मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी

हेटौँडा । मकवानपुर पुस्तक तथा स्टेशनरी व्यवसायी संघको अध्यक्षमा महेश रेग्मी निर्वाचित हुनुभएको छ । हेटौँडामा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट रेग्मीको अध्यक्षतामा ११ सदस्यीय समिति सर्वसम्मत चयन भएको हो ।

पुस्तक तथा स्टेशनरी व्यवसायी संघ मकवानपुरका अध्यक्ष पुष्कल नेपालको अध्यक्षता तथा पुस्तक तथा स्टेशनरी व्यवसायी संघ बागमती प्रदेश समितिका लेखा संयोजक अजित थापाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व केन्द्रीय सह–कोषाध्यक्ष किरणबाबु न्यौपानेको विशेष आतिथ्य रहेको थियो । निर्वाचन समितिको संयोजकको रुपमा पनि न्यौपाने नै रहनुभएको थियो ।

अधिवेशनबाट प्रथम उपाध्यक्षमा सन्तराज ढुङ्गगेल, द्वितीय उपाध्यक्षमा अमीर चौलागाई, सचिवमा भोजराज पराजुली, कोषाध्यक्षमा अर्चना कार्की र सहसचिवमा अमृत तुम्सिङ चयन हुनुभएको छ । सदस्यमा केशव हुमागाई, होमनाथ खनाल, मिलन अधिकारी र अनिल चौधरी निर्वाचित हुनुभएको छ । कार्यक्रम पुस्कल नेपाल को सभाधक्ष तथा प्रदेस लेखा संयोजक अजित थापाको प्रमुख आतित्यथा मा सम्पन्न भएको नवनिर्बाचित कोषाधक्ष अर्चना कार्कि ले जनकारि दिनुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.