हेटौंडा / मकवानपुर जिल्लाका जेन्जी समितिले मकवानपुरका विभिन्न गाउँ पालिका लगायत बाहिरी जिल्ला बाराको जितपुरमा पनि जेन्जी समिति गठन गरेको छ ।
मकवानपुरको मनहरी गाउँ पालिका , राक्सिराङ्ग गाउँ पालिका , बागमती गाउँ पालिका , बाराको जितपुरमा समिती गठन गरिएको मकवानपुर जेन्जी समिति सचीव नवीन राउतले जानकारी दिए ।
मनहरीमा आशिष् मोक्तानको संयोजकत्वमा ७ सदस्यीय , राक्सिराङ्गमा अमर बहादुर नगरकोटीको संयोजकत्वमा १० सदस्यीय , बागमतीमा सचिन थापामगरको संयोजकत्वमा ४० सदस्यीय र बाराको जितपुरमा २२ सदस्यीय समिति गठन गरिको मकवानपुर जेन्जी समिती संयोजक सुबिन खत्री ले जानकारी दिए । जेन्जी समितिले बाराको सिमरा , जितपुरका विभिन्न वडाहरुमा समिती निर्माण गर्ने जनाइएको छ ।
प्रतिकृया दिनुहोस्





























