हेटौँडा–काठमाडौंका मुख्य सडकमध्ये केही सञ्चालनमा, केही अझै अवरुद्ध

तस्बिर–आशबहादुर लामा

मकवानपुर । अविरल वर्षापछि अवरुद्ध भएका बागमती प्रदेशको राजधानी हेटौँडाबाट संघीय राजधानी काठमाडौं जोड्ने मुख्य सडकखण्डमध्ये केही आज (सोमबार) बिहानदेखि सञ्चालनमा आएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडकखण्ड र त्रिभुवन राजपथ (हेटौँडा–पालुङ–नौबिसे) पुनः सञ्चालनमा आएका छन्।

तर, हेटौँडा–काठमाडौं जोड्ने अन्य केही मार्ग अझै अवरुद्ध रहेका छन्। प्रहरी निरीक्षक ठाकुर सापकोटाका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्ड र कान्तिलोकपथ हालसम्म सञ्चालनमा आउन सकेका छैनन्।

उनका अनुसार भीमफेदी–कुलेखानी–सिस्नेरी–फर्पिङ सडकखण्डमा पर्ने डोढारे खोलाले राजमार्गको केही भाग बगाएको छ भने दक्षिणकाली मन्दिर नजिक ठुलो पहिरो खसेपछि सो खण्डमा सवारी सञ्चालन हुन सकेको छैन। सिस्नेरी क्षेत्रमा सडक पुनःस्थापना र दक्षिणकाली क्षेत्रमा पहिरो पन्छाउने कार्य तीव्र गतिमा भइरहेको उनले जानकारी दिए।

त्यस्तै, कान्तिलोकपथमा ठिंगनदेखि बगुवा खोलासम्म तीन ठूला पहिरोका कारण सडकका केही भाग बगाएका छन्। हेटौँडादेखि बगुवा खोलासम्म साना–ठूला पहिरो खसेका छन्। हाल सो सडकमा पहिरो पन्छाउने र बगाएको सडक मर्मत कार्य तीव्र गतिमा भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.