२०८२ कार्तिक ३, सोमबार १७:०३ गते
२०८२ कार्तिक ३, सोमबार १७:०३ गते
हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सेवा–सुविधाबाट प्राप्त रकम नागरिक सेवामा खर्च गर्ने निर्णयअनुरूप पहिलो घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरेका छन्। गत साउन २० गते मुख्यमन्त्री नियुक्त भएपछि पहिलो मन्त्रिपरिषद् बैठकमै उहाँले आफ्नो तलब तथा सुविधा विपन्न नागरिकको सेवामा प्रयोग गर्ने निर्णय गर्नुभएको थियो। उक्त निर्णयअनुसार मुख्यमन्त्री बानियाँले आफ्नो निर्वाचन क्षेत्रका तीन अति विपन्न परिवारका लागि घर निर्माण गर्ने योजना अघि बढाएका थिए। तीमध्ये मनहरी गाउँपालिकाकी मिठ्ठुमाया तामाङको घर निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो। १४ वर्षको उमेरमै विवाह बन्धनमा बाँधिएकी मिठ्ठुमायाले १५ वर्षमा पहिलो सन्तान जन्म दिएकी थिइन्। तीन छोरा र एक छोरीकी आमा मिठ्ठुमायाका श्रीमान्को…