र हेटौंडा उपमहानगर पालिका ११ नम्बर वडाका अध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा कमिटी गठन गरिएको हो । भेलाले लक्ष्मी सेन्चुरीको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको हो ।

कमिटीको उपाध्यक्षमा दिपक नेपाली , सचिवमा सुमित्रा विश्वकर्मा , सहसचिव मा नेत्रबहादुर परियार , कोषाध्यक्षमा बिनिता परियार चयन भएका छन् भने सदस्य मा पूर्णमाया परियार , निरा परियार , तारा सुनार , रामकुमारी दियाली , कृष्णबहादुर सुनार , सीता बि.क. चयन भएका छन् ।

यस्तै गणेशबहादुर विश्वकर्मा लाई सल्लाहकारमा चयन गरिएको छ । भेलामा मंचका मकवानपुर जिल्ला अध्यक्ष देवकृष्ण थोकर , नगर अध्यक्ष गोविन्दप्रसाद न्यौपाने , जिल्ला सचीव लक्ष्मणबहादुर निरौला , सहसचिव रुक्मिणी तिमल्सिना , मंच मनहरी गाउँ पालिका अध्यक्ष सूर्यबहादुर सापकोटा , सिमलटार टोलविकास संस्थाका पुर्व अध्यक्ष मधुकुमार थापामगर , सिमल्टार युवा क्लबका अध्यक्ष प्रभाकर पुडासैनी लगायको आतिथ्यता रहेको थियो ।

भेलामा नयाँ सदस्यता समेत वितरण गरिएको थियो । कार्यक्रम भुमि अधिकार मंच नेपाल मकवानपुर र हेटौंडा उपमहानगर पालिका मंचको सहकार्यमा सम्पन्न भएको हो

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.