सबै समाचार

1003 Posts
कर्मचारीको शोकमा हेटौँडा उपमहानगरपालिका

कर्मचारीको शोकमा हेटौँडा उपमहानगरपालिका

हेटौँडा । हेटौँडा उपमहानगरपालिकाले आफ्नी स्थायी कर्मचारी बालकुमारी पौडेलको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली सभाको आयोजना गरेको छ। उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले सभामा बोल्दै पौडेलको निधनले सम्पूर्ण उपमहानगर परिवार स्तब्ध भएको बताइन्। उनले भनिन्, “बालकुमारी दिदीले ३२ वर्ष लामो समय नगरको सेवा गर्नुभयो। उहाँसँगका अनेकन स्मृतिहरू आज पनि मनभरि ताजा छन्। दिदीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।” मिति २०२७ साल कार्तिक १६ गते साविक हटिया–४ मा जन्म भएकी पौडेलले २०५० साल मंसिर २० गते हेटौँडा उपमहानगरपालिकामा मेत्तर पदमा स्थायी नियुक्ति पाएकी थिइन्। उनले जीवनका अन्तिम दिनसम्म यही कार्यालयमा निरन्तर सेवा गरिरहेकी थिइन्।
Read More
आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस बकैया समितिद्वारा आर्थिक सहयोग

आगलागी पीडित परिवारलाई नेपाली कांग्रेस बकैया समितिद्वारा आर्थिक सहयोग

मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालिका समितिले आगलागीबाट पीडित बकैया–५ श्रीपुरका एक परिवारलाई आर्थिक सहयोग गरेको छ। गत भदौ २० गते घरमा लागेको आगलागीका कारण असोज १ गते निधन भएका ४५ वर्षीय लिलाराम जिम्बाको परिवारलाई मंगलबार भेटघाट गरी सहयोग हस्तान्तरण गरिएको हो। सहयोग हस्तान्तरण कार्यक्रम नेपाली कांग्रेस बकैयाका सभापति दिलबहादुर बोम्जनको सभाध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा पार्टी जिल्ला उपसभापति तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान अध्यक्ष दामोदर खनाल र बकैया–५ की वडा अध्यक्ष लक्ष्मी जिम्बाको पनि उपस्थिती रहेको थियो। पार्टी बकैया समितिका प्रवक्ता विजय लामा थिङका अनुसार मृतकका बुबा देव जीत जिम्बालाई कुल दुई लाख नौ हजार रुपैयाँ सहयोग…
Read More
बलराम र बिनाको ‘बर–पिपलु’ सार्वजनिक, प्रेम वियोगको भावना समावेश

बलराम र बिनाको ‘बर–पिपलु’ सार्वजनिक, प्रेम वियोगको भावना समावेश

हेटौंडा । गायक तथा पत्रकार बलराम पुडासैनी र गायिका बिना राईको आवाजमा ‘बर–पिपलु’ बोलको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको भिडियोमा गायक पुडासैनी र गायिका राईको अभिनय देख्न सकिन्छ । गीतको संगीत संयोजन विश्व अधिकारीले गरेका हुन् । ओपल रेकर्डिङ स्टूडियो र अन्तरा स्टुडियोमा गीतको रेकर्डिङ् तथा भिडियोको छायाँकन गरिएको हो । गीतमा प्रेमको मधुर सुरुआत् र प्रेम सम्बन्ध तथा विछोडपछिको पीडा र आत्मबोधलगायतका संवेदनाहरुलाई समेट्ने प्रयास गरिएको छ । प्रेममा पर्ने युवायुवतीहरुको भावना, ब्रेकअपपछि आउने मनोवैज्ञानिक उतरचढाव…
Read More
हेटौँडा–काठमाडौंका मुख्य सडकमध्ये केही सञ्चालनमा, केही अझै अवरुद्ध

हेटौँडा–काठमाडौंका मुख्य सडकमध्ये केही सञ्चालनमा, केही अझै अवरुद्ध

मकवानपुर । अविरल वर्षापछि अवरुद्ध भएका बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडकखण्डमध्ये केही आज (सोमबार) बिहानदेखि सञ्चालनमा आएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) पुनः सञ्चालनमा आएका छन्। तर, हेटौँडा–काठमाडौं जोड्ने अन्य केही मार्ग अझै अवरुद्ध रहेका छन्। प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ हालसम्म सञ्चालनमा आउन सकेका छैनन्। उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा पर्ने डोढारे खोलाले राजमार्गको केही भाग बगाएको छ भने दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो खसेपछि सो खण्डमा सवारी सञ्चालन हुन सकेको छैन। सिस्नेरी क्षेत्रमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा…
Read More
टासी छ्योइलिङ गुम्बा मनहरी बसन्तपुरमा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न

टासी छ्योइलिङ गुम्बा मनहरी बसन्तपुरमा ञ्युङ्ने मौनव्रत व्रत सम्पन्न

मकवानपुर । पश्चिम मकवानपुरको मनहरीमा ञ्युङ्ने मौनव्रत सम्पन्न भएको छ। मनहरीको वडा ५ बसन्तपुर गुम्बा टोल स्थित टासी छ्योईलिङ गुम्बामा असोज १३ गते फूलपाती देखि शुरु भएको त्रिदिवसीय महाकरुणीमय आर्य अवलोकितेश्वर (चेनरेसी) को ञ्युङ्ने मौनव्रत आज बिहिबार सम्पन्न भएको हो । नेपाल अहिंसावादी बौद्धधर्म चक्र संघको गुरु लोपेन ङवाङ दोर्जे लामाको आतिथ्यतामा भएको ञ्युङ्ने मौनव्रत व्रतमा लामा गुरु, मणिपा र व्रतालु उपासक-उपासिकाहरू ३८ जना सहभागी रहेको थियो। बौद्धधर्मलम्बिहरुले दशैँका बेलामा शक्ति पिठ र देवदेवीको नाममा लाखौं निर्दोष पशुपंक्षीहरूको बली चढाईने भएकोले मुक्तिका लागि कामना गर्दै सबै प्राणीप्रति करुणा र बोधिचित्तको भावना जागृत गराउने उद्देश्यले देशैभरको गुम्बामा मौनव्रत बस्ने गरेको छ।…
Read More
मनहरीमा सगरमाथा आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन

मनहरीमा सगरमाथा आधारभूत विद्यालयको नयाँ भवन उद्घाटन

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मनहरी गाउँपालिका–६, रुपाचुरीमा नव–निर्मित विद्यालय भवनको बुधबार उद्घाटन गरेका छन्। विदेशी दातृ निकाय बिल्डिङ एजुकेशन को आर्थिक सहयोगमा एक अर्थ फाउन्डेशन नेपालले निर्माण गरेको चार कोठे भवन, शौचालय र चौर स्तरोन्नति कार्यसहित करिब ४० लाख रुपैयाँ लागतमा भवन निर्माण सम्पन्न भएको हो। भवन निर्माणपछि मनहरी गाउँपालिकाले डेस्क–बेन्चको व्यवस्था पनि गरेको छ। उद्घाटन समारोहमा मुख्यमन्त्री बानियाँले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दातृ निकायप्रति आभार व्यक्त गर्दै प्रदेश सरकार शैक्षिक क्षेत्रप्रति गम्भीर रहेको बताए। उनले आवश्यक पूर्वाधार र शैक्षिक वातावरण बनाउन आगामी दिनमा पनि बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरे। साथै गाउँपालिकामार्फत शिक्षक दरबन्दीलाई निरन्तरता दिन…
Read More
रूपान्तरणको चरणमा देश, दशैंले स्थिरता र समृद्धि ल्याओस् : प्रदेश प्रमुख देवकोटा

रूपान्तरणको चरणमा देश, दशैंले स्थिरता र समृद्धि ल्याओस् : प्रदेश प्रमुख देवकोटा

मकवानपुर । बडादशैँ २०८२ को अवसरमा बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले शुभकामना सन्देश जारी गर्दै सबैमा शान्ति, सहकार्य र समृद्धिको कामना गरेका छन्। सन्देशमा उनले दशैंलाई केवल पर्व मात्र नभई असत्यमाथि सत्यको विजय, अन्यायमाथि न्यायको स्थापना र अन्धकारमाथि प्रकाशको उदयको प्रेरणादायी शक्ति भएको उल्लेख गरेका छन्। “दशैं शक्तिको जागरण र आत्मबलको प्रतीक हो, जसले दृढ निश्चय, धैर्य र न्यायको रक्षा गर्ने अटल भाव जगाउँछ,” उनले भनेका छन्। फूलपातीदेखि विजयादशमीसम्मको यात्रा नेपाली समाजलाई आस्था, संस्कार र एकताको धरोहरमा बाँध्ने कार्य गरेको बताउँदै उनले यस पर्वले सत्य, धर्म र न्यायको विजयलाई उजागर गर्दै समाजमा शान्ति र सहअस्तित्वको ज्योति फैलाउने विश्वास व्यक्त…
Read More
मनहरीमा मिजार समाज नेपालको प्रथम भेला सम्पन्न

मनहरीमा मिजार समाज नेपालको प्रथम भेला सम्पन्न

मकवानपुर । मिजार समाज नेपाल, मनहरी गाउँपालिकाको प्रथम भेला मकवानपुरको मनहरी गाउँपालिका–९, रजैयास्थित अग्निहोत्र आश्रममा शनिबार सम्पन्न भएको छ । भेलाले मिजार समाजलाई सशक्त, संगठित र एकताबद्ध बनाउन १३ सदस्यीय कार्यसमिति गठन गरेको छ । नवगठित समितिको अध्यक्षमा संगिता मालबुले (मिजार) निर्वाचित भएकी छिन् । त्यसैगरी, बरिष्ठ उपाध्यक्षमा राजु मिजार, महिला उपाध्यक्षमा काली मिजार, सचिवमा अस्मिना मिजार, सह–सचिवमा शान्ता मिजार र कोषाध्यक्षमा राममाया नेपाली (मिजार) चयन भएका छन् । सदस्यहरूमा कृष्णबहादुर बिसुन्के (मिजार), अनु मिजार, कमला मग्राती (मिजार), सोमबहादुर बिसुन्के (मिजार), जुना मिजार, सानू (मनिता) मिजार र मुसे मिजार रहेका छन् । भेलाको सभाध्यक्षता मिजार समाज मकवानपुरका जिल्ला सचिव वीर…
Read More
मकवानपुरमा पत्रकारलाई ३ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार

मकवानपुरमा पत्रकारलाई ३ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार

हेटौँडा । नेपाल पत्रकार महासंघ, मकवानपुर शाखा र मकवानपुर सहकारी अस्पतालबीच पत्रकारलाई लक्षित गरी स्वास्थ्य उपचारसम्बन्धी सम्झौता गरिएको छ । सम्झौता अनुसार महासंघमा आवद्ध पत्रकारहरूले अस्पतालमा निःशुल्क ओपीडी, शल्यक्रिया तथा भर्ना उपचार सेवा पाउने भएका छन् । साथै ल्याब परीक्षण, रेडियोलोजीसहित अन्य परीक्षणहरू पनि निःशुल्क उपलब्ध हुनेछ भने औषधि खरिदमा १० प्रतिशत छुट दिइने महासंघका सचिव केशव समर्पण सुवेदीले जानकारी दिनुभयो । शनिबार महासंघको सभाहलमा आयोजित कार्यक्रममा महासंघ मकवानपुरका अध्यक्ष बालकृष्ण अधिकारी र सहकारी अस्पतालका अध्यक्ष नरोत्तम दाहालले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । महासंघका सदस्यहरूले सेवा लिनका लागि सदस्यता प्रमाणपत्र अनिवार्य प्रस्तुत गर्नुपर्नेछ । प्रारम्भिक चरणमा सम्झौता तीन वर्षका लागि…
Read More
अन्तरिम सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको मन्त्री तामाङको आरोप

अन्तरिम सरकारले प्रदेशको अधिकार क्षेत्रमा हस्तक्षेप गरेको मन्त्री तामाङको आरोप

हेटौँडा । बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले अन्तरिम सरकारले प्रदेश सरकारको कार्यक्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाउनुभएको छ। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री तामाङले अन्तरिम सरकारले हालै गरेका निर्णयले संघीयता कमजोर बनाउने खतरा रहेको बताउनुभयो। उहाँले संविधानले संघ, प्रदेश र स्थानीय तहका अधिकार स्पष्ट रूपमा व्याख्या गरिसकेको उल्लेख गर्दै संघीय सरकारले प्रदेश सरकारको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने जिकिर गर्नुभयो। संविधानको मर्म विपरीत संघीय सरकारले निर्णय गरेको दाबी गर्दै मन्त्री तामाङले “संविधान संशोधन नगरी प्रदेश र स्थानीय तहको अधिकार संघले खोस्न सक्दैन,” भन्नुभयो। उहाँका अनुसार, संघीय क्याबिनेटको पछिल्लो निर्णयले प्रदेश सरकारको निर्णय क्षमता र स्वायत्ततामाथि नै…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.